मंगलवार, 16 सितंबर 2014

एउटा पत्रकार किन बने जोगी ?

काठमाडौंको इन्द्रचोकका भट्टराई खलक कुनै राणाजीको विवाह समारोहमा भाग लिने क्रममा भारतको लखनउनजिकैको शाहजाँहपुर जिल्लामा पुग्छ । त्यही जन्मन्छन्, अच्युतम् भट्टराई । तन्नेरी उमेरमा उनी विराटगर आउँछन् । २०४५ सालमा काठमाडौं छिरेका अच्युतम् सुरुमा विभिन्न कम्पनीका उत्पादनहरुको मार्केटिङमा लाग्छन् । सानैदेखि लेखनमा रुची भएकाले २०५० सालतीर उनी पत्रकारितामा प्रवेश गर्छन् । ‘जनधारणा’, ‘नव आवाज’, ‘जनआस्था’ र ‘प्रकाश’जस्ता साप्ताहिक पत्रिकामा स्वतन्त्र लेखन गर्दै आएका अच्युतम् पछि राजधानी दैनिकको डेस्कमा अनुबन्धित हुन्छन् । फिचर र विदेश पृष्ठको डेस्कमा कार्यरत रहँदा उनी पत्रकारिता क्षेत्रमा स्थापीत हुन्छन् । सक्रिय पत्रकारहरुको सर्कलमा उनी परिचित हुन्छन् । दश वर्षसम्म सक्रिय पत्रकारिता गरेका अच्युतम्को जीवनमा एघार वर्षअघि अनौठो परिवर्तन हुन्छ । २०६० सालतिर  उनी सन्यासी बन्छन् । आइरन लगाएको सर्ट र पाइन्टमा सजिएर कार्यक्षेत्रमा आउने अच्युतम् गेरुवा वस्त्र लगाउन थाल्छन् । राजनीतिक उहापोहका बारेमा खरो तर्क र बहस गर्ने अच्युतम् ज्ञान र ध्यानको कुरा गर्न थाल्छन् । पत्रिका आध्यात्मिक लेख लेख्ने अच्युतम् अन्ततः आफै सन्यास मार्गमा लाग्छन् । बाबा र माताहरुको सँगत गर्न थाल्छन् । यसरी पत्रकार अच्युतम्को अवसान हुन्छ र जन्म हुन्छ, सन्यासी ज्ञानमित्रको । ज्ञानमित्र आखिर किन सन्यासी भए ? प्रस्तुत छ, पत्रकारिताको भागदौडभन्दा पर बानीयाँटारको जगालस्थित अहिर्नस आश्रममा सन्यासी जीवन बिताइरहेका ज्ञान मित्रसँग रातोपाटीका लागि कुसुम भट्टराई (स्वामी धर्म विवेक) ले गरेको कुराकानी : संवोधन कसरी गरौं ? अच्युतम् या ज्ञान मित्र ? अच्युतम् केशवम् कृष्ण दामोदारम् जे पनि भन्न सक्नुहुन्छ । तपाई मलाई कसरी हेर्न चाहनुहुन्छ, त्यसमा तपाई स्वतन्त्र हुनुहुन्छ । मेरो पुरानो साथी अच्युतम्को त अवसान भइसकेछ, तपाईसँग म पत्रकार कुसुम भट्टराईको नाताले कुरा गर्दिन । अबका प्रश्नहरु तपाईलाई ओशो सन्यासी स्वामी धर्म विवेकले गर्नेछ । ओशो सन्यासीबाट म सम्यक प्रश्नको अपेक्षा गर्छु । अर्हिनस आश्रमका दिनहरु कसरी व्यतित भइरहेका छन् ? सन्यासी जीवन थालेको नै एघार वर्ष भैसक्यो । यहाँ बस्न थालेको त डेढ वर्ष मात्र भयो । यहाँ कहिलेसम्म बस्छु त्यो निश्चीत छैन । भोली उठी कहाँ जाने केही थाहा छैन । जहाँ रहे पनि यही धर्तीकै कुनामा आकाश मुनी बस्ने न हो । एउटा स्थापीत पत्रकार कसरी सन्यासी बन्यो त ? पत्रकारितामा शक्रिय हुँदा नै ममा आध्यात्मिक प्यास थियो । म आध्यात्मिक विषयवस्तुका लेख लेखिरहन्थें । विस्तारै सतसँगमा लागें । जीवन र जगत बुझ्दै जाँदा संसारको भागदौड निरर्थक लाग्यो । जीवन र जगतलाई अझ गहिरो गरी बुझ्न पहिला आफैलाई बुझ्नुपर्छ भन्ने बोध भयो । अनी सन्यास धारण गरियो । मित्र, कुनै त्यस्तो घटना थियो, जसले तपाईलाई सन्यासी बन्न प्रेरित गरेको ? कुनै बियोग या सपनामा देउता आएकोजस्तो ? त्यस्तो कुनै घटनाबाट म प्रेरित भइन । मेरो अभ्यन्तरमा जुन आध्यात्मिक प्यास थियो, त्यसले नै प्रेरित गरेको हो । भौतिक कारणहरुले भन्दा पनि मलाई मेरो चेतनाले त्यसतर्फ डो¥यायो । मुलुकमा विभिन्न आयाममा रुपान्तरणको प्रकृया चलिरहेको बेला तपाईंले त आफैलाई पो रुपान्तरण गर्नुभएछ हैन ? हो, संसारको असली रुपान्तरण भनेको आफैमा रुपान्तरण हो । पहिला आफैलाई रुपान्तरण गर्नुपर्छ । भगवान बुद्धजस्तो राजकुमार भिक्षु बनेर हिंडेपछि त्यसबेला धेरै राजकुमार उनको पथमा हिंडेका थिए । तपाईले सन्यास धारण गरेपछि तपाईका समकालीन पत्रकार साथीहरु को को यो मार्गमा लागे ? अब हेर्नुस्, कुसुमजी तपाई पनि स्वामी भइसक्नुभएको छ । छत्र कार्की, घनश्याम खड्काजस्ता पत्रकार साथीहरु पनि आध्यात्मिक मार्गमा लाग्नुभएको छ । एकजना विशाल खत्री भन्ने पत्रकार हुनुहुन्थ्यो, उहाँ त म भन्दा पनि चर्को सन्यासी हुनुहुन्थ्यो, पछि कहाँ जानुभयो, के भयो मैले कुनै खबर पाइन । पत्रकार मनोज दाहाल पनि आध्यात्मिक सोच राख्नुहुन्छ । पत्रकार साथीहरुमा पनि आध्यात्मिक जागरण आएको छ । संसारिक जीवन र सन्यासी जीवनमा के फरक हुँदो रहेछ ? म अहिले पनि संसारमै छु । संसार आफ्नो ठाउँमा छ, सन्यास आफ्नो ठाउँमा । फरक यत्ति हो, मेरो एटीच्युड बदलिएको छ । पहिला म ठान्थें, नम्बर वान पत्रकार मै हुनुपर्छ । काठमाडौंमा मेरो आलिशान घर हुनुपर्छ । बैंकमा टन्न पैसा हुनैपर्छ । राम्री तरुनी मेरै हुनुपर्छ । मदिरा जमघटपछि त्यसको बिल मैले नै तिर्नुपर्छ । विदेश भ्रमणमा मै जानुपर्छ । यस्तो थियो । एउटा अहंकारले मलाई गाँजेको थियो । मै खाउँ मै लाउँ सुख सयल वा मोज मै गरुँ भनी दाह«ा धस्ने एटीच्युड् थियो । अहिले त्यो फेरिएको छ । के खाने ? कसले खुवाउने ? कहाँ बस्ने ? यो सब चिन्ता छैन । भौतिक रुपमा त संसारमै निर्भर हुनुपर्छ । गाडी चढनैपर्छ, लुगा लगाउनैपर्छ । मोबाइल पनि बोकीरहेकै छु । फरक यत्ति हो, बाहीरी रुपमा संसारमै भए पनि म भित्री रुपमा सन्यासी हुँ । सन्यासी हुनु भनेको आभ्यन्तरीक घटना हो नी । तपाईजस्तो युवा सन्यासी बनेपछि देश कसले चलाउने ? देश त नेताहरुले चलाउने हो नी । हामी त भगौडा न प¥यौं । संसारबाट भागेर हुन्छ त ? हेर्नुस्, संसारबाट भाग्ने कुरा मेरो पुर्वजन्मकै सिलसिला हो । हिन्दु दर्शनमा पूर्वजन्म र पुर्नजन्ममा विश्वास गरिन्छ । सायद पूुर्वजन्ममा मैले धेरै नेतागिरी गरें हुँला । व्यापारी भएर टन्न पैसा कमाएँ हुँला । सुर, सुरा र सुन्दरीहरुको भोग विलासमा रमाएँ हुँला । या कुनै साम्राज्यको महाराज पो थिएँ की ? विषय भोगमा चुर्लुम्म डुबेपछि एक दिन यायातीलाई झैं मलाई पनि त्यसको व्यर्थता महसुस भयो की ? अनी यो जुनीमा त्यो सब छोडेर सन्यासी भएको हुँ की ? यो जुनीमा आउँदा आफैलाई बुझ्ने र ‘म को हुँ’ भनेर खोज्ने जुन जिज्ञासा ममा पलाएको छ, त्यो पुर्वजन्मकै सिलसिला हो । मित्र कुसुमले झैं पत्रकारितामा शक्रिय रहेर त्यो खोजीमा लाग्न मलाई सहज भएन । मैले सोझै जम्प गरें यार । ‘म को हुँ ?’ भनेर खोज्ने क्रममा के फेला पारियो त ? अहिलेसम्म ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर मैले पाइसकेको छैन । म को हुँ त ? त्यो जानीसकेको छैन । तर ‘म को हैन’ त्यो भने भने बुझीसकें । म पहिला आफुलाई पत्रकार, कवि, साहित्यकार, लेखक, दैनिक पत्रिकाको उपसम्पादक यस्तै यस्तै उपमा दिन मन पराउँथे र आफुलाई त्यही ठान्थें । तर म त्यो केही पनि होइनरहेछु । आफ्नो शरीर, मन, विचार, जात, नाम, र थर पनि म होइन भन्ने बुझीसकें । तर, म खासमा के हुँ ? त्यसको खोज जारी छ । ‘म को हुँ ?’ भनेर खोज्ने तपाईको मार्ग के हो ? कर्म योग, ज्ञान योग, भक्ती योग, ध्यान योग कुन हो ? कर्म, ज्ञान, भक्ती, ध्यान सबै मार्ग अन्ततः एउटै हो । भक्ती मार्गमा लाग्न बडो निश्छल मन चाहिन्छ, जुन ममा छैन । भक्ती मार्गमा कुनै खोज हुदैन, कुनै जिज्ञासा हुदैन, कुनै शंका हुदैन । प्रभुप्रति वा परम शक्तिप्रति सोझै पुर्ण विश्वास हुन्छ । प्रभु छ की छैन भनेर खोज्ने हैन, प्रभु छन् भन्ने पुर्ण विश्वासका साथ प्रभुको भजन गाएर प्रभुलाई नै पाउने मार्ग हो भक्तीमार्ग । यही मार्गमा लागेर मीराले प्रभुलाई पाउनुभयो । ममा त जिज्ञासा छ, त्यसैले म खोजीमा छु । यो खोजीको बाटोमा लाग्ने क्रममा सुरुमा त ध्यान र ज्ञान योगतीर पनि लागियो । ध्यान पनि गरियो । अचेल म केवल जिउँछु । मन लागे ध्यान गर्छु, मन नलागे केही गर्दिन । बस, आफुभित्र के के भइरहेको छ त्यसलाई साक्षी भावले नियालीरहेको छु । आफैलाई आफुले हेरिरहेको छु । म कुनै निश्चीत मार्गमा लागेको छैन ? ओशो मार्गमा पनि लाग्नुभएको थियो नी ?  कुनैबेला म ओशोलाई धेरै मान्थें । ओशोका किताब र प्रवचन पनि सुन्थें । तर, ओशोको ज्ञानबाट मैले केही पाइन । ओशोले जुन आत्मज्ञान पाउनुभयो, त्यसबाट उहाँलाई लाभ भए होला, तर त्यसले मेरो समस्या कसरी समाधान गर्ला र ? भन्ने लाग्यो । उधारो ज्ञानबाट थोडी हुन्छ यार । ओशोको किताब पढेर म उहाँको ज्ञानको स्तरमा पुग्न त सक्दीन नी । मैले जे कृष्णमुर्ती पनि पढें । युजी कृष्णमुर्ती पनि पढें । तर उहाँको शाब्दीक ज्ञानबाट मलाई के फाइदा ? जवसम्म आफैले स्वाध्याय गरिन्न, तबसम्म ज्ञान प्राप्ती हुदैन भन्ने मलाई लाग्छ । तपाईका कोही गुरु छैनन् ? गुरु बिना ज्ञान त कसरी मिल्ला र ? म यो भ्रममा पनि छैन यार । साथीहरु भेटीन्छन्, आ–आफ्ना गुरु र सत्गुृरुका कुरा सुनाउँछन् । कुसुमजीले पनि ओशोलाई गुरु मान्नुभएको होला । तर गुरु बनाएर ज्ञान प्राप्ती हुन्छ भन्ने मलाई विश्वास भएन । म गुरुको चक्करमा लागिन । परम गुरु अर्थात परमात्मासम्म पुग्न पनि त गुरुको साथ चाहिदैन र भन्या ? परमात्मासम्म पुग्न गुरुको आवश्यकता पर्दैन । परमात्मालाई सोझै संवोधन गर्नुपर्छ । परमात्मा कुनै राजनीतिक नेता हो र यार, जसलाई भेटन उसको पिएको चाकडी गर्नुपर्ने ? उसको स्वकिय सचिलाई घुस खिलाउनुपर्ने ? परमात्मा नै यस्तो आयाम हो, जसलाई पुकारे मात्रपुग्छ, तपाईलाई भेटन उनी आइहाल्छन् । तर परमात्मालाई चिन्नसक्ने आँखा चाहिन्छ । उनलाई बुझ्नसक्ने चेतना हुनुपर्छ । परमात्मालाई कसरी चिन्ने ? उनी को हुन त ? ओल्ड बट गुड कोइस्चन । परमात्मा भनेको समष्टी हो । एभरीथिङ नै परमात्मा हो । स्टेफन हकीङको ‘थ्यौरी अफ एभरीथिङ’भित्र पनि परमात्मा आइसके । कसैले इश्वर छैन भन्छ भने पनि उसले ‘इश्वर’ नै छैन भन्छ । हुन त म यो विवादमा छैन । आजको युगमा इश्वर छन् की छैनन् भन्ने बहसको म औचीत्य देख्दीन । भौतिक विज्ञानभित्र परमात्मा आइसके । तपाइले अन्नपूर्ण पोस्ट दैनिकमा गर्ड पार्टीकलका बारेमा लेखेको सामाग्री पढेको थिएँ । त्यो हिग्स बोसन के हो ? निमेशभरका लागि देखा परेर अलप हुने त्यो तेस्रो तत्व के हो ? त्यो तेस्रो तत्व जसले परमाणुकै निर्माण ग¥यो, तर त्यो तत्वलाई खोज्न बिग मेशीन चाहियो, अर्बौं डलर खर्चिनुप¥यो । जसरी साधकको तपस्याबाट प्रशन्न भएर भगवान निमेशभरका लागि प्रकट हुन्छन् र अलप हुन्छन्, त्यसैगरी वैज्ञानिकको मेहनतको फलस्वरुप त्यो तत्व प्रकट भयो, तर अलप भयो । आखिर त्यो के थियो ? वैज्ञानिकले भने, गर्ड पार्टीकल । इश्वरी अंश । अब हेर्नुस्, यो ब्रम्हाण्ड मात्र हैन, कोटी कोटी ब्रम्हाण्डका हरेक कणमा रहेका परमाणुमा त्यो गड पार्टीकल छ भनेपछि यो समग्र अस्तीत्व गड भयो । परमात्मा भयो । वैज्ञानिकहरुले त्यो गड पार्टीकल एक छिनको लागि बिग मेशीनमा देखे, भगवान बुद्ध, महावीर, ओशो, कृष्ण सबैले आफैभित्र देखे । म नै त्यो गड पार्टीकल हुँ भन्ने जाने । -

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें