मंगलवार, 16 सितंबर 2014

बस्न नसकेको गोलमेच (फोटोफिचर)

काठमाडौं, भदौ ३१ – संविधान निर्माण प्रक्रियाबाट बाहिर रहेको शान्तिप्रक्रियाको एक हिस्सा नेकपा–माओवादीसहित ३३ दलीय मोर्चालाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन आव्हान गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ ।   ‘कुनै पनि अधिकार नभएको, कुनै निर्णय गर्न नसक्ने, शब्दको मात्र राजनीतिक सम्मेलन’ भन्दै नेकपा–माओवादी बैठकमा उपस्थित नभएपछि मंगलबार हुने भनिएको राजनीतिक सम्मेलन अब अन्यौलमा परेको छ ।   बैठकमा नेकपा–माओवादीबाहेक अन्य मुख्य दलका नेताहरु उपस्थित भइसकेका थिए । तर, अन्तिम समयमा स्थगन भएपछि राजनीतिक वृत्तलाई निकै तताएको सम्मेलनमा नेताहरु केही बेर बस्न नपाउँदै स्थगीत गर्नुपरेको छ 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें