Blog लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Blog लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 20 नवंबर 2015

भाई–बहिनीको प्रेमको प्रतिक सामा–चकेवा (फाेटाेफिचर)



सिरहा सिटी
साम चको साम चको अहिय है ….
जोतला खेतमे बैसिय है ….
सबरंग पटिया ओछाबिय है…..
ओई पटियापर क्या क्या जना…..


यस्तै कर्ण प्रिय लोक गीत गाउँदै घरघरै टोल–टोल डुलेर नाचगान र एक ठाउँमा जम्मा भई हर्षाेउल्लाससँग मनाइने दाजु भाई, दिदी बहिनीको मायाको प्रतिकको रुपमा रहेको पौराणिक लोकपर्व सामा–चकेवा धुमधामका साथ मनाइदै छ ।सांस्कृतिक धरोहरको रुपमा रहेका मिथिलाक्षेत्रमा शताब्दीऔंदेखि शहरी तथा ग्रामीण क्षेत्रका साना केटीदेखि लिएर बृद्ध महिलाहरुसम्म सामा चकेवा पर्व बडो निष्ठापूर्वक मनोरञ्जन गरी मनाउने गर्दछन् ।

कार्तिक पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमाको दिन अर्थात १५ दिनसम्म मनाउने यो पर्व बहिनीहरुले दाजुभाईको दीर्घायूको लागि कामना गर्दै श्रद्धाको साथ मनाउने गरेको सिरहाको कृष्णपुरका ७ का रामपरि यादव बताउंछिन् ।उनका अनुसार, काँचो माटोबाट बनेको मानव आकृति, पशुपंक्षीको आकृति काँचो रहियो भने यसलाई सामा भनिन्छ र उक्त आकृति भएको मूर्तिलाई आगोमा पकाइयो भने त्यसलाई चकेवा भनिन्छ ।

सामा भगवान श्रीकृष्ण र जाम्ववतीकी छोरी थिइन् । सकृन्त पंक्षीको रुपमा बहिनीले भाईको दीर्घायू र कल्याणको लागि यो पूजा गर्दछिन् । भाई टिकाको दिनदेखि निष्ठापूर्वक यसको आरम्भ हुन्छ ।

राति राति घरछिमेकीका महिलाहरु एक ठाउँमा जम्मा भई ढक्कीमा सामा–चकेवा लगायत अन्य मूर्तिहरु सजाएर दियोवाली गीत गाउँदै यो पर्व मनाउंन्छ ।

पद्मपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नाम सामा थियो र त्यही बृन्दावनमा चक्रवात नाम गरेको एउटा सुन्दर कुमार बसदथ्यो । सामा र चक्रवात एकआपसमा प्रेम गर्थे ।ती राज्यको महासामन्त चुडक (चुगला) पनि सामालाई चाहन्थ्यो । तर सामाले चुडकको प्रेमलाई अस्वीकार गरेपछि दुष्ट चुकले सामार चक्रवात (चकेवा) को प्रेम प्रसंग भगवान श्रीकृष्णलाई सुनाई दिन्छन् ।

सोही कुरालाई लिएर भगवान श्री कृष्णले आफ्रनी छोरी सामालाई चरा बन्ने सराप दिनुहुन्छ । सराप पाउने वित्तिकै सामा चरीको रुप धारण गर्छिन् र उडेर वृन्दावन तर्प जान्छिन् ।

सामा चरी भईसकेकी थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चराको रुपधारण गर्न पुग्छ, सिरहाको मझौरा निवासी विनीताकुमारी यादव सुनाउँछिन् ।

भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि बहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बाबु कृष्णसँग क्षुब्ध भई सामा तथा चकेवा पुनः मनुष्यरुपमा फर्काउन बृन्दावनमा गएर घोर तपस्या गर्छन् ।

उता चुडकको कारण सामाले दुःख पाएको भनि मथुराका सबैले चुडकलाई समातेर उसको मुख र जुंगा आगो लगाई दिन्छन् । आफुमाथि मथूरावासीले गरेको अन्याय सहन नसकि चुडकले बृन्दावनमा आगो लगाई दिन्छन् ।

त्यसैबेला साम्बले गरेको घोर तपस्याबाट ठूलो हुरीबताससंगै घनघोर पानी पर्दछ । उक्त हुरीबतासले बृन्दावनको एउटा रुख ढलेर चुडकको जीउमा पर्छ । चुडक त्यही रुखबाट किचिएर मर्छ ।
यता साम्बको तपस्याबाट खुशी भएर भगवान श्री विष्णुले पुनः मनुष्य रुपमा वरदान दिएपछि सामा र चकेवा फेरि मनुष्यको रुपमा आउने वरदान दिएपछि सामा र चकेवा फेरि मनुष्यको शरीर धारण गर्दछन् ।

त्यहींबेलादेखि सामाले भनेकी थिइन–‘मेरो भाईले मलाई उद्धार गरेजस्तै जुन बहिनले माटोको सामा–चकेवा बनाएर यो पर्व मनाउंछ उसको भाईको दीर्घायू हुनेछ त्यही परम्पराअनुरुप यो पर्व मनाउन थालेको हो ।

पर्वको अन्तिम दिन गाउँका सम्पूर्ण महिलाहरु एक ठाउँमा जम्मा भई संकलन गरेको अन्नपात र रकमको समाजका मान्यजन र इष्ट मित्रलाई एकत्रित गरेर भोजभतेर नाचगान गरेर मनोरञ्जन गर्ने गरिन्छ ।

शनिवार, 18 अक्टूबर 2014

ट्रक ले ठक्कर दिदा एक बाखरा

सिरहा सिटी, आज बिहान कारीब ८:३५ बजे सिरहा भुमिसुधार कार्यलयको अगर्दी ट्रक ले ठक्कर दिदा एक बाखरा र बाखराका पेट्मा ३ वटा बचचा रहेको छ | बाखरा गम्भिर रुपमा रहेको छ र बाखरालाई भेट्नरी लगेको छ |

शुक्रवार, 19 सितंबर 2014

When will the HSEB Commerce Result 2071 be published?

Siraha city, The HSEB students must be curious for the results as the day is not very far away. It is the authority of HSEB, Sanothimi to publish the HSEB results 2071

If we study the general trend of HSEB results in Nepal, firstly the results of Science faculty is published and eventually the results of non-Science faculties. Last year, the HSEB Commerce result was published on 25th September. This year, we are still waiting for the HSEB board to give an update about the HSEB result date.

We dont have any official confirmation from HSEB regarding the Commerce Results of  2071 . But results are likely to be published before Dashain. 


Also, after results are officially published by HSEB, you can get it by SMS.

Type HSEB <space> <Your symbol no. > and send SMS to 5001.
example HSEB 1234567 and send SMS to 5001
.


Siraha City wishes you all the best for results and bright future.

Stay connected with our website for latest updates. 
http://sirahacity.blogspot.com/2014/09/when-will-hseb-commerce-result-2071-be.html#.VBw4_vnogn0

गुरुवार, 18 सितंबर 2014

The extremity of the hospital can be seen in B. P Memorial Cancer Hospital, Bharatpur.

Siraha city,The extremity of the hospital can be seen in B. P Memorial Cancer Hospital, Bharatpur. The hospital has played in the lives of patients. In the video, it is clear that the peon of the hospital is taking out the blood. The news about the carelessness of hospital is known to every common people. But in the case of B. P Memorial Cancer Hospital, Bharatpur, the peon has started to do the work of technician. But the carelessness of the workers in the hospitals is increasing, despite of many disputable issues in the hospital. Sita Dawadi has been working as a technician to take out blood. Sita Dawadi is the peon of the hospital but she has been working to take out blood from the patients’ body. Sita has been working as a lab technician and assistance. So she has stated that she has been started with the work of taking out blood from early morning. The acting Dr. Chin Bahadur Pun is in visit to China and main Doctor, Dej Gautam is on leave. Thus the hospital has to face such carelessness and taking the lives of patients as trifle.

मंगलवार, 16 सितंबर 2014

सरल नेता बोगटी

postaB_20140915081417नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं. २ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी दिवाकरको जन्म २०१० सालमा भएको थियो । निम्न मध्यम परिवारमा बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट उनको जन्म भएको थियो ।   बुवा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई पोष्टबहादुर बोगटी पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त भए । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गरेका बोगटी सरल, मिलनसार स्वभावका थिए। उनको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो ।   बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणबाट सहिद भएका थिए । राजनीतिक यात्रा र जिम्मेवारी समाजसेवीको छवि भएका बोगटीले २०३५ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बोगटीले बताउने गरेका थिए । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको सम्झना बोगटीले गर्ने गरेका थिए । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई बोगटी २०३७ सालमा संयुक्त चौममा आबद्ध भएका थिए । पुष्पलाल समूहले २०३५–२०३६ सालको आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौममा जोडिएका थिए।   संयुक्त चौंथो महाधिवेशनसम्ममा उनीजिल्ला समिति सदस्य भइसकेका थिए । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व यिनै बोगटीले समालेका थिए । त्यतिवेला वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा बोगटी मशालको जिल्ला सेक्रेटरी भए । २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी उनको राजनीतिक जीवनले उचाई लिँदै गएको थियो । शान्ति प्रक्रियामा आउँदा समेत उनले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी लिएका थिए भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका उनको काँधमा आएको थियो ।   २०६९ सालमा हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौ राष्टिय महाधिवेशनमा वोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन भए । २०६२–२०६३ सालको आन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न। ३ बाट बोगटीले आफ्नो जीत दर्ता गराएका थिए । संविधानसभा सदस्य हुँदै उनी एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक समेत बने ।उनले भmलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय समेत सम्हालेका थिए । त्यसलगत्तै बनेको डा।बाबुराम भट्राई नेतृत्वको सरकारमा उनले उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।   जेल जीवन पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा संघर्ष र जेल जीवनले भरिएको छ । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४०मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना उनले जेल जीवन बिताउनुपर्यो । दसैंको नवमीको दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहाई गरियो ।   यस्तै २०४२ सालमा भएको बमबाण्डमा पनि उनीघरबाटै पक्राउ परे । त्यसबेला उनी पार्टीको जिल्ला समिति सेक्रेटरी थिए । क्त बम काण्डमा उनको गाउँबाट ११ जना र नुवाकोट जिल्लाबाट गणेश पण्डित सहित २७ जना पक्राउ परेका थिए । सो बम काण्डमा पक्राउ परेका दिलीप चौधरीलाई तत्कालिन राज्यले बेपत्ता बनाई हत्या गरेको थियो । प्रचण्डका सबैभन्दा विश्वास पात्र   एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सबैभन्दा विश्वास पात्र थिए पोष्टबहादुर बोगटी । बोगटी जहिले पनि पार्टी र नेतृत्वका खातिर सतिसाल झै थिए । उनको ध्यान जहिले पनि पार्टी बचाउनेतिर हुन्थ्यो, त्यसैले उनी पार्टीभित्र ठूलो अन्तरसंघर्ष भएको बेला जहिले पनि संस्थापन पक्षतिर रहन्थे । अध्यक्ष दाहाललाई निःस्वार्थ सहयोग गर्ने नेता थिए वोगटी ।   दाहाल केही गर्नुपरे सबभन्दा पहिले बोगटीसँंग सल्लाह लिन्थे । बोगटीले कहिले पनि आफूलाई फाइदा हुनेगरी दाहाललाई सल्लाह दिदैनथे । आफूलाई जे लाग्थ्यो, त्यही कुरा दाहाललाई भन्थे । निःस्वार्थ सल्लाह सुझाव दिने भएकाले दाहालले उनलाई जहिले पनि उनीसंग सल्लाह नगरी कुनै पनि कदम चाल्दैनथे । दाहालको पहिलो बैठक नै बोगटीसँग हुने गर्दथ्यो । त्यसपछि मात्र अन्य नेताहरुसँग हुने गर्दथ्यो । -