Economics लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Economics लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

सोमवार, 10 अगस्त 2015

सुर्खेतमा प्रहरीको गोलीले एकको मृत्यु, ६ घाइते साँझ ९ बजेसम्म कर्फ्यु


ghaite
प्रहरीको गोली लागेका घाइते सुर्खेत अस्पतालमा
सुर्खेत, श्रावण २५ - अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गोली लागि घाइते भएकाको उपचारका लागि ४ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोसीत वनेका सुर्खेतका आन्दोलनकारीहरुले नेपाली कांग्रेस सहमहामन्त्री तथा पुर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद हृदयराम थानीको घरमा आगजनी तथा तोडफोड गरेका छन् ।
अखण्ड मध्यपश्चिम र संघीय राजधानी सुर्खेतमा हुनुपर्ने माग राखी आइतबारदेखि सुरु गरिएको आन्दोलनले उग्र रुप लिँदा ३ प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशाशन लगायत केही सरकारी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
सभासद्समेत रहेका खड्काको घरमा आगजानी गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हँुदा गोली काण्ड पनि भएको छ । झडपमा परि गोली लाग्दा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउमा उपचार भइ रहेकोछ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव अधिकारीका अनुसार ढाडमा छर्रा लागेका तीनजालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
आन्दोलनले उग्र रुप लिएपछि सुर्खेतमा मध्यान्न १ बजेदेखि राती ९ वजे सम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशाशन कार्यालय सुर्खेतले जानकारी दिएका छ ।
सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सहमहामन्त्री खड्काको सुरक्षा दिन बसेका प्रहरीले ४–५ राउन्ड  फाइरीङ गरेको सहमहामन्त्रीका भाइ विष्णुबहादुर खड्काले जानकारी दिए । आन्दोलनकारीले सुर्खेतस्थित नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्र आगो लगाइदिएका छन् ।
मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरि सुर्खेत दैलेख र जाजरकोटलाई छैठौ प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौ प्रदेशमा गाभिएको विरोधमा बन्द आव्हान गरिएको थियो ।
मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाइनुपर्ने माग समेत गरेका छन् ।

मंगलवार, 16 सितंबर 2014

प्रभु बैंकद्वारा एकीकृत कारोबार सुरु

 काठमाडौँ, भदौ ३० – किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशङ्कर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएर (मर्ज भएर) बनेको प्रभु बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
Prabhu Bank (1)नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आज यहाँ आयोजित कार्यक्रममार्फत उक्त चार बंैक प्रभु बैंकका रुपमा कारोबार गर्न सहमति भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या समाधानका लागि मर्जर सुधारात्मक उपायमात्र भएकाले बैंक तथा वित्तीय संस्थाले सुशासनलाई विशेष ध्यान दिनुपर्ने बताए ।
उनले माग र आपूर्तिबीचको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्न निर्देशन दिए ।
नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बैंकर एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारी, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकिङ क्षेत्रमा वित्तीय सुशासनलाई पूर्णरुपमा पालना गरेर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न शुभकामना दिए ।
त्यसैगरी प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रमु बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरी अत्याधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मर्जरमा जाँदा प्रभु विकास बैंकसँग जगेडा कोषमा रु ३० करोड, जेनिथ फाइनान्ससँग रु चार करोड ३५ लाख र गौरीशङ्कर विकास बैंकसँग रु १० करोड ६५ लाख थियो भने किष्ट बैंकको जगेडा कोष रु ७७ करोडले ऋणात्मक थियो । हाल बैंकको चुक्तापँुजी रु तीन अर्ब आठ करोड रहेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहनेछन् । मर्जरपछि बैंकको शाखा ११२ वटा पुगेको छ भने एटिएम ११० भन्दा बढी छन् ।

तरलता खिच्न थप १० अर्ब निक्षेप लिंदै राष्ट्र बैंक -

Nepal-Rastra-Bank-March-2काठमाडौं,भदौ ३१ – बजारमा अधिक तरलता भएपछि तरलता खिच्नका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ । त्यसका लागि केन्द्रीय बैंकले ३ महिनाको अवधिको निक्षेप संकलन गर्न लागेको हो । अहिलको बजारमा ४०–५० अर्बको हाराहारीमा रहेकोले त्यसको व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्ररीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट बोलकबोलमा निक्षेप संकलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप राख्नका लागि मंगलबारसम्म राष्ट्र बैंकमा ब्याजदरसहितको प्रस्ताव पेस गर्नुपर्ने छ, जसले कम ब्याजदर प्रस्ताव गर्न उसैबाट बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बजारबाट तरलता खिच्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरिने घोषणा गरेको थियो । यसका लागि केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणसम्बन्धी कार्यविधिसमेत जारी गरेको थियो । यसअघि भदौ पहिलो साता पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप उठाएको थियो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्ने यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दातमा (सीआरआर) मा गणना गर्न पाउँदैनन् । तर यो रकम वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात (लिक्विडिटी रेसियो) मा भने गणना गर्न पाउने बैंकले जनाएको छ । -