Crime लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Crime लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शनिवार, 28 जनवरी 2017

सुखिपुर न.पा.मा बोक्सीको आरोपमा महिलालाई गाउँ निकाला, प्रहरीमा उजुरी दर्ता भएन

सिरहा,माघ १५ गते । बोक्सीको आरोपमा सिरहा सुखिपुर नगरपालिका ४ की २५ वर्षीया कलादेवी (नाम परिवर्तन) मण्डललाई दुर्व्यहार गरी गाउँ निकाला गरेको घटना सार्वजनिक भएको छ । स्थानीय विसोप्रसाद यादब र गुमस्ता यादबले उनलाई दुर्व्यवहार गर्नुका साथै लखेटेर गाउँ निकाला गरेका छन् । विसो सुखिपुरस्थित राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक हुन् ।

घटना माघ ६ गतेको हो । मजदुरी गरेको बनी धान माग्न जाँदा विसोले आफ्नै घरमा बोक्सीभन्दै दुर्व्यवहार गरेको पीडित मण्डलले बताइन् । उनले भनिन्, ‘विसोले तिमी बोक्सी हौं । मेरो घर आएपछि सबै बिमार पर्छन् भन्दै दुर्व्यवहार गरेर एक्कासि कुटपिट गर्न थाल्यो । गुमस्ता पनि त्यही थियो । उनले पनि बिसोसँगै कुटपिट गर्न गरेका थिए ।’

च्यातेको साडी र चोलो देखाउँदै उनले भनिन्, ‘उनीहरूले मलाई मलमुत्र खुलाउने प्रयास गरेपनि म भाग्न खोजे । तर उनीहरु लखेटेर समातेर ६ घण्टा घरमा थुनेर राख्यो । त्यसपछि प्रहरी चौकी सुखिपुर लग्यो । त्यहाँ मलाई केही हेर्न नदिई सहीछाप लगाउन लगाई लहान पुगाए । लहान अस्पतालमा स्वास्थ्य परीक्षण गराई फेरि घर लगेर दुई दिनसम्म थुनेर राखेँ । खान समेत दिदैन्थ्यो ।’ दुई दिनपछि बिसोको घरबाट आफू भागेको र अहिले भारतमा लुकेर बसिरहेको उनले भनिन् ।

बिसोले आफूलाई ज्यान मार्ने धम्की समेत दिएको पीडित कलादेवीले गुनासो पोखिन् । अब गाउँ फर्के ज्यान लिने भनेपछि आफू गाउँ जान नपाएको बताउँदै उनले गाउँमै रहेकी ६ वर्षीया छोरीलाई पनि एक सातादेखि भेट्न नपाएको बताइन् । कलादेवीले जिल्ला प्रहरी कार्यालय सिरहा पुगेर उनीहरूमाथि उजुरी दिन जाँदा प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले उजुरी दर्ता नगरेको गुनासो गरिन् ।

एसपी भन्छन्, ‘घटनाको यर्थात गुमराहमा राखियो’

सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले पीडित भनिएकी सुखिपुरकी ती महिलाले घटनालाई गुमराहमा राखेको बताए । उनले घटनाबारे यर्थाथ बाहिर नल्याएकोले अनुसन्धान गर्न समस्या पपरेको बताउँदै घटनाको यर्थात बाहिर नआउँदा उजुरी दर्ता नगरेको स्वीकारे । उनले भने, ‘घटनाको यर्थात लुकाउने प्रयास भएको छ । यदि सही कुरा पत्ता लाग्यो भने यर्थाथ लुकाउने र झुठो उजुरी दर्ताको प्रयास गर्नेमाथि पनि कानून बमोजिम कारबाही अगाडि बढाउँछौं ।

गाउँमा फरक हल्ला

पीडित महिला रामले विस्थापित भएर भारतमा बसिरहेकी अवस्था गाउँमा भने अर्कै हल्ला चलेको छ । पीडित महिलाका देबर सन्तोष कुमार मण्डलले स्वयंम भाउजु कलादेवी ९नाम परिवर्तन० स्थानीय राजकुमार यादबसँग फरार भएको र उनैसंग बसिरहेको दावी गर्छन् । तर उनको दावी सही नरहेको पीडितको भनाइ छ । पीडित महिला घटना घटेकै दिनदेखि आफूमाथि अपराध गर्नेहरुलाई कानूनी कठघरमा उभ्याउन सम्बन्धित निकाय धाइरहेकी छन् । सभार दैनिक नेपाल

सोमवार, 23 जनवरी 2017

कुटपिट अङभङ मुद्दाका फरार तीन जना पक्राउ

सिराहा, माघ ९ गते। अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा ईलाका प्रहरी कार्यलय लहानले कुटपिट अङभङ मुद्दाका फरार तीन जनालाई आइतबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहा सोनामती मझौरा गाविस ५ घर भई लहान नगरपालिका १८ बस्ने मल्हुन साह तेली, लहान १७ बस्ने शिवनारायण साह तेली र लहान १९ बस्ने रंगलाल साह तेली रहेका छन।पक्राउ परेका व्यक्तिहरु माथि सिराहा जिल्ला अदालतले २०५५ साल पुस १६ गते कुटपिट मुद्दामा जनही एक महिना कैद तथा सात सय अठ्ठासी रुपैया जरिवाना तोकेको थियो।फैसला लगतै फरार भएका तीनै जनालाई इलाका प्रहरी कार्यलाय लहानको टोलीले लहान बजारबाट पक्राउ गरेका हुन। उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागी सिरहा कारागार पठाइएको ईलाका प्रहरी कार्यलयका डिएसपी राज कुमार केसीले जानकारी दिनुभएको छ।