गर्भवती भएकोले चाँडै विवाह गरेको खबर धेरैजनाले सुन्नुभएकै होला तर यहाँ एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । अर्जेन्टिनामा एक आठ महिनाको गर्भवती दुलाहाले आफ्नी दुलहीसँग धुमधामका साथ विवाह गरेका छन् । तपाईंहरु यो खबरले अचम्ममा पर्नुभयो होला । वास्तवमा के हो भने, यी आठ महिनाका गर्भवती दुलाहाको नाम एलेक्सिस ताबोरदा जो जन्मजात एक महिला हुन् र जुन महिलासँग उनी विवाह गर्दै छन् उनी क्यारेन ब्रुसलेरिया हुन् जो जन्मजात एक पुरुष हुन् । उनीहरुले एक अर्काको पहिचान बदलेका छन् तर सेक्स भने परिवर्तन गरेका छैनन् । एलेक्सिस आफैलाई पुरुष बताउँछन् र क्यारेन आफूलाई महिला बताउँछिन् । उनीहरुको कानुनी स्टेटस पनि यहि भइसकेको छ । एलेक्सिस र क्यारेन दुबै ट्रान्ससेक्सुअल एण्ड ट्रान्स्जेन्डर राइट्स एक्टिभिस्ट हुन् । यी दुबैको भेट अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा भएको थियो जहाँ दुबैजना ट्रान्स्सेक्सुअल एण्ड ट्रान्सजेन्डर राइट्सका लागि लडिरहेका थिए । सन् २०१०मा अर्जेन्टिना समान सेक्स भएका जोडिको विवाहको लागि अनुमती दिने ल्याटिन अमेरिकाको पहिलो देश बनेको छ । दुई वर्षपछि अर्को कानुनद्वारा ट्रान्ससेक्सुअलका लागि नेशनल आइडी पाउने बाटो पनि खोलियो । नयाँ आइडीको अनुसार ट्रान्ससेक्सुअल व्यक्ति आफ्ना लागि त्यहि जेन्डर छान्न पाउँछ जुन उनी आफूलाई चिनाउन चाहन्छन् । यदि कानुनको सहायताले नै यी ट्रान्ससेक्सुअल जोडिले औपचारिक विवाह गर्ने सपना पुरा भएको छ । २६ वर्षका ताबोदरा जो कानुनी रुपमा अब पुरुष हुन्, भन्छन्, ‘पहिला हाम्रो क्याथोलिक चर्चमा विवाह गर्ने इच्छा थियो त्यसकारण हामीले अर्जेन्टिनाको पोप फ्रेन्सिसलाई इमेल गर्यौँ तर त्यहाँबाट केहि जवाफ आएन । म अहिले ३३ हप्ताको गर्भवती छु, तर मातृत्वको आभाष त्यति धेरै भएको छैन तर क्यारेन बच्चाको किक र ममा देखिएको लक्षणलाई महसुस गर्न चाहन्छिन् ।’ यो अचम्मको विवाहमा दुबैका परिवारले निकै उत्साहका साथ भाग लिएका छन् । ताबोरदा २२ डिसेम्बरमा शल्यक्रियामार्फत आफ्नो बच्चालाई जन्म दिँदैछन् । यो जोडीको भनाई अनुसार उनीहरु आफ्नी छोरीको नाम जेनेसिस एन्जेलिना राख्नेछन् । (एजेन्सी) -
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें