दशैमा मनोरन्जन गर्न पूर्वतैयारी , लौ जौ पिङ खेल्न च. उ. मा. वि. को प्रङगनमा
- By Rajaram Das <Prince Alex>
गुरुवार, 25 सितंबर 2014
झिझिया फेस्तिवल २०१४
Siraha City,आज मिती २०७१ साल ६ महिना ९ गते को दिन हुन गैरहेको
झिझिया फेस्तिवल को रायली बिहान सम्पन्न र प्रोग्राम साँझ च. उ. मा. वि. को प्राङ्गनमा हुनेछ भन्ने सुचित गरिन्छ |
झिझिया फेस्तिवल को रायली बिहान सम्पन्न र प्रोग्राम साँझ च. उ. मा. वि. को प्राङ्गनमा हुनेछ भन्ने सुचित गरिन्छ |
स्थान:
Siraha, Nepal
Flirt
पप्पु :तीमी कहाँ बस्छौ ।
केटी : सिराहाको हटीया गलिमा
पप्पु : तिमी गलिमा बस्छौ, त्यसो भए हिद मेरो घर
By - राजाराम
केटी : सिराहाको हटीया गलिमा
पप्पु : तिमी गलिमा बस्छौ, त्यसो भए हिद मेरो घर
By - राजाराम
शनिवार, 20 सितंबर 2014
विराटनगर, आश्विन ४ - स्थानीय बजारमा भन्दा सस्तो पाइने भएकाले सीमावर्ती भारतीय बजार जोगबनीमा उपभोक्ताको भीड लागेको छ । पर्वका बेला यस्तो भीड झन् बढी लाग्ने गरेको छ ।
एक किलो चिनीमा कम्तीमा १५, त्यति नै जिरामा झन्डै सय रुपैयाँ, एक लिटर तोरी तेलमा ४०, एक मिटर सुती कपडामा ३५ रुपैयाँ र एक जोर सामान्य कुर्ता सुरुवालमा डेढ सय रुपैयाँ स्थानीय बजारभन्दा सस्तो पाइएपछि उपभोक्ता जोगबनीमा झुम्मिएका हुन् । खाद्यान्नमा १३ प्रतिशत भ्याट र कपडामा ५ देखि ३० प्रतिशतसम्म भन्सार महसुल भएकाले उपभोक्ता त्यता लागेको व्यवसायीको बुझाइ छ ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतका अनुसार जहाँ सस्तो पाइन्छ त्यहीँ गएर सामान किन्ने उपभोक्ताको बाध्यता हो । विराटनगरको तुलनामा जोगबनीमा खाद्यान्न र कपडा निकै सस्तोमा पाइनाले नेपाली उपभोक्ता जोगबनी जानु सामान्य भएको राउतको भनाइ छ ।
भन्सार महसुल र भ्याटका नाममा विराटनगरको तुलनामा जोगबनीमा सामान सस्तो पाइँदा नेपाली उपभोक्ताले मात्र जोगबनीमा दैनिक करोडभन्दा बढी मूल्यका सामान किन्ने गरेको राउतको बुझाइ छ । यसलाई नियन्त्रण गर्न र स्थानीय बजारमै सामान खरिद गर्न उपभोक्तालाई बाध्य बनाउन भन्सार नाकामा कडाइ गरिनुपर्ने उनको सुझाव छ । विराटनगर भन्सारले एक उपभोक्तालाई एक पटकमा ५ हजार मूल्य बराबरका उपभोग्य वस्तु भन्सार महसुलबिना आयात गर्न दिँदै आएको छ ।
चाडपर्वका बेला चिनी, जिरा, तोरी तेल र कपडाको खपत अत्यधिक हुन्छ । विराटनगर भन्सारले एक उपभोक्तालाई एकपटकमा ५ केजी चिनी, तीन केजी जिरा, ५ लिटर तोरी तेल र दुई जोर कपडा, चियापत्ती, साबुन, सर्फजस्ता ५ हजार मूल्य बराबरका सामान भन्सार नतिरी
ल्याउन दिन्छ ।
विराटनगरको तुलनामा जोगबनीमा एक किलो चिनीको मूल्य १५ रुपैयाँ घटी पर्छ । त्यसैगरी यहाँको तुलनामा जोगबनीमा एक किलो जिरा करिब सय रुपैयाँ घटीमा पाइन्छ । तोरी तेल प्रतिलिटर ३५ देखि ४० रुपैयाँ सस्तोमा पाइन्छ । मोरङ व्यापार संघका कृषि संयोजक श्रवण अग्रवालका अनुसार खाद्यान्नमा भ्याट लगाउँदा मूल्यमा निकै फरक परेको छ । त्यसैले स्थानीय उपभोक्ता एकातर्फ १५ रुपैयाँ
ट्याक्सी भाडा तिरेर ५ किलो चिनी र दुई किलो जिरा किन्न जोगबनी पुग्छन् ।
भन्सार महसुल र भ्याटकै कारण एकजोर कुर्ता सुरुवालको मूल्य विराटनगरमा भन्दा जोगबनीमा २ सयसम्म र सुती कपडाको मोलमा प्रतिमिटर ३५ रुपैयाँ सस्तोमा पाइन्छ ।
चालू वर्षको बजेटले सुती कपडाको भन्सार महसुल ५ प्रतिशतबाट १५ प्रतिशत पुर्याएपछि ५ किलो चिनी किन्न जोगबनी बजार पुग्ने उपभोक्ताले एकदुई जोर कपडा ल्याउने गरेका छन् । कपडा व्यवसायी संघका अध्यक्ष नन्दकिशोर जाजु भन्छन्, खाद्यान्न र कपडा किन्ने उपभोक्ताकै कारण बजारमा भीड बढ्ने हो । तर सरकारले खाद्यान्नमा भ्याट र कपडामा भन्सार महसुल बढाएर मूल्यमा निकै अन्तर गरेपछि उपभोक्ता सस्तोमा पाइने सामान किन्न जोगबनी जानुको विकल्प रहेन । उनका अनुसार भ्याट र भन्सार महसुलकै कारण खाद्यान्न र कपडाको मूल्यमा विराटनगर र जोगबनी बजारमा सामानको मूल्य फरक छ ।
भन्सारले एक उपभोक्तालाई एकपटकमा ५ हजार मूल्य वराबरका खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु जोगबनी बजारबाट ल्याउन छुट दिएको छ ।
शुक्रवार, 19 सितंबर 2014
When will the HSEB Commerce Result 2071 be published?
Siraha city, The HSEB students must be curious for the results as the day is not very far away. It is the authority of HSEB, Sanothimi to publish the HSEB results 2071.
If we study the general trend of HSEB results in Nepal, firstly the results of Science faculty is published and eventually the results of non-Science faculties. Last year, the HSEB Commerce result was published on 25th September. This year, we are still waiting for the HSEB board to give an update about the HSEB result date.
We dont have any official confirmation from HSEB regarding the Commerce Results of 2071 . But results are likely to be published before Dashain.
Type HSEB <space> <Your symbol no. > and send SMS to 5001.
example HSEB 1234567 and send SMS to 5001.
If we study the general trend of HSEB results in Nepal, firstly the results of Science faculty is published and eventually the results of non-Science faculties. Last year, the HSEB Commerce result was published on 25th September. This year, we are still waiting for the HSEB board to give an update about the HSEB result date.
We dont have any official confirmation from HSEB regarding the Commerce Results of 2071 . But results are likely to be published before Dashain.
Also, after results are officially published by HSEB, you can get it by SMS.
Type HSEB <space> <Your symbol no. > and send SMS to 5001.
example HSEB 1234567 and send SMS to 5001.
Siraha City wishes you all the best for results and bright future.
Stay connected with our website for latest updates.
http://sirahacity.blogspot.com/2014/09/when-will-hseb-commerce-result-2071-be.html#.VBw4_vnogn0गुरुवार, 18 सितंबर 2014
The extremity of the hospital can be seen in B. P Memorial Cancer Hospital, Bharatpur.
Siraha city,The extremity of the hospital can be seen in B. P Memorial Cancer Hospital, Bharatpur. The hospital has played in the lives of patients. In the video, it is clear that the peon of the hospital is taking out the blood. The news about the carelessness of hospital is known to every common people. But in the case of B. P Memorial Cancer Hospital, Bharatpur, the peon has started to do the work of technician. But the carelessness of the workers in the hospitals is increasing, despite of many disputable issues in the hospital. Sita Dawadi has been working as a technician to take out blood. Sita Dawadi is the peon of the hospital but she has been working to take out blood from the patients’ body. Sita has been working as a lab technician and assistance. So she has stated that she has been started with the work of taking out blood from early morning. The acting Dr. Chin Bahadur Pun is in visit to China and main Doctor, Dej Gautam is on leave. Thus the hospital has to face such carelessness and taking the lives of patients as trifle.
लगातार दोस्रो हारसँगै नेपालको यात्रा समाप्त
Siraha city, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा जारी १७ एसियाली खेलकुद अन्र्तगत फुटबलमा भाग लिएको नेपाल समूह चरणबाट नै बाहिरिएको छ ।
बुधबार भएको खेलमा कुवेतसँग ५–० हार बेहोरेपछि नेपालको यात्रा टुंगिएको हो । नेपालले अब आफ्नो अन्तिम खेलमा एसियाली फुटबल पावर हाउस जापानको सामना गर्ने छ ।
पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा लगातार चार गोल खाएको थियो । दोस्रो हाफमा निकै फितलो प्रदर्शन गरेको नेपालले एकपछि अर्को गल्ती गरेपछि लज्जास्पद हार बेहोरेको हो ।
स्थान:
Siraha, Nepal
मंगलवार, 16 सितंबर 2014
प्रभु बैंकद्वारा एकीकृत कारोबार सुरु
काठमाडौँ, भदौ ३० – किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशङ्कर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएर (मर्ज भएर) बनेको प्रभु बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आज यहाँ आयोजित कार्यक्रममार्फत उक्त चार बंैक प्रभु बैंकका रुपमा कारोबार गर्न सहमति भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या समाधानका लागि मर्जर सुधारात्मक उपायमात्र भएकाले बैंक तथा वित्तीय संस्थाले सुशासनलाई विशेष ध्यान दिनुपर्ने बताए ।
उनले माग र आपूर्तिबीचको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्न निर्देशन दिए ।
नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बैंकर एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारी, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकिङ क्षेत्रमा वित्तीय सुशासनलाई पूर्णरुपमा पालना गरेर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न शुभकामना दिए ।
त्यसैगरी प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रमु बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी अत्याधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मर्जरमा जाँदा प्रभु विकास बैंकसँग जगेडा कोषमा रु ३० करोड, जेनिथ फाइनान्ससँग रु चार करोड ३५ लाख र गौरीशङ्कर विकास बैंकसँग रु १० करोड ६५ लाख थियो भने किष्ट बैंकको जगेडा कोष रु ७७ करोडले ऋणात्मक थियो । हाल बैंकको चुक्तापँुजी रु तीन अर्ब आठ करोड रहेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहनेछन् । मर्जरपछि बैंकको शाखा ११२ वटा पुगेको छ भने एटिएम ११० भन्दा बढी छन् ।
इकलेजका प्रतियोगीहरु स्विमिंग सुटमा (फोटोफिचर)
काठमाडौं, भदौ २७ – सिजन मिडियाद्वारा आयोजित टिभिएस जुपीटर मिस इकलेजका प्रतियोगीहरु काठमाडौंस्थित फन पार्कमा स्विमिंग सुटमा फोटो खिचाउँदै । उक्त कार्यक्रमको अन्तिम प्रतिस्प्रर्धा आगामी असोज ३ गते राष्ट्रिय नाचघर जमलमा सम्पन हुने छ । तस्बिरः सिजन मिडिया - See more at:
भोलिदेखि नयाँ नोट वितरण गरिने
काठमाडौँ, भदौ ३१ – नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले भोलिदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राप्ति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहिआएकाले बर्सेनि केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ । यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले प्रतिव्यक्ति रु ५, १० र २० का दुई÷दुई प्याकेट र रु ५० र १०० दरका एक÷एक प्याकेट गरी रु २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने बताए । विभिन्न बैंक तथा वित्तीय संस्था एवम् सरकारी कार्यालयका लागि भने केही दिनपछिबाट मात्र ती संस्थाको मागअनुसार राष्ट्र बैंकले पटक÷पटक गरेर नयाँ तथा सफा नोट वितरण गर्ने तयारी गरेको छ । यस वर्ष रु २० देखि २५ अर्बबराबरको नयाँ नोट र सोहीबराबरका सुकिला नोट गरी रु ४५ अर्ब बजारमा पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । सबै जिल्लामा पु–याउनका लागि ठूलो परिमाणमा नयाँ नोट वितरण गर्नुपर्ने अवस्था आएको प्रवक्ता श्रेष्ठको भनाइ छ । चाडपर्वको अवसरमा नयाँ नोट बढी फोहर हुने भएकाले सकेसम्म अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ । सबैभन्दा बढी प्रयोगमा आउने रु पाँच, १०, २० का नोटको आयु एक वर्षमात्र हुने भएकाले सुरक्षित प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी रु ५०, १००, ५०० र एक हजारको दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले कम फोहर हुने गरेको छ । प्रवक्ता श्रेष्ठले नयाँ नोट छाप्न र पुराना नोट धुनका लागि राष्ट्र बैंकले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनका लागि सर्वसाधारणमा
ओहो ! दिमाग आधा तरपनि बाँचिरहेकी छिन् साधारण जीवन -
को हुन्छ । कुनै दिन तपाईंलाई आफ्नो दिमाग नै आधा भएको अर्थात दिमाग पूरा विकसित नभएको थाहा भएमा यो खबले सायद तपाईंलाई ठूलै झट्का दिनसक्छ । यस्तै भएको छ एक २४ वर्षीया चिनियाँ महिलामाथि । उनी विश्वका ती आठ–नौँ मानिसमा गनिन्छिन् जसको दिमाग पूरा रुपमा विकसित भएको हुँदैन । टाउको दुखाई र बेहास हुने समस्या लिएर यी महिला डाक्टरकोमा उपचारको लागि गएकी थिइन् । डाक्टरहरुले उनको एमआरआई स्क्यान गरे र उनको अनुमष्तिस्क (सेरिबेलम) गायब देखेर निकै चकित भए । दिमागको यो हिस्सा थुप्रै क्रियाकलापहरुका लागि जिम्मेवार हुने गर्दछ जस्तै केहि हाउ–भाउ, शरिरको ब्यालेन्स, बोली, केहि सिक्ने क्षमता आदि । अनुमष्तिस्कमा दिमागको आधाभन्दा बढि तन्त्रिका कोसिकाहरु पाइने गर्दछ । डाक्टरहरुका लागि यो निकै आश्चर्यले भरिएको केस हो । डाक्टरहरुले पाए कि ती महिला कहिले पनि अरु बच्चाहरुजस्तै खेल्न, दौडिन सकिनन् । यस्तै उनी बिना साहारा राम्रोसँग हिँड्न पनि सक्षम छैनन् । डाक्टरहरुका अनुसार, महिलाको शब्दहरु बुझ्नमा केहि पनि समस्या छैन । दिमागको जुन हिस्सामा सेरिबेलम हुनुपथ्र्यो, त्यो हिस्सा खाली भएको डाक्टरहरुले पाए । उक्त महिलाको उपचार जारी छ । उनको विवाह भइसकेको छ र उनी एक बच्चाको आमा पनि हुन् । उनको बच्चालाई भने यस्तो कुनै पनि समस्या नभएको बताइएको छ । (एजेन्सी) - See more at:
दुलाहा आठ महिनाको गर्भवती, अर्जेन्टिनामा भयो अचम्मको विवाह (फोटोफिचर) -
गर्भवती भएकोले चाँडै विवाह गरेको खबर धेरैजनाले सुन्नुभएकै होला तर यहाँ एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । अर्जेन्टिनामा एक आठ महिनाको गर्भवती दुलाहाले आफ्नी दुलहीसँग धुमधामका साथ विवाह गरेका छन् । तपाईंहरु यो खबरले अचम्ममा पर्नुभयो होला । वास्तवमा के हो भने, यी आठ महिनाका गर्भवती दुलाहाको नाम एलेक्सिस ताबोरदा जो जन्मजात एक महिला हुन् र जुन महिलासँग उनी विवाह गर्दै छन् उनी क्यारेन ब्रुसलेरिया हुन् जो जन्मजात एक पुरुष हुन् । उनीहरुले एक अर्काको पहिचान बदलेका छन् तर सेक्स भने परिवर्तन गरेका छैनन् । एलेक्सिस आफैलाई पुरुष बताउँछन् र क्यारेन आफूलाई महिला बताउँछिन् । उनीहरुको कानुनी स्टेटस पनि यहि भइसकेको छ । एलेक्सिस र क्यारेन दुबै ट्रान्ससेक्सुअल एण्ड ट्रान्स्जेन्डर राइट्स एक्टिभिस्ट हुन् । यी दुबैको भेट अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा भएको थियो जहाँ दुबैजना ट्रान्स्सेक्सुअल एण्ड ट्रान्सजेन्डर राइट्सका लागि लडिरहेका थिए । सन् २०१०मा अर्जेन्टिना समान सेक्स भएका जोडिको विवाहको लागि अनुमती दिने ल्याटिन अमेरिकाको पहिलो देश बनेको छ । दुई वर्षपछि अर्को कानुनद्वारा ट्रान्ससेक्सुअलका लागि नेशनल आइडी पाउने बाटो पनि खोलियो । नयाँ आइडीको अनुसार ट्रान्ससेक्सुअल व्यक्ति आफ्ना लागि त्यहि जेन्डर छान्न पाउँछ जुन उनी आफूलाई चिनाउन चाहन्छन् । यदि कानुनको सहायताले नै यी ट्रान्ससेक्सुअल जोडिले औपचारिक विवाह गर्ने सपना पुरा भएको छ । २६ वर्षका ताबोदरा जो कानुनी रुपमा अब पुरुष हुन्, भन्छन्, ‘पहिला हाम्रो क्याथोलिक चर्चमा विवाह गर्ने इच्छा थियो त्यसकारण हामीले अर्जेन्टिनाको पोप फ्रेन्सिसलाई इमेल गर्यौँ तर त्यहाँबाट केहि जवाफ आएन । म अहिले ३३ हप्ताको गर्भवती छु, तर मातृत्वको आभाष त्यति धेरै भएको छैन तर क्यारेन बच्चाको किक र ममा देखिएको लक्षणलाई महसुस गर्न चाहन्छिन् ।’ यो अचम्मको विवाहमा दुबैका परिवारले निकै उत्साहका साथ भाग लिएका छन् । ताबोरदा २२ डिसेम्बरमा शल्यक्रियामार्फत आफ्नो बच्चालाई जन्म दिँदैछन् । यो जोडीको भनाई अनुसार उनीहरु आफ्नी छोरीको नाम जेनेसिस एन्जेलिना राख्नेछन् । (एजेन्सी) -
राजनीतिक सम्मेलन ‘अनिश्चित’
काठमाडौं,भदौ ३१ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तर्वस्तु र संक्रमणकालीन राजनीति व्यवस्थापनका विषयलाई चारदलीय सहमतिमा राख्न आग्रह गरेपछि मंगलबार हुने भनिएको ‘राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलन’ अनिश्चित बनेको छ। सम्मेलनको पूर्वसन्ध्यामा सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी शीर्षनेताको बैठकमा नेकपा–माओवादीले शान्ति प्रक्रिया र संक्रमणकालीन राजनीतिको व्यवस्थापनसहितका विषय चारदलीय सहमतिमा उल्लेख गर्ने प्रस्ताव राखेको थियो। कांग्रेस र एमाले भने वैद्य माओवादी नआए पनि मंगलबारको सम्मेलन गर्ने पक्षमा छन्। ‘सम्मेलनमा संविधानका अन्तर्वस्तुमा मात्र छलफल गरौं र शान्ति प्रक्रिया तथा संक्रमणकालीन राजनीति व्यवस्थापन कसरी गर्ने भन्नेमा चार दलबीच छलफल गर्दै अघि बढ्ने सहमति भएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘वैद्य माओवादीले त्यसलाई पनि चारदलीय सहमतिमा राख्ने कुरा गरेपछि बैठक भाँडियो।’ नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न नीतिगत सहमति जुटे पनि त्यसले औपचारिकता पाउन बाँकी रहेको बताए। ‘कार्यदलको तहमा भएका सहमतिलाई लिपिबद्ध गर्ने काम भएको छैन,’ बैठकपछि उनले भने,‘शीर्ष तहमा लिखित सहमति हुन सकेको छैन, मंगलबार बिहानै सहमति भयो भने सम्मेलन हुन सक्छ।’ पूर्व सहमतिअनुसार आफूहरू सम्मेलनका लागि तयार रहेको जनाउँदै गुरुङले सबेरै शीर्ष तहमा छलफल हुने जानकारी दिए। आजको नागरिक दैनिकमा खबर छ । -
माइकल ज्याक्सनको सम्पत्ति लिलाम हुने
एजेन्सी – दिवंगत पप स्टार माइकल ज्याक्सनको सम्पत्ति लिलाम हुने भएको छ । ज्याक्सनका साथै उनको परिवारको व्यक्तिगत सम्पत्ति यो महिना लिलामी गर्न लागिएको हो । यसरी लिलामी गर्न लागिएको सम्पत्तिमा माइकलका कट्टु,मोजा,फोटोलगायतका सामान छन् । ज्याक्सनको स्मृतिमा रहेका घरपरिवारका सम्पत्तिको पनि लिलाम हुने भएको छ । अन्य स्थानका सामान साधारण भए पनि ज्याक्सनका घरका सामान इतिहास भएकाले लिलाम गर्न लागिएको बताइएको छ । ‘अन्य ठाउँका यस्ता सामान साधारण हुन तर ज्याक्सन घरपरिवारको सामान इतिहास बनेको छ,’लिलाम घरका पिटर सिगेलले भने । ज्याक्सनको सामानको लिलाम विक्री यही सेप्टेम्बर १९मा हुनेछ । -
मजाक बनिसक्यो आइफोन सिक्स, थाहा पाउनुस् कसरी ?
आइफोन सिक्स र आइफोन सिक्स प्लसलाई एकातर्फ सबैले तारिफ गरिरहेका छन् भने त्यहिँ सोसल नेटवर्किङ साइटमा यी नयाँ फोनहरुको विषयमा निकै टिका–टिप्पणी भइरहेका छन् । आइफोन सिक्सलाई मानिसहरुले मजाकको विषय बनाइरहेका छन् जसमा स्टिभ जब र टिम कुकका साथै आइफोन सिक्सको साइजको विषयमा मानिसहरुले थुप्रै प्रकारका पोष्टहरु गरिरहेका छन् । स्टिभ जब पहिलादेखि नै ठूलो साइजको फोनका विरुद्ध थिए तर टिम कुकले आइफोन सिक्स प्लसको लञ्च गरेका छन् । यता दोस्रोतर्फ एचटीसीले पनि नयाँ आइफोनको विषयमा ट्विट गरेको छ जसमा एचटीसी वान र आइफोन सिक्सको पछाडिको कभर देखाइएको छ जुन हेर्दा एउटै जस्ता देखिएका छन् । आउनुहोस् हेरौँ सोसल नेटवर्किङमा आइफोन सिक्सको विषयमा गरिएका फन्नी फोटोहरुः (एजेन्सी) - Se
सरल नेता बोगटी
नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं. २ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी दिवाकरको जन्म २०१० सालमा भएको थियो । निम्न मध्यम परिवारमा बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट उनको जन्म भएको थियो । बुवा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई पोष्टबहादुर बोगटी पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त भए । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गरेका बोगटी सरल, मिलनसार स्वभावका थिए। उनको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणबाट सहिद भएका थिए । राजनीतिक यात्रा र जिम्मेवारी समाजसेवीको छवि भएका बोगटीले २०३५ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बोगटीले बताउने गरेका थिए । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको सम्झना बोगटीले गर्ने गरेका थिए । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई बोगटी २०३७ सालमा संयुक्त चौममा आबद्ध भएका थिए । पुष्पलाल समूहले २०३५–२०३६ सालको आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौममा जोडिएका थिए। संयुक्त चौंथो महाधिवेशनसम्ममा उनीजिल्ला समिति सदस्य भइसकेका थिए । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व यिनै बोगटीले समालेका थिए । त्यतिवेला वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा बोगटी मशालको जिल्ला सेक्रेटरी भए । २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी उनको राजनीतिक जीवनले उचाई लिँदै गएको थियो । शान्ति प्रक्रियामा आउँदा समेत उनले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी लिएका थिए भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका उनको काँधमा आएको थियो । २०६९ सालमा हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौ राष्टिय महाधिवेशनमा वोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन भए । २०६२–२०६३ सालको आन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न। ३ बाट बोगटीले आफ्नो जीत दर्ता गराएका थिए । संविधानसभा सदस्य हुँदै उनी एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक समेत बने ।उनले भmलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय समेत सम्हालेका थिए । त्यसलगत्तै बनेको डा।बाबुराम भट्राई नेतृत्वको सरकारमा उनले उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए । जेल जीवन पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा संघर्ष र जेल जीवनले भरिएको छ । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४०मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना उनले जेल जीवन बिताउनुपर्यो । दसैंको नवमीको दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहाई गरियो । यस्तै २०४२ सालमा भएको बमबाण्डमा पनि उनीघरबाटै पक्राउ परे । त्यसबेला उनी पार्टीको जिल्ला समिति सेक्रेटरी थिए । क्त बम काण्डमा उनको गाउँबाट ११ जना र नुवाकोट जिल्लाबाट गणेश पण्डित सहित २७ जना पक्राउ परेका थिए । सो बम काण्डमा पक्राउ परेका दिलीप चौधरीलाई तत्कालिन राज्यले बेपत्ता बनाई हत्या गरेको थियो । प्रचण्डका सबैभन्दा विश्वास पात्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सबैभन्दा विश्वास पात्र थिए पोष्टबहादुर बोगटी । बोगटी जहिले पनि पार्टी र नेतृत्वका खातिर सतिसाल झै थिए । उनको ध्यान जहिले पनि पार्टी बचाउनेतिर हुन्थ्यो, त्यसैले उनी पार्टीभित्र ठूलो अन्तरसंघर्ष भएको बेला जहिले पनि संस्थापन पक्षतिर रहन्थे । अध्यक्ष दाहाललाई निःस्वार्थ सहयोग गर्ने नेता थिए वोगटी । दाहाल केही गर्नुपरे सबभन्दा पहिले बोगटीसँंग सल्लाह लिन्थे । बोगटीले कहिले पनि आफूलाई फाइदा हुनेगरी दाहाललाई सल्लाह दिदैनथे । आफूलाई जे लाग्थ्यो, त्यही कुरा दाहाललाई भन्थे । निःस्वार्थ सल्लाह सुझाव दिने भएकाले दाहालले उनलाई जहिले पनि उनीसंग सल्लाह नगरी कुनै पनि कदम चाल्दैनथे । दाहालको पहिलो बैठक नै बोगटीसँग हुने गर्दथ्यो । त्यसपछि मात्र अन्य नेताहरुसँग हुने गर्दथ्यो । -
विवाहपूर्व अवश्य गर्नुहोस् यी काम नत्र पछुताउनुहुनेछ
बनाउँदै हुनुहुन्छ ? विवाहको लड्डु चाख्नुभन्दा पहिले तपाईंलाई खुसी र आनन्द दिने यी कुराहरुमा ध्यान दिनु आवश्यक छ । याद राख्नुहोस्, यदि तपाईं यी कुराहरु भविष्यमा गर्ने भन्दै पन्छाउनुहुन्छ भने शायद तपाईंले यी कुराहरुको अनुभव गर्ने मौका अर्को मौका पाउनुहुन्न । यहाँ हामी पुरुषहरुका लागि विवाहभन्दा पहिले गर्नुपर्ने कुराहरुको बारेमा जानकारी दिँदै छौँ । १. सबै ग्याजेटहरु किन्नुहोस्ः विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै ग्याजेटहरु किन्नुहोस् । के थाहा, तपाईंकी श्रीमतीले तपाईंलाई यत्तिको स्वतन्त्रता दिन्छिन् या दिँदिनन् । २. सबै एक्सन फिल्म हेर्नुहोस्ः विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै एक्सन फिल्महरु अवश्य पनि हेर्नुहोला किनभने विवाहपछि तपाईंको फिल्मको रुचीमा परिवर्तन आउनसक्छ । ३. कहिले पनि कसम नखानुहोस्ः यदि तपाईंमा कसम खाने बानी छ भने यो एक समस्या हुनसक्छ किनभने कुनै पनि महिला तपाईंको यो बानीलाई मन पराउँदिनन् । ४. आफ्ना विशेष साथीहरुलाई भेट्नुहोस्ः विवाह गर्नुपूर्व आफ्ना कलेज वा स्कुलका सबै साथीहरुलाई एकपटक भेट्नुहोस् । भेट्नुभन्दा पहिले उनीहरुलाई आफ्नो विवाहको बारेमा जानकारी दिनुहोस् र औपचारिकताका साथ उनीहरुलाई आफ्नो विवाहमा निम्तो गर्नुहोस् । ५. पुरानो प्रेम याद गर्नुहोस्ः यदि अरु पुरुषहरुलाई जस्तै तपाईंलाई पनि महिलालाई बुझ्न गाह्रो छ भने तपाईंको वैवाहिक जीवन खतरामा छ भन्ने बुझ्नुहोस् । त्यसकारण विवाहभन्दा पहिलाको प्रेमप्रसंग यहाँ सिद्ध हुनेछ । ६. खाना बनाउन सिक्नुहोस्ः यसबाट तपाईंको हुन लागेकी श्रीमती प्रभावित मात्र नभई यो कलाले तपाईंलाई अप्रत्याशित स्थितिहरुमा तपाईंको जीवन रक्षक पनि बन्न सक्छ । ७. आफ्नो वित्तिय स्थितिमा सुधारः तपाईंको वित्तिय स्थिति अहिले कमजोर भएपनि विवाहभन्दा पहिले तपाईंको बैंक ब्यालेन्स मोटो रकमले भरिएको हुनुपर्छ । ८. पैसालाई व्यवस्थित गर्न सिक्नुहोस्ः तपाईं आफ्नो पैसा निकै खर्च गर्न चाहनुहुन्छ होला तर तपाईंकी श्रीमती समस्यामा काम लाग्छ भन्दै बचाउन चाहन्छिन् । त्यसकारण पैसाको व्यवस्थापनसँग जोडिएको कुराहरुलाई पहिला नै स्पष्ट गर्नुहोस् । ९. एक्लै घुम्नुहोस्ः कुनै एकान्त ठाउँमा जानुहोस् र आफूमा लुकेको गुणहरुलाई खोज्नुहोस् । तपाईंलाई यो अनुभवले निकै खुसी दिनेछ । १०. चाहेको जति कोर्स पुरा गर्नुहोस्ः चाहे तपाईंको इच्छा गिटार सिक्ने होस् वा स्पेनिस भाषा सिक्ने होस्, आफ्ना यी इच्छाहरुलाई विवाहभन्दा पहिला नै पुरा गर्नुहोस् किनभने अर्को पटक मौका नआउन पनि सक्छ । ११. आफ्नो रुची अनुसार चल्नुहोस्ः धेरै पटक हाम्रो रुची र काममा तालमेल मिल्दैन त्यसकारण आफ्नो रुचीलाई चिन्नुहोस् र त्यसमा सफल हुने कोसिस गर्नुहोस् चाहे त्यो काम सानो वा गाह्रो किन नहोस् । १२. सभ्य पुरुषको रुपमा बाँच्न सुरु गर्नुहोस्ः यदि तपाईंको घरमा चुरोटको ठुटो र रक्सीका बोतलहरुले भरिएको छ भने तपाईंले धेरै कुरा सिक्न आवश्यक छ किनभने तपाईंको जीवन अब कुनै होस्टेल र डेरामा बस्ने पुरुषहरुको जस्तो हुनेछैन । १३. आफ्नो सिमाहरुलाई थाहा पाउनुहोस्ः वैवाहिक जीवनलाई सफल बनाउनका लागि आफ्नो पार्टनरको सिमा थाहा पाउनुभन्दा पहिले आफ्नो सिमाको बारेमा जान्न आवश्यक छ । आफू र आफ्ना आशाहरुसँग इमान्दार रहन सिक्नुहोस् ।
एउटा पत्रकार किन बने जोगी ?
काठमाडौंको इन्द्रचोकका भट्टराई खलक कुनै राणाजीको विवाह समारोहमा भाग लिने क्रममा भारतको लखनउनजिकैको शाहजाँहपुर जिल्लामा पुग्छ । त्यही जन्मन्छन्, अच्युतम् भट्टराई । तन्नेरी उमेरमा उनी विराटगर आउँछन् । २०४५ सालमा काठमाडौं छिरेका अच्युतम् सुरुमा विभिन्न कम्पनीका उत्पादनहरुको मार्केटिङमा लाग्छन् । सानैदेखि लेखनमा रुची भएकाले २०५० सालतीर उनी पत्रकारितामा प्रवेश गर्छन् । ‘जनधारणा’, ‘नव आवाज’, ‘जनआस्था’ र ‘प्रकाश’जस्ता साप्ताहिक पत्रिकामा स्वतन्त्र लेखन गर्दै आएका अच्युतम् पछि राजधानी दैनिकको डेस्कमा अनुबन्धित हुन्छन् । फिचर र विदेश पृष्ठको डेस्कमा कार्यरत रहँदा उनी पत्रकारिता क्षेत्रमा स्थापीत हुन्छन् । सक्रिय पत्रकारहरुको सर्कलमा उनी परिचित हुन्छन् । दश वर्षसम्म सक्रिय पत्रकारिता गरेका अच्युतम्को जीवनमा एघार वर्षअघि अनौठो परिवर्तन हुन्छ । २०६० सालतिर उनी सन्यासी बन्छन् । आइरन लगाएको सर्ट र पाइन्टमा सजिएर कार्यक्षेत्रमा आउने अच्युतम् गेरुवा वस्त्र लगाउन थाल्छन् । राजनीतिक उहापोहका बारेमा खरो तर्क र बहस गर्ने अच्युतम् ज्ञान र ध्यानको कुरा गर्न थाल्छन् । पत्रिका आध्यात्मिक लेख लेख्ने अच्युतम् अन्ततः आफै सन्यास मार्गमा लाग्छन् । बाबा र माताहरुको सँगत गर्न थाल्छन् । यसरी पत्रकार अच्युतम्को अवसान हुन्छ र जन्म हुन्छ, सन्यासी ज्ञानमित्रको । ज्ञानमित्र आखिर किन सन्यासी भए ? प्रस्तुत छ, पत्रकारिताको भागदौडभन्दा पर बानीयाँटारको जगालस्थित अहिर्नस आश्रममा सन्यासी जीवन बिताइरहेका ज्ञान मित्रसँग रातोपाटीका लागि कुसुम भट्टराई (स्वामी धर्म विवेक) ले गरेको कुराकानी : संवोधन कसरी गरौं ? अच्युतम् या ज्ञान मित्र ? अच्युतम् केशवम् कृष्ण दामोदारम् जे पनि भन्न सक्नुहुन्छ । तपाई मलाई कसरी हेर्न चाहनुहुन्छ, त्यसमा तपाई स्वतन्त्र हुनुहुन्छ । मेरो पुरानो साथी अच्युतम्को त अवसान भइसकेछ, तपाईसँग म पत्रकार कुसुम भट्टराईको नाताले कुरा गर्दिन । अबका प्रश्नहरु तपाईलाई ओशो सन्यासी स्वामी धर्म विवेकले गर्नेछ । ओशो सन्यासीबाट म सम्यक प्रश्नको अपेक्षा गर्छु । अर्हिनस आश्रमका दिनहरु कसरी व्यतित भइरहेका छन् ? सन्यासी जीवन थालेको नै एघार वर्ष भैसक्यो । यहाँ बस्न थालेको त डेढ वर्ष मात्र भयो । यहाँ कहिलेसम्म बस्छु त्यो निश्चीत छैन । भोली उठी कहाँ जाने केही थाहा छैन । जहाँ रहे पनि यही धर्तीकै कुनामा आकाश मुनी बस्ने न हो । एउटा स्थापीत पत्रकार कसरी सन्यासी बन्यो त ? पत्रकारितामा शक्रिय हुँदा नै ममा आध्यात्मिक प्यास थियो । म आध्यात्मिक विषयवस्तुका लेख लेखिरहन्थें । विस्तारै सतसँगमा लागें । जीवन र जगत बुझ्दै जाँदा संसारको भागदौड निरर्थक लाग्यो । जीवन र जगतलाई अझ गहिरो गरी बुझ्न पहिला आफैलाई बुझ्नुपर्छ भन्ने बोध भयो । अनी सन्यास धारण गरियो । मित्र, कुनै त्यस्तो घटना थियो, जसले तपाईलाई सन्यासी बन्न प्रेरित गरेको ? कुनै बियोग या सपनामा देउता आएकोजस्तो ? त्यस्तो कुनै घटनाबाट म प्रेरित भइन । मेरो अभ्यन्तरमा जुन आध्यात्मिक प्यास थियो, त्यसले नै प्रेरित गरेको हो । भौतिक कारणहरुले भन्दा पनि मलाई मेरो चेतनाले त्यसतर्फ डो¥यायो । मुलुकमा विभिन्न आयाममा रुपान्तरणको प्रकृया चलिरहेको बेला तपाईंले त आफैलाई पो रुपान्तरण गर्नुभएछ हैन ? हो, संसारको असली रुपान्तरण भनेको आफैमा रुपान्तरण हो । पहिला आफैलाई रुपान्तरण गर्नुपर्छ । भगवान बुद्धजस्तो राजकुमार भिक्षु बनेर हिंडेपछि त्यसबेला धेरै राजकुमार उनको पथमा हिंडेका थिए । तपाईले सन्यास धारण गरेपछि तपाईका समकालीन पत्रकार साथीहरु को को यो मार्गमा लागे ? अब हेर्नुस्, कुसुमजी तपाई पनि स्वामी भइसक्नुभएको छ । छत्र कार्की, घनश्याम खड्काजस्ता पत्रकार साथीहरु पनि आध्यात्मिक मार्गमा लाग्नुभएको छ । एकजना विशाल खत्री भन्ने पत्रकार हुनुहुन्थ्यो, उहाँ त म भन्दा पनि चर्को सन्यासी हुनुहुन्थ्यो, पछि कहाँ जानुभयो, के भयो मैले कुनै खबर पाइन । पत्रकार मनोज दाहाल पनि आध्यात्मिक सोच राख्नुहुन्छ । पत्रकार साथीहरुमा पनि आध्यात्मिक जागरण आएको छ । संसारिक जीवन र सन्यासी जीवनमा के फरक हुँदो रहेछ ? म अहिले पनि संसारमै छु । संसार आफ्नो ठाउँमा छ, सन्यास आफ्नो ठाउँमा । फरक यत्ति हो, मेरो एटीच्युड बदलिएको छ । पहिला म ठान्थें, नम्बर वान पत्रकार मै हुनुपर्छ । काठमाडौंमा मेरो आलिशान घर हुनुपर्छ । बैंकमा टन्न पैसा हुनैपर्छ । राम्री तरुनी मेरै हुनुपर्छ । मदिरा जमघटपछि त्यसको बिल मैले नै तिर्नुपर्छ । विदेश भ्रमणमा मै जानुपर्छ । यस्तो थियो । एउटा अहंकारले मलाई गाँजेको थियो । मै खाउँ मै लाउँ सुख सयल वा मोज मै गरुँ भनी दाह«ा धस्ने एटीच्युड् थियो । अहिले त्यो फेरिएको छ । के खाने ? कसले खुवाउने ? कहाँ बस्ने ? यो सब चिन्ता छैन । भौतिक रुपमा त संसारमै निर्भर हुनुपर्छ । गाडी चढनैपर्छ, लुगा लगाउनैपर्छ । मोबाइल पनि बोकीरहेकै छु । फरक यत्ति हो, बाहीरी रुपमा संसारमै भए पनि म भित्री रुपमा सन्यासी हुँ । सन्यासी हुनु भनेको आभ्यन्तरीक घटना हो नी । तपाईजस्तो युवा सन्यासी बनेपछि देश कसले चलाउने ? देश त नेताहरुले चलाउने हो नी । हामी त भगौडा न प¥यौं । संसारबाट भागेर हुन्छ त ? हेर्नुस्, संसारबाट भाग्ने कुरा मेरो पुर्वजन्मकै सिलसिला हो । हिन्दु दर्शनमा पूर्वजन्म र पुर्नजन्ममा विश्वास गरिन्छ । सायद पूुर्वजन्ममा मैले धेरै नेतागिरी गरें हुँला । व्यापारी भएर टन्न पैसा कमाएँ हुँला । सुर, सुरा र सुन्दरीहरुको भोग विलासमा रमाएँ हुँला । या कुनै साम्राज्यको महाराज पो थिएँ की ? विषय भोगमा चुर्लुम्म डुबेपछि एक दिन यायातीलाई झैं मलाई पनि त्यसको व्यर्थता महसुस भयो की ? अनी यो जुनीमा त्यो सब छोडेर सन्यासी भएको हुँ की ? यो जुनीमा आउँदा आफैलाई बुझ्ने र ‘म को हुँ’ भनेर खोज्ने जुन जिज्ञासा ममा पलाएको छ, त्यो पुर्वजन्मकै सिलसिला हो । मित्र कुसुमले झैं पत्रकारितामा शक्रिय रहेर त्यो खोजीमा लाग्न मलाई सहज भएन । मैले सोझै जम्प गरें यार । ‘म को हुँ ?’ भनेर खोज्ने क्रममा के फेला पारियो त ? अहिलेसम्म ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर मैले पाइसकेको छैन । म को हुँ त ? त्यो जानीसकेको छैन । तर ‘म को हैन’ त्यो भने भने बुझीसकें । म पहिला आफुलाई पत्रकार, कवि, साहित्यकार, लेखक, दैनिक पत्रिकाको उपसम्पादक यस्तै यस्तै उपमा दिन मन पराउँथे र आफुलाई त्यही ठान्थें । तर म त्यो केही पनि होइनरहेछु । आफ्नो शरीर, मन, विचार, जात, नाम, र थर पनि म होइन भन्ने बुझीसकें । तर, म खासमा के हुँ ? त्यसको खोज जारी छ । ‘म को हुँ ?’ भनेर खोज्ने तपाईको मार्ग के हो ? कर्म योग, ज्ञान योग, भक्ती योग, ध्यान योग कुन हो ? कर्म, ज्ञान, भक्ती, ध्यान सबै मार्ग अन्ततः एउटै हो । भक्ती मार्गमा लाग्न बडो निश्छल मन चाहिन्छ, जुन ममा छैन । भक्ती मार्गमा कुनै खोज हुदैन, कुनै जिज्ञासा हुदैन, कुनै शंका हुदैन । प्रभुप्रति वा परम शक्तिप्रति सोझै पुर्ण विश्वास हुन्छ । प्रभु छ की छैन भनेर खोज्ने हैन, प्रभु छन् भन्ने पुर्ण विश्वासका साथ प्रभुको भजन गाएर प्रभुलाई नै पाउने मार्ग हो भक्तीमार्ग । यही मार्गमा लागेर मीराले प्रभुलाई पाउनुभयो । ममा त जिज्ञासा छ, त्यसैले म खोजीमा छु । यो खोजीको बाटोमा लाग्ने क्रममा सुरुमा त ध्यान र ज्ञान योगतीर पनि लागियो । ध्यान पनि गरियो । अचेल म केवल जिउँछु । मन लागे ध्यान गर्छु, मन नलागे केही गर्दिन । बस, आफुभित्र के के भइरहेको छ त्यसलाई साक्षी भावले नियालीरहेको छु । आफैलाई आफुले हेरिरहेको छु । म कुनै निश्चीत मार्गमा लागेको छैन ? ओशो मार्गमा पनि लाग्नुभएको थियो नी ? कुनैबेला म ओशोलाई धेरै मान्थें । ओशोका किताब र प्रवचन पनि सुन्थें । तर, ओशोको ज्ञानबाट मैले केही पाइन । ओशोले जुन आत्मज्ञान पाउनुभयो, त्यसबाट उहाँलाई लाभ भए होला, तर त्यसले मेरो समस्या कसरी समाधान गर्ला र ? भन्ने लाग्यो । उधारो ज्ञानबाट थोडी हुन्छ यार । ओशोको किताब पढेर म उहाँको ज्ञानको स्तरमा पुग्न त सक्दीन नी । मैले जे कृष्णमुर्ती पनि पढें । युजी कृष्णमुर्ती पनि पढें । तर उहाँको शाब्दीक ज्ञानबाट मलाई के फाइदा ? जवसम्म आफैले स्वाध्याय गरिन्न, तबसम्म ज्ञान प्राप्ती हुदैन भन्ने मलाई लाग्छ । तपाईका कोही गुरु छैनन् ? गुरु बिना ज्ञान त कसरी मिल्ला र ? म यो भ्रममा पनि छैन यार । साथीहरु भेटीन्छन्, आ–आफ्ना गुरु र सत्गुृरुका कुरा सुनाउँछन् । कुसुमजीले पनि ओशोलाई गुरु मान्नुभएको होला । तर गुरु बनाएर ज्ञान प्राप्ती हुन्छ भन्ने मलाई विश्वास भएन । म गुरुको चक्करमा लागिन । परम गुरु अर्थात परमात्मासम्म पुग्न पनि त गुरुको साथ चाहिदैन र भन्या ? परमात्मासम्म पुग्न गुरुको आवश्यकता पर्दैन । परमात्मालाई सोझै संवोधन गर्नुपर्छ । परमात्मा कुनै राजनीतिक नेता हो र यार, जसलाई भेटन उसको पिएको चाकडी गर्नुपर्ने ? उसको स्वकिय सचिलाई घुस खिलाउनुपर्ने ? परमात्मा नै यस्तो आयाम हो, जसलाई पुकारे मात्रपुग्छ, तपाईलाई भेटन उनी आइहाल्छन् । तर परमात्मालाई चिन्नसक्ने आँखा चाहिन्छ । उनलाई बुझ्नसक्ने चेतना हुनुपर्छ । परमात्मालाई कसरी चिन्ने ? उनी को हुन त ? ओल्ड बट गुड कोइस्चन । परमात्मा भनेको समष्टी हो । एभरीथिङ नै परमात्मा हो । स्टेफन हकीङको ‘थ्यौरी अफ एभरीथिङ’भित्र पनि परमात्मा आइसके । कसैले इश्वर छैन भन्छ भने पनि उसले ‘इश्वर’ नै छैन भन्छ । हुन त म यो विवादमा छैन । आजको युगमा इश्वर छन् की छैनन् भन्ने बहसको म औचीत्य देख्दीन । भौतिक विज्ञानभित्र परमात्मा आइसके । तपाइले अन्नपूर्ण पोस्ट दैनिकमा गर्ड पार्टीकलका बारेमा लेखेको सामाग्री पढेको थिएँ । त्यो हिग्स बोसन के हो ? निमेशभरका लागि देखा परेर अलप हुने त्यो तेस्रो तत्व के हो ? त्यो तेस्रो तत्व जसले परमाणुकै निर्माण ग¥यो, तर त्यो तत्वलाई खोज्न बिग मेशीन चाहियो, अर्बौं डलर खर्चिनुप¥यो । जसरी साधकको तपस्याबाट प्रशन्न भएर भगवान निमेशभरका लागि प्रकट हुन्छन् र अलप हुन्छन्, त्यसैगरी वैज्ञानिकको मेहनतको फलस्वरुप त्यो तत्व प्रकट भयो, तर अलप भयो । आखिर त्यो के थियो ? वैज्ञानिकले भने, गर्ड पार्टीकल । इश्वरी अंश । अब हेर्नुस्, यो ब्रम्हाण्ड मात्र हैन, कोटी कोटी ब्रम्हाण्डका हरेक कणमा रहेका परमाणुमा त्यो गड पार्टीकल छ भनेपछि यो समग्र अस्तीत्व गड भयो । परमात्मा भयो । वैज्ञानिकहरुले त्यो गड पार्टीकल एक छिनको लागि बिग मेशीनमा देखे, भगवान बुद्ध, महावीर, ओशो, कृष्ण सबैले आफैभित्र देखे । म नै त्यो गड पार्टीकल हुँ भन्ने जाने । -
प्रिमियर लिगमा युनाइटेडको पहिलो जित
म्यान्चेस्टर, भदौ २९ – यस सिजन निकै खराब शुरुवात गरेको म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पहिलो खेल जितेको छ । नयाँ खेलाडी अनुबन्ध गरेपछि टिममा निकै फेरबदल गरेको युनाइटेडले यस सिजन पहिलो पल्ट पूर्ण तीन अंक हासिल गरेको हो ।
आफ्नो गृह मैदानमा क्वीन पार्क रेन्जर्सलाई हराउने क्रममा अर्जेन्टिनी विंगर एंखल डि मारियाले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
खेलको २४ औं मिनेटमा फ्रि किकबाट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए । युनाइटेडका लागि उनको यो पहिलो गोल हो ।
पहिलो हाफमा एन्डर हेरेरा र वेयन रुनीले गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाए । हेरेराको पनि यो पहिलो गोल हो ।
खेलको दोस्रो हाफमा हुवान माटाले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे ।
नयाँ खेलाडी राम्डेल फाल्काओले पनि आजको खेलमा डेब्यु गरेका थिए ।
तरलता खिच्न थप १० अर्ब निक्षेप लिंदै राष्ट्र बैंक -
काठमाडौं,भदौ ३१ – बजारमा अधिक तरलता भएपछि तरलता खिच्नका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ । त्यसका लागि केन्द्रीय बैंकले ३ महिनाको अवधिको निक्षेप संकलन गर्न लागेको हो । अहिलको बजारमा ४०–५० अर्बको हाराहारीमा रहेकोले त्यसको व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्ररीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट बोलकबोलमा निक्षेप संकलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप राख्नका लागि मंगलबारसम्म राष्ट्र बैंकमा ब्याजदरसहितको प्रस्ताव पेस गर्नुपर्ने छ, जसले कम ब्याजदर प्रस्ताव गर्न उसैबाट बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बजारबाट तरलता खिच्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरिने घोषणा गरेको थियो । यसका लागि केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणसम्बन्धी कार्यविधिसमेत जारी गरेको थियो । यसअघि भदौ पहिलो साता पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप उठाएको थियो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्ने यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दातमा (सीआरआर) मा गणना गर्न पाउँदैनन् । तर यो रकम वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात (लिक्विडिटी रेसियो) मा भने गणना गर्न पाउने बैंकले जनाएको छ । -
हो, म महिला हुँ र मेरो स्तन छ, तपाईंलाई समस्या ?: दिपिका पादुकोण -
ट्विटरमा आफ्नो भिडियो सेयर गर्ने एक अंग्रेजी पत्रिकासँग बलिउड नायिका दिपिका पादुकोणले रोष व्यक्त गरेकी छिन् । सार्वजनिक कार्यक्रममा धेरैजसो हाँसेर पत्रकारहरुको असहज प्रश्नहरुको पनि सहज तरिकाले उत्तर दिने दिपिकाले ट्विटरमा निकै रिसाएर प्रस्तुत भएकी देखिन्थिन् । एक पत्रिकाले दिपिकाको भिडियो ट्विटरमा पोष्ट गरेकोमा दिपिका रिसाएकी हुन् । भिडियो सेयर गर्दै उक्त पत्रिकाले लेखेको थियो, ‘ओह, माइ गड, दिपिका पादुकोणको क्लिभेज शो’ । दिपिकाले उक्त पोष्टको स्क्रिनसट लिदैँ ट्विटरमा यसको जवाफ दिँदै भनिन्, ‘हो, म महिला हुँ । मेरो स्तन छ, मेरो क्लिभेज छ । तपाईंलाई समस्या ?’ उनको रिस यत्तिमा मात्र शान्त भएन र उनले अर्को ट्विटमा फेरि लेखेकी छिन्, ‘यदि तपाईंलाई महिलाको इज्जत गर्न आउँदैन भने महिला सशक्तिकरणको बारेमा कुरा गर्न बन्द गर्नुहोस् ।’ आफ्नो नयाँ फिल्मको प्रचार प्रसार गर्नका लागि उनले आफ्नो ट्विटर अकाउन्टको नाम ‘फाइन्डिङ फेनी’ राखेकी छिन् । दिपिकाका प्रशंसकहरुको विरोध र बलिउड कलाकारहरुले दिपिकालाई गरेको समर्थनका कारण उक्त पत्रिकाले दिपिकाको अपमानजनक भिडियो डिलिट गरेको छ । (एजेन्सी) -
बस्न नसकेको गोलमेच (फोटोफिचर)
काठमाडौं, भदौ ३१ – संविधान निर्माण प्रक्रियाबाट बाहिर रहेको शान्तिप्रक्रियाको एक हिस्सा नेकपा–माओवादीसहित ३३ दलीय मोर्चालाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन आव्हान गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । ‘कुनै पनि अधिकार नभएको, कुनै निर्णय गर्न नसक्ने, शब्दको मात्र राजनीतिक सम्मेलन’ भन्दै नेकपा–माओवादी बैठकमा उपस्थित नभएपछि मंगलबार हुने भनिएको राजनीतिक सम्मेलन अब अन्यौलमा परेको छ । बैठकमा नेकपा–माओवादीबाहेक अन्य मुख्य दलका नेताहरु उपस्थित भइसकेका थिए । तर, अन्तिम समयमा स्थगन भएपछि राजनीतिक वृत्तलाई निकै तताएको सम्मेलनमा नेताहरु केही बेर बस्न नपाउँदै स्थगीत गर्नुपरेको छ
सदस्यता लें
संदेश (Atom)