Health लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Health लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 27 जनवरी 2017

तरेगना गोबिन्दपुर खुदिमु घोषणाको अन्तिम चरणमा

सिरहा,माघ १४  । लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरमा रहेको मुसहर समुदायका बासिन्दाहरुले  खुल्ला दिशामुक्त अभियानका अभियानकर्मीहरुलाई देख्ना साथ चर्पी अवलोकनका लागि अनुरोध गर्न थाल्यो । त्यो टोली घरको नजिक नपुग्दै उर्मिला सदाले भनिन्,‘सर, मैले पनि चर्पी बनाए ।’
फुसको दुईवटा स–साना घर छन् । बसोवास घरको उत्तरपट्टी उर्मिलाले आफ्नो आर्थिक क्षमता अनुसार फुसकै चर्पी बनाएकी थिइन् । धेरै पहिले बनाएको चर्पी केही जीर्ण देखिएको थियो । अवलोकन टोलीले दिएको सुझाव अनुसार एकै दिनमा स्थानीय सामग्री उपयोग गरेर चर्पी मर्मत गरिन्, उर्मिला ।
उर्मिला मात्र नभएर तरेगना गोविन्दपुरबासी नै खुल्ला दिशामुक्त गर्न लागी परेका छन् । त्यो ठाउँमा पुग्नेहरुले कुनै दृष्य हेर्न पाउछ भने त्यस मध्ये गाउँलेहरुले बनाइराखेको चर्पीको दृष्य अवश्य देख्न पाउछन् । खासगरेर त्यहाँको दलितबस्तीका बासिन्दाहरु खुल्ला दिशामुक्त अभियानमा निकै सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ ।
गाउँका विभिन्न ठाउँमा कत्तै रिङ्ग बनिरहेको छ । कत्तै चर्पी बनाउन हद खनिरहेका हुन्छन् त कत्तै पुराना चर्पीहरु मर्मत गर्ने गरेको पाउन सकिन्छ । के बृद्ध, के युवा, को बालबालिका सबैले आ–आफ्नो स्थानबाट गाउँलाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ । 
खुल्ला दिशामुक्त हुनु यो एक प्रकारको अभियान भएको दर्साउदै स्थानीय सुरतिया सदाले घर–घरमा चर्पी बनेर नियमित रुपमा प्रयोग भइराख्यो भने हामीलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार चर्पी नभएर खुल्ला रुपमा दिशा पिसाव गर्नाले धेरै प्रकारका रोग लाग्ने गरेको विभिन्न गोष्ठिहरुमा थाहा पाए । खुल्ला रुपमा गरिने दिशा पिसावका कारण लाग्ने रोगको सिकार विपन्न दलित नै हुने गरेको उनले दाबी गर्दै नियमित रुपमा चर्पी प्रयोग गर्न समुदायका सबैसँग आग्रह गरे । 
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य धिरेन्द्र साह सम्लित कर्मचारी, अभियानकर्मीहरुको चर्पी अनुगमन टोली गएको एक हप्तायता तरेगना गोविन्दपुरमा चर्पी निर्माण तथा नियमित प्रयोगको अवस्था अवलोकन गरे । 
‘बाजे, कता हुनुहुन्छ ? के, हजुरको घरमा चर्पी बनेको छ ? हो, भने नियमित रुपमा प्रयोग गरिराख्नु भएको छ कि कसो ?’ यी र यस्ता प्रश्न गर्दै विहान ४ देखि ८ बजेसम्म तथा साझा ५ देखि ७ बजेसम्म घरदैलो गरेको हो । चर्पी निर्माण तथा प्रयोगको अवस्था अवलोकन गर्नुका साथै महिलाको निम्ति चर्पीको नियमति प्रयोगको महत्वबारे दर्साइएको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) की बरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन कुमारी चौधरीले बताइन् । 
गाउँलाई खुल्ला दिशामुक्त बनाउन पूर्व गाविस अध्यक्ष गडुल बहादुर मगरको सक्रियता बढेको छ । टोलीसँग सहजीकरण गर्दै समस्या देखिको ठाउँहरुमा स्थानीयहरुलाई सम्झाउन विहान र साझ गाउँ घुम्दै आएका छन् । स्थानीयहरुका अनुसार टोली आउनु केही दिन अघि देखि नै व्यक्तिगत रुपमा पनि उनी चर्पी अवलोकन गर्दै आएका छन् ।
पूर्व गाविस अध्यक्ष मगरलाई केही स्थानीयहरुले सहयोग पनि गर्दै आएका छन् । उनीहरुले गाउँको हरेक घरमा घरदैलो अभियानलाई निरन्तरता दिँदै आएको हो । तत्कालिन अवस्थामा चर्पी निर्माण तथा प्रयोगको अवस्था सर्वेक्षण गर्दा ४ सय ८० घर मध्ये ३ सय ४ घरमा चर्पी रहेको प्रयोग भइरहेको भेटिएको सामाजिक परिचालक उमा कुमारी कट्वालले बताइन् । उनले अब ५÷६ घर मात्र बाँकी छन् त्यो पनि निर्माणको क्रममा रहेकोले माघभित्र खुल्ला दिशामुक्त हुने दाबी गरिन् ।
‘हामी आफ्नो तर्फबाट धेरै अघि देखि अभियानमा लागेका थियौं,’स्थानीय बैधनाथ साफीले अबलोकन टोलीलाई भने भने,‘तपाईहरु बाहिरबाट आएर हामीलाई ठुलै सहयोग पुगेको छ ।’ बाहिरबाट आउने व्यक्तिहरुबाट स्थानीयहरु प्रभावित भएर चर्पी बनाउन र नियमित प्रयोग गर्न राम्रो तत्परता देखाउने गरेको उनले दाबी गरे । 
घरदैलो गर्ने अभियानकर्मीहरुलाई गाउँमा खुल्ला दिशामुक्त अभियानप्रति देखाएको सक्रियताबाट स्वास्थ्य चौकीमा कार्यरत अनमी अर्चना लामा प्रभावित भइन् । ‘आज फलानो गाउँ खुदिमु घोषणा भयो । त्यो गाउँमा खुदिमु घोषणा गर्न घरदैलो भयो,’जस्ता सूचना सुन्दा आफु निकै प्रभावित हुन्थे उनी भन्छिन्,‘आफ्नो गाउँलाई खुदिमु घोषणा गर्न के भइरहेको छ । त्यो जान्न र सक्रिय हुन धेरै दिन देखि चासो थियो तर कोंही साथी नभएर सोचेरै बस्थे ।’ उनले गाउँलाई खुदिमु घोषणा गर्न हुने हरेक कार्यक्रममा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरिन् । खुल्ला दिशामुक्त वडा घोषणा गराउन नेपाल स्वास्थ्यका लागि पानी नेवाले समुदायमा सहजीकरण गर्दै विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।   

पत्रकारको सक्रियतामा बल्कवा खुदिमु क्षेत्र घोषणा

सिराहा । सधैंभरी कलम चलाएर समाज रुपान्तरणमा योगदानमा दिने पत्रकारहरुले सिरहामा दिनरात खटेरै गोलबजार नगरपालिकाको एउटा वडा खुल्ला दिसामुक्त बनाएका छन् ।

सिरहामा गठित सरसफाई तथा स्वच्छताका लागि पत्रकार समन्वय समिति (जेवाससिसी) ले १ सय १५ दिन खटेर गोलबजार नगरपालिकाको वडा ११ रहेको आशोपुर बल्कवालाई खुल्ला दिसामुक्त क्षेत्र बनाएका छन् । ८ सय ४३ घरधुरीमध्ये शौचालय निर्माण हुन नसकेका २ सय २५ घरधुरीमा आफैंले खटेर शौचालय निर्माण गर्न लगाएपछि आशोपुर बल्कवाले बुधबार खुल्ला दिसामुक्त वडाको रुपमा मान्यता पाएको हो ।

सन २०१६ सम्म खुल्ला दिसामुक्त क्षेत्र बनाउनुपर्ने उक्त वडामा कसैगरी पनि निर्धारित समयमा उक्त अभियानले पुरा हुनसक्ने अवस्था देखिएको थिएन । सोको कारण खोज्न आशोपुर बल्कवा पुगेका जेवाससिसीको टोलीले त्यहाँ बसोबास गर्ने दलित र विपन्न समुदायकै वस्तीमा शौचालय निर्माण हुन नसकेको देखेपछि आफैंले खटेर शौचालय निर्माण गर्न सघाऊ पु¥याउने महसुस ग¥यो ।
त्यसपछि त के, पालैपालो जिल्लाका अधिकांश सञ्चारकर्मी आशोपुर बल्कवा पुग्न थाले । खाल्टो नखनेका घरधुरीलाई खाल्टो खन्न लगाए, रिड्ढ नगाडेको ठाउँमा रिड्ढ गाड्न लगाए तथा जानेर बुझ पचाउने समाजका केही ढीठहरुलाई हात जोडेरै शौचालय बनाउन लगाए ।
त्यस वडामा केही वर्ष अगाडि सुनौलो हजार दिनको कार्यक्रम मार्फत केही घरमा शौचालयको हदको लागि प्रयोग हुने रिड्ढ बाँडिएको रहेछ, जेवाससिसी सिरहाका संयोजक दिनेश्वर प्रसाद गुप्ताले भने, त्यसको रिसमा रिड्ढ नपाएका व्यक्तिहरुले शौचालय बनाउन मानेका रहेनछन् ।
हामीले विन्ती भाऊ चढायौ हात जोड्यौ त्यतिले मात्र नपुगेर कतिपय घरको कुनामा आफैंले कोदालोले खाल्टो पनि खन्यौ, उनका अनुसार, पछि त शौचालय बनाउन नमान्नेहरु आफैंले शौचालय बनाउन थाले ।
सञ्चारकर्मी साथीहरु नलागिदिएको भए शायद यो वडा खुल्ला दिसामुक्त हुँदैनथ्यो होला, आशोपुर बल्कवामा आयोजित घोषणासभामा बोल्दै सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतले बताए । खुल्ला दिसामुक्त अभियानमा सिरहाका सञ्चारकर्मीहरुको योगदान अतुलनीय रहेको उनले सुनाए ।

बुधवार, 25 जनवरी 2017

अबैध रुपमा लगाइएको प्रतिबन्धित गाँजा प्रहरीले मधुवन मथौलमा मंगलबार फडानि



पर्सा ११ माघ ।
 पर्साको विबिन्न गाविसमा अबैध रुपमा लगाइएको प्रतिबन्धित गाँजा प्रहरीले मधुवन मथौलमा मंगलबार फडानि गरेको छ ।
प्रहरीले महिना भित्र जिल्लाको सुवर्णपुर, महादेबपट्टि, गादि, वागेश्वरी तित्रौनामा ऐलानी जग्गामा  लगाएको गाजा खेति प्रहरीले फडानि गरेको हो ।  स्थानियले दिएको सुचनाका आधारमा ती क्षेत्रमा लगाइएको अबैध गाँजा खेति नष्ट गरिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भयो । 
स्वर्णपुरमा १२ कट्ठा, बागेश्वरी तित्रौनामा ९ कट्ठा, महादेबपट्टिमा २ कट्ठा, गादिमा १ कट्ठामा लगाइएको प्रतिबन्धित गाँजा खेति नष्ट गरिएको नायब उपरीक्षक जोशीले जानकारी दिनु भयो । गाँजा खेति नष्ट गरीए पनि खेति लगाउनेलाइ कुनै कारवाहि नगरी छाडिएको छ । यस अघि नै पर्सा जिल्लालाइ अबैध गाँजा अफिम खेति मुक्त जिल्ला घोषणा गरिएको भए पनि स्थानिय प्रहरीको निष्कृयताका कारण अझै पनि ग्रामिण क्षेत्रका केही स्थानमा यसको खेति गरीदै आएको पाइएको छ । 

मंगलवार, 24 जनवरी 2017

सुनसरी, सप्तरी, सिरहा लगायत पन्ध्र जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने

काठमाडाै, ११ माघ । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ ह
जार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भए पनि सार्क देश पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्लामा छनोट गरी कार्यक्रम गर्न लागिएको हो । नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।
युनिसेफले भ्याक्सिनको सहयोग गर्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले रु एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको रु एक करोड १० लाख खर्च हुने अधिकृत श्रेष्ठले बताउनुभयो ।
विश्वले सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । हाल पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देशमा पोलियो नदेखिएको सङ्गठनको भनाइ छ । सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

शनिवार, 18 अक्टूबर 2014

इबोलासँग विश्व समुदायको हार हुने डर

चार हजार ५०० को मृत्यु, सन् २०१६ को अन्त्यसम्म पनि इबोलाविरुद्धको खोप तयार हुननसक्ने आशङ्का

प्रकाशित मिति:२०७१ कार्तिक १ गते १५:४५
सिरहा सिटी 
HT_ebola_outbreak_2_sk_140728_4x3_992जेनेभा- हाल फैलिरहेको इबोलाको महामारी तथा यात्राका विषयमा विश्वव्यापी रूपमा देखिएको त्रासबीच संयुक्त राष्ट्र सङ्घले यस रोगसँगको सङ्घर्षमा थप रकम उपलब्ध गराउने बचन दिएको छ भने विश्व वैङ्कले यस रोगका विषाणुसँगको सङ्घर्षमा पराजित हुनसकिने चिन्ता व्यक्त गरेको छ ।
इबोलाको विषाणुको हाल विश्वमा सबैभन्दा नराम्रो सङ्क्रमणबीच मर्ने व्यक्तिको सङ्ख्या चार हजार ५०० नाघेको छ । अर्कोतिर सेनेगललाई विश्व स्वास्थ्य सङ्गठनले इबोलामुक्त मुलुकको रूपमा घोषणा गरेको छ र यहा आशाको सानो सङ्केत देखा परेको छ ।
अमेरिकालाई हाल ‘इबोला सम्राट’ नाम दिइएको छ र उसले यसरोग विरुद्ध समन्वयकारी भूमिका खेलेको छ । टेक्सासको अस्पतालमा लाइबेरियामा इबोला लागेका विरामीलाई दिइएको उपचार र यी विरामीलाई उपचार गर्ने क्रममा भएको सङ्क्रमणका विषयमा अमेरिकाको आलोचना भएको छ ।
अर्कोतिर बेलायती औसधी उत्पादक संस्था ग्लाक्सोस्मिथक्लाइनले सन् २०१६ को अन्त्यसम्म पनि इबोलाविरुद्धको खोप तयार हुननसक्ने आशङ्का गरेको छ ।
विश्व बैङ्ककका प्रमुख जिम योङ किमले विश्व यस रोगसँगको सङ्घर्षमा पराजित हुनसक्ने चेतावनी दिएका छन् । उनले यस रोगलाई पराजित गर्न अन्तर्राष्ट्रिय एकताको अभाव भएको बताए ।
उनले पेरिसमा पत्रकारहरूलाई मुलुकहरू आफ्नो सीमाप्रति मात्र चिन्तित भएको बताए ।
अक्टोबर १४ सम्म इबोलाका कारण चार हजार ५५५ व्यक्तिको मृत्यु भइसकेको र सात मुलुकमा यस रोगका नौ हजार २१६ विरामी देखा परेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।
यस रोगका प्रायः मुत्यु अफ्रिकाका पश्चिमी भागमा पर्ने र यो रोग फैलन थालेका मुलुक गिनी, लाइबेरिया तथा सियरा लियोनमा भएका छन् ।
विशेषज्ञहरूले डिसेम्बरको आरम्भदेखि यो रोग प्रति साता १० हजार व्यक्तिमा फैलनसक्ने चेतावनी दिएका छन् ।
-संयुक्त राष्ट सङ्घले यस रोगविरुद्ध सङ्घर्ष गर्न एक अब अमेरिकी डलर बराबरको सहयोगको माग गरेकोमा ४० प्रतिशत मात्र प्राप्त भएको जानकारी दिएको छ ।
समन्वयात्मक मानवीय मामिलाका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले हालसम्म यसका लागि ३७ करोड ७० लाख अमेरिकी डलर प्राप्त भएको र २१ करोड ७० लाख अमेरिकी डलर उपलब्ध गराउने बचन प्राप्त भएको जानकारी दिएको छ ।
यस संस्थाका प्रवक्ता जेन्स लार्कले जेनेभामा पत्रकारहरूलाई हाल यो रकम पनि बैङ्कमा नभएको बताए ।
इबोलाविरुद्ध संयुक्त राष्ट्र सङ्घको कोषले दुई करोड अमेरिकी डलर उपलब्ध गराउने बचन प्राप्त भए पनि खातामा एक लाख अमेरिकी डलर मात्र भएको जानकारी दिएको छ । यस परिस्थितिले आफ्नो संस्थालाई निकै गम्भीर समस्यामा पारदिएको संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले बताए ।
उनले बचनहरू कार्यन्वयन गर्नुपर्ने समय आएको बताउनुभयो । उनले आफ्नो संस्थालाई बढी चिकित्सक, नर्स, उपकरण, उपचार केन्द्र तथा चिकित्साका लागि अन्यत्र लैजानसक्ने क्षमता आवश्यक भएको बताए ।
विभिन्न मुलुकमा विमानस्थलमा स्वास्थ्य परीक्षणको बढ्दो व्यवस्था भए पनि हाल यस रोगप्रति त्रास बढिरहेको छ । एयर फ्रान्सका कर्मचारीहरूले गिनीबाट आफ्नो देशमा आउने उडान बन्द गर्न आग्रह गरेका छन् । अफ्रिकाको पश्चिमी भागमा पर्ने यो मुलुक इबोलाबाट प्रभावित छ ।
विमान चालक दल तथा व्यापारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरूका दुई सङ्घले एयर फ्रान्सको पेरिस तथा कोनाक्रीबीचको दैनिक उडानले आफ्नो मुलुकमा यो रोगको महामारी फैलाउनसक्ने जोखिम ल्याइरहेको दाबी गरेका छन् ।
फ्रान्सले शनिबारदेखि गिनीबाट आइपुग्ने यात्रुहरूमा स्वास्थ्य परीक्षण आरम्भ गर्नेछ । अमेरिका, बेलायत तथा क्यानडाले विमानस्थलमा इबोलाबाट प्रभावित मुलुकबाट आएका यात्रुमा स्वास्थ्य परीक्षण गर्न थालिसकेका छन् । युरोपेली महासङ्घले यस विषयमा पुनरावलोकन थालेको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरूले टेक्सासको अस्पतालमा उक्त रोग कसरी फैलियो भन्ने विषयमा प्रश्न गरिरहेका छन् । यस रोगले अफ्रिकाको पश्चिमी क्षेत्रमा सङ्क्रमित ७० प्रतिशत व्यक्तिको मृत्यु गराएको छ ।
अस्पतालमा इबोलाबाट मरेका लाइबेरियाका यी व्यक्तिसँगको सम्पर्कका समयमा अपनाइएको सुरक्षा व्यवस्थाका विषयमा पनि प्रश्न गरिएको छ । यी रोगीको उपचार गर्ने दुई नर्सलाई यस रोगको सङ्क्रमण भएको छ ।
डल्लासबाट क्लेभल्यान्ड उडेकी र यो रोग लागेको पत्ता लागेकी अर्का नर्स अम्बर भिनसनका विषयमा जानकारी प्राप्त गरेपछि रोग नियन्त्रण तथा निवारण केन्द्रले स्वास्थ्य परीक्षण गर्न चाहेका हवाई उडानका यात्रुहरूको सङ्ख्या बढेको छ ।
लाइबेरियाका इबोलाबाट प्रभावित व्यक्तिको सम्पर्कमा आएको हुनसक्ने आशङ्का गरिएका टेक्सासका अर्का स्वास्थ्य कार्यकर्ताले क्यारिबियनमा एक जहाजमा आफैँलाई अरुहरूबाट भिन्न राखेकी छन् ।
कार्निभल क्रुइज लाइन्सले यी महिलामा इबोला सङ्क्रमण भएको निकै कम सम्भावना भएको बताए पनि यस जहाजलाई बेलिज तथा मेक्सिकोको बन्दरगाहमा प्रवेश दिइएको थिएन र यसलाई अमेरिकातर्फ फकाईयो ।
अमेरिकी विदेश विभागका उपप्रवक्ता म्यारी हार्फले यो जहाज हाल टेक्सासको गालभनस्टोनतर्फ गएको र त्यहाँ आइतबार पुग्ने बताए ।
इबोलाको सङ्क्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, पखालालाग्ने, बान्ता हुने तथा केही विरामीमा रक्तस्राव हुने लक्षण देखिन्छ ।
कुनै व्यक्तिलाई यस रोगको सङ्क्रमण भएमा र रोगीमा यस प्रकारको लक्षण देख्न थालिएपछि पनि उक्त व्यक्तिको शरीरको तलरपदार्थ अर्थात ¥याल, सिँगान, वीर्य, वान्ता, दिसा वा रगतबाट मात्र अर्को व्यक्तिमा यस रोगका विषाणु सर्नसक्छ ।
Ebola virus - Jul 2014विश्व स्वास्थ्य सङ्गठनले १५ वटा मुलुकलाई इबोलासँग सङ्घर्ष गर्न सघाउन प्रयास गरिरहेको छ । उसले स्वास्थ्यकर्मीहरूलाई राम्रोसँग सुरक्षा दिने प्रयास गरिरहेको छ । स्वास्थ्यकर्मीहरूले यस रोगका लागि ठूलो मूल्य चुकाएका छन् । हालसम्म प्रभावित मुलुकमा ४२७ स्वास्थ्यकर्मीमा यो रोगको सङ्क्रम भएको छ र उनीहरूमध्ये २३६ को मृत्यु भइसकेको छ ।
बुरुन्डी, केनिया, रुवान्डा, युगान्डा तथा तान्जानिया सहितको पूर्वी अफ्रिकी समुदायले गिनी, लाइबेरिया तथा सियरा लियोनमा ६०० भन्दा बढी स्वास्थ्यकर्मी पठाउने घोषणा गरेको छ ।
क्युबाले उक्त क्षेत्रमा हालसम्म १६५ स्वास्थ्यकर्मी पठाइसकेको छ भने थप ३०० स्वास्थ्यकर्मी पठाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री जन केरीले यसका लागि यस मुलुकको प्रशंसा गरेका छन् ।
इबोला लागेका केही स्वास्थ्य कर्मीलाई अफ्रिकाबाट युरोप ल्याइएको छ । हालसम्म म्याड्रिडमा स्पेनका नर्सलाई मात्र यो रोगले सङ्क्रमण गरेको पुष्टि भएको छ । सेनेगलमा भने सानो आशाको सङ्केत देखा परेको छ ।
इबोलाबाट ग्रस्त बिरामी ल्याइएमा के गर्ने भन्ने विषयमा सेनेगलले राम्रो उदाहरण देखाएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । सेनेगलले यस रोगलाई विस्तार हुननदिन तत्कालै पाइला चालेकोमा प्रशंसा गरिएको छ ।
नाइजेरियामा २० व्यक्तिमा यो रोग सरेको थियो र त्यसमा आठको मृत्यु भइसकेको छ । सोमबार यस मुलुकलाई पनि इबोलामुक्त देश घोषणा गरिनेछ । यसो भए पनि यी दुबै मुलुक यो रोगको खतराबाट भने मुक्त छैनन् । 

मंगलवार, 16 सितंबर 2014

विवाहपूर्व अवश्य गर्नुहोस् यी काम नत्र पछुताउनुहुनेछ

बनाउँदै हुनुहुन्छ ? विवाहको लड्डु चाख्नुभन्दा पहिले तपाईंलाई खुसी र आनन्द दिने यी कुराहरुमा ध्यान दिनु आवश्यक छ । याद राख्नुहोस्, यदि तपाईं यी कुराहरु भविष्यमा गर्ने भन्दै पन्छाउनुहुन्छ भने शायद तपाईंले यी कुराहरुको अनुभव गर्ने मौका अर्को मौका पाउनुहुन्न । यहाँ हामी पुरुषहरुका लागि विवाहभन्दा पहिले गर्नुपर्ने कुराहरुको बारेमा जानकारी दिँदै छौँ । १. सबै ग्याजेटहरु किन्नुहोस्ः विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै ग्याजेटहरु किन्नुहोस् । के थाहा, तपाईंकी श्रीमतीले तपाईंलाई यत्तिको स्वतन्त्रता दिन्छिन् या दिँदिनन् । २. सबै एक्सन फिल्म हेर्नुहोस्ः विवाहभन्दा पहिले आफूलाई मनपरेको सबै एक्सन फिल्महरु अवश्य पनि हेर्नुहोला किनभने विवाहपछि तपाईंको फिल्मको रुचीमा परिवर्तन आउनसक्छ । ३. कहिले पनि कसम नखानुहोस्ः यदि तपाईंमा कसम खाने बानी छ भने यो एक समस्या हुनसक्छ किनभने कुनै पनि महिला तपाईंको यो बानीलाई मन पराउँदिनन् । ४. आफ्ना विशेष साथीहरुलाई भेट्नुहोस्ः विवाह गर्नुपूर्व आफ्ना कलेज वा स्कुलका सबै साथीहरुलाई एकपटक भेट्नुहोस् । भेट्नुभन्दा पहिले उनीहरुलाई आफ्नो विवाहको बारेमा जानकारी दिनुहोस् र औपचारिकताका साथ उनीहरुलाई आफ्नो विवाहमा निम्तो गर्नुहोस् । ५. पुरानो प्रेम याद गर्नुहोस्ः यदि अरु पुरुषहरुलाई जस्तै तपाईंलाई पनि महिलालाई बुझ्न गाह्रो छ भने तपाईंको वैवाहिक जीवन खतरामा छ भन्ने बुझ्नुहोस् । त्यसकारण विवाहभन्दा पहिलाको प्रेमप्रसंग यहाँ सिद्ध हुनेछ । ६. खाना बनाउन सिक्नुहोस्ः यसबाट तपाईंको हुन लागेकी श्रीमती प्रभावित मात्र नभई यो कलाले तपाईंलाई अप्रत्याशित स्थितिहरुमा तपाईंको जीवन रक्षक पनि बन्न सक्छ । ७. आफ्नो वित्तिय स्थितिमा सुधारः तपाईंको वित्तिय स्थिति अहिले कमजोर भएपनि विवाहभन्दा पहिले तपाईंको बैंक ब्यालेन्स मोटो रकमले भरिएको हुनुपर्छ । ८. पैसालाई व्यवस्थित गर्न सिक्नुहोस्ः तपाईं आफ्नो पैसा निकै खर्च गर्न चाहनुहुन्छ होला तर तपाईंकी श्रीमती समस्यामा काम लाग्छ भन्दै बचाउन चाहन्छिन् । त्यसकारण पैसाको व्यवस्थापनसँग जोडिएको कुराहरुलाई पहिला नै स्पष्ट गर्नुहोस् । ९. एक्लै घुम्नुहोस्ः कुनै एकान्त ठाउँमा जानुहोस् र आफूमा लुकेको गुणहरुलाई खोज्नुहोस् । तपाईंलाई यो अनुभवले निकै खुसी दिनेछ । १०. चाहेको जति कोर्स पुरा गर्नुहोस्ः चाहे तपाईंको इच्छा गिटार सिक्ने होस् वा स्पेनिस भाषा सिक्ने होस्, आफ्ना यी इच्छाहरुलाई विवाहभन्दा पहिला नै पुरा गर्नुहोस् किनभने अर्को पटक मौका नआउन पनि सक्छ । ११. आफ्नो रुची अनुसार चल्नुहोस्ः धेरै पटक हाम्रो रुची र काममा तालमेल मिल्दैन त्यसकारण आफ्नो रुचीलाई चिन्नुहोस् र त्यसमा सफल हुने कोसिस गर्नुहोस् चाहे त्यो काम सानो वा गाह्रो किन नहोस् । १२. सभ्य पुरुषको रुपमा बाँच्न सुरु गर्नुहोस्ः यदि तपाईंको घरमा चुरोटको ठुटो र रक्सीका बोतलहरुले भरिएको छ भने तपाईंले धेरै कुरा सिक्न आवश्यक छ किनभने तपाईंको जीवन अब कुनै होस्टेल र डेरामा बस्ने पुरुषहरुको जस्तो हुनेछैन । १३. आफ्नो सिमाहरुलाई थाहा पाउनुहोस्ः वैवाहिक जीवनलाई सफल बनाउनका लागि आफ्नो पार्टनरको सिमा थाहा पाउनुभन्दा पहिले आफ्नो सिमाको बारेमा जान्न आवश्यक छ । आफू र आफ्ना आशाहरुसँग इमान्दार रहन सिक्नुहोस् ।