Politics लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Politics लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शनिवार, 28 जनवरी 2017

स्ववियु निर्वाचन फागुन १४ गर्ने निर्णय, यस्तो छ तालिका

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय भएको छ ।

शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको माघ १३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य सचिवद्वारा सम्पूर्ण क्याम्पस प्रमुखहरुलाई पठाइएको पत्रमा फागुन १४ गते निर्वाचन सम्पन्न गर्ने निर्णय भएको व्यहोरा उल्लेख गर्दै सम्पूर्ण क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।
त्यस्तै पत्रमा निर्वाचन तालिका पनि उल्लेख छ ।
जसअनुसार,
फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने,
फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने
फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने
फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने
फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय
फागुन ८ गते ४ बजे अम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने
फागुन १४ गते मतदान मिति

शुक्रवार, 27 जनवरी 2017

नयाँ शक्ति विधार्थी युनियन सिरहामा गठन गर्यो

सिरहा,माघ १४ गते | नयाँ शक्ति नेपालको वर्गी संगठन नयाँ शक्ति विधार्थी युनियन सिरहाको गठन गर्यो |

यसै पाटीक जिल्ला कार्यकारीणी सदस्य तथा सिरहा नगरपालिका इन्चार्ज सोभित पासमानको अध्यक्षतामा ११ सदस्य (श्री सुर्य नारायण सत्यनारायण मोरवेता यादव वहुमुखी क्याम्पस) को एकाई कमिटि गठन गरियो | आउदो फाल्गुनमा हुने क्याम्पसको विधार्थी चुनावमा नयाँ शक्ति विधार्थी युनियनले पनि चुनावमा भाग लिने पक्का भएको जानकारी गराइएको छ |

१. कैलाश पासमान – संयोजक
२. रामअधिन पासमान – सदस्य
३. श्रवन कुमार मेहता – सदस्य
४. रुपकला भण्डारी – सदस्य
५. मनोज मण्डल – सदस्य
६. पुजा साह – सदस्य
७. मुकेश पासमान – सदस्य
८. सरोज यादव – सदस्य
९. राजेश कुमार गुप्ता – सदस्य
१०. चुनु पाल – सदस्य

११. सन्तोष कुमार यादव – सदस्य

श्रोत व्यक्ति र विनिबीच हात हालाहाल

सिरहा,माघ १४ गते । श्रोत व्यक्ति बैधनाथ यादव र जिशिका धनुषामा कार्यरत विद्यालय निरिक्षक शसि यादवबीच विहिवार जिल्ला शिक्षा कार्यालय सिरहाको कार्यकक्षमै गालीगलौजसँगै हात हालाहाल भएको छ । 
सिरहा लक्ष्मीनिया–१ का शसि व्यक्तिगत कामको शिलसिलामा बैधनाथसँग कुरा गर्दा गर्दै हात हालाहाल गरेको हो । ‘मलाई पिट्यो, पिट्यो भन्दै शसिलाई बैधनाथले लखेट्दै गरेको देखेँ,’ नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीले भने,‘लखेट्ने क्रममा बैधनाथले हान्दा शसिको टाउको फुट्यो ।’
प्राथमिक उपचार पश्चात बोलाएको बेला उपस्थित हुने शर्तमा दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले परिवारको जिम्मा लगाएका छन् ।  
समायोजनको लागि विवाद
जिल्ला शिक्षा कार्यालय धनुषामा कार्यरत लक्ष्मीनिया–१ का शसिको आफन्त सहजकर्ता भएर काम गर्दै आएको सामुदायमा आधारित बालविकास विद्यालयमा समायोजन गर्ने विषयमा विवाद भएको जिल्ला शिक्षा कार्यालय श्रोतले बताएको छ ।
बैधनाथलाई शसिले ‘मेरो आफन्तको काम छिटो नगरेको किन ?’ भन्दै कार्यालयभित्र प्रवेश उनकै कार्यकक्षमा गएको कार्यालय श्रोतको दाबी छ । शसि प्रवेश गरेको एकछिनकै कुराकानी पछि आवाज बाहिर आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
जघन्य अपराध
‘यो जघन्य अपराध हो,’सहायक जिल्ला शिक्षा अधिकारी डिल्लीराम अधिकारीले भने,‘घटनाबारे बुझ्दैछु दोषीमाथि कारवाही हुनुपर्छ ।’ स्थानीय प्रशासनसँग समन्वय गरेर कारवाही प्रक्रियामा कार्यालयले सहयोग गर्ने उनले बताए । 
कारवाहीको लागि स्थानीय प्रशासन आश्वासन समेत दिएको उनले भने । कुनै पनि कुरा सहज रुपमा राख्नुको साटो कुटपिटमै उत्रिनु मानव अधिकार विरुद्धको व्यवहार भएकोले दोषीमाथि हदैसम्मको कारवाहीको उनले माग गरे ।
दुबै जना कर्मचारी नै भएको हुनाले उपचार पछि जमानतमा छाडिएको प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए । ‘कर्मचारी भएको नाताले शिक्षा ऐन अन्तर्गत जिशिअले पनि कारवाही गर्न सक्छ,’उनले भने,‘हामी अहिले उपचार गराएर छाडेका छौं । लिखित आए कारवाही प्रक्रिया पनि अगाडि बढ्ने छन् ।’ पिडक र पिडित दुबै सम्पर्कमा आउन चाहेन् ।

गोलबजार नगरपालिका समायोजनको माग गर्दै डेलिकेशन

सिरहा,माघ,१४ गते । दुर्गापुरबासीले विहिवार जिल्ला विकास समिति सिरहामा गोलबजार नगरपालिका समायोजनको माग गर्दै डेलिकेशन दिएका छन् । सैकडौंको संख्यामा आएका दुर्गापुरका स्थानीयहरु ¥याली प्रदर्शन गर्दै डेलिकेशन दिएको हो । 
धनगढीमाई नगरपालिकामा हैन, गोलबाजर नपामा दुर्गापुर लगायतका नारा लगाउदै उनीहरुले प्रशर्दन गर्दै स्थानीय विकास अधिकारी समक्ष स्मरण पत्र पेश गरेका हुन् । राजनीतिक प्रभावमा दुर्गापुरलाई जनताको हित विपरित सहमति बिना नगरपालिकामा समायोजन गर्न नपाउने उनीहरुले जोडदार माग गरेका थिए । 
प्रशासनिक कामकाजको लागि दुर्गापुरका सेवाग्राहीलाई गोलबजार नगरपालिका सहज रहेको नेकपा (माओवादी) केन्द्रका विजय कुमार सिंहले बताए । दुर्गापुरबाट धगढीमाई नगरपालिकाको दुरी लामो भएको उनले भने । 
‘बृद्ध बृद्धालाई सेवा पाउन असहज हुने,’दुर्गापुरकी सिता कामति भन्छिन्,‘धनगढीमाई नपामा दुर्गापुर कुनै पनि हालतमा राख्न पाइदैन् ।’ नजिकको नगरपालिकामा नराखेर पकड तथा पहँुच भएका व्यक्तिहरुले हामीमाथि अन्याय गरेको उनको ठहर छ ।
धनगढीमाई नपामा दुर्गापुरलाई नराख्न विगतमा सचेत गराएपनि कुनै सुनुवाई नभएको संघीय समाजवादी फोरम नेपालका हरिनारायण कामैतले गुनासो गरे । उनले समान्य दबावलाई बेवास्ता गर्दै आएपछि जनप्रदर्शन सहित डेलिकेशन आउनु परेको भने । 
मागलाई अझै बेवास्ता गरे आउने दिनमा कडा आन्दोलन गरिने ज्ञानेन्द्र महतोले चेतावनी दिए । उनले धनगढिमाई नपा जाने बाटोमा नदि पर्ने भएकोले वर्षातको मौसममा जनतालाई सेवा लिन समस्या हुने हुनाले चुप लागेर बस्न नमिल्ने बताए । 
जनस्तरबाट आएका कुरालाई जस्ताको त्यस्तै विभाग तथा सम्बन्धित निकाय समक्ष राख्ने स्थानीय विकास अधिकारी सुरेश राउतले प्रतिबद्धता जनाए । उनले आफुबाट हुने सबैखाले सहयोग गर्ने बताए । डेलिकेशनका सहभागीहरुलाई स्थानीय विकास अधिकारी राउतले भने,‘तपाईहरुलाई आउने पर्थेन् । मलाई बोलाउदा गाउँमै आउँथे ।’ दुर्गापुर गाविसलाई धनगढिमाई नपामा राख्ने निर्णय विगतमै भएको छ ।

बुधवार, 12 अक्टूबर 2016

यस पालिको छठी मैयाको आगमन सफा पोखरीमा: धिरेन्द्र कुमार शाह

यस पालिको छठी मैयाको आगमन सफा पोखरीमा

सिराहा २६आशिन, हाम्रो महान चाड पर्ब बड़ा दशैं धेरै धूम - धाम ले संपन्न भयो ।दशहराको पाहिलो दिन कमला नदी लगायत बिभिन्न पोखरी र कुँआ बाट पबित्र जल बलुआ र माटो ल्याएर दुर्गा माताको आराधना बैदिक मंत्र उचारण र जमरा पूजा गरेर स्थापना गरयौ ।माताको आशीषले रमाइलो ढंगले नै दशहरा पनि बित्यो ।आज बिहान दुर्गा माता को विसर्जन पूजा गरेर पनि उहाँको मूर्ति र १० दिन सम्म पूजा आजा गरेका सामग्रीहरु पनि पोखरीमा प्रबाह गरि दूर्गा माँ संग क्षमा याचना मांगेर् फेरी आउने बर्षमा सुख ,समृद्धि र शांति लिएर आउन्को लागी आग्रह गरेको  छौ।
अब २० दिनमा हाम्रो घरमा धनको रानी लक्ष्मी माताको पनी आगमन दीपावालीको दिन हुने बाला छ ।त्यों दिन पनि हामी लक्ष्मीमाता को पूजा आजा पोखरा बाट पवित्र जल ल्याएर नै गरने छौ ।भोली पल्ट बिसर्जन गरेर फेरी पूजा सामग्री र क़ेलाको बोट लाई पानी प्रबाह गरेर फेरी अर्को साल धन ,जन बल संग आउन का लागि लक्ष्मी महरानी संग आग्रह गर छौं ।
त्यस पछि तराईका महान चाड छठी मैया को आगमन तिन दिन पछि हाम्रो घर मा बिभिन्न बैदिक परम्पराको अनुसार नहाईं खाई , नयोज काढ़ने,खारना , पारना ,गर्दा चार दिने कठोर पर्ब हाम्रो घर का बूढ़ा पाखाले गरेर हाम्रो परिबारजन सहित गाउँ र राष्ट्र को समृद्धि का लागि अत्यन्तै निष्ठां र पवित्रता को साथ गरछौं ।तर छठ पूजाको सुरुआत दशहरा देखि दीपावली सम्मको पूजा सामग्री जून पोखरीमा हालेको २२ दिन भएर सडेर् गलेर शुद्ध पवित्र जल लाई अशुद्ध र साल भरि टॉयलेट गरेर आएर पणछोआ गरेको ,जुठो भाड़ा मस्केर फोहर लुगा फातं लाई केमिकल युक्त सर्फ र साबुन संग धोएर खास गरेर नानी हरुले फोहर र टॉयलेट गरेको कपड़ा लाई सँगै मबेशि हरु लाई नूहाएर गरेको फोहर पानी जसलाई छुन पनि घिन लाग्ने त्यस्तो पानी भएको पोखरीमाँ पूजा कति राम्रो र कति सार्थक मलाई सोच्न को लागी बाध्य गर्दे छ । छठ पूजा को दुइ दिन पूर्ब पोखरी लाई साफ गर्ने ,साल भरी खुल्ला ठाउँ माँ दिशा गर्न का लागी सेफ जोन पोखरी को डिल लाई साफ गरेर त्यही पोखरी जसको फोहर पानी र उसको तल दिशा नै दिशा भएको ठाउ लाई झिलमिले बत्ती र टेंट लगाएर आफनो बाहुबल र आर्थिक सम्पनता प्रदर्शित गर्दे मैया लाई ढलड़ै सूर्य र बिहान को उग्दै सूर्य लाई अर्ग दिएर आराधना गर्छौं र छठी मैया हाम्रो रक्षा र समृद्धि गर्नु हुन छ ।
तर यो बर्ष मलाई के लाग छ यदि हामी अहिले देखि नै पोखरी लाई सफा र स्वच्छ बनाउन को प्रयास गरौ त् हुन सक्छ की पवित्रता र र्निष्ठा प्रेमी छठी मैया ले आशीष दिनमा हामी लाई अलि बढ़ी नै माया हेराउनु हुन छ की ।
यो कुरा "व्यवस्थित सिरहा ,सुन्दर सिरहा"अभियान र खुल्ला दिशा मुक्त को लागी लेखन प्रयास गरेका छौ

cleaning subba pond
प्रयास गरेका छौ

भन्सार काट्न बन्द तस्करहरुको झन् ठूलो विगविगी

सिरहा,  असोज  २६ गते  । सिरहा भन्सार कार्यालय खैरटोकाले मिति २०७३ असोज २२, २३, २४ र २५ गते ४ दिनको लागि यात्रु शाखाद बाहेक अन्य कार्यहरु पूर्णरुपमा बन्दरहने छ भनी सूचना प्रकाशन गरे उपरान्त पनि उक्त अवधिमानै भन्सारका कर्मचारीहरु, सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सिमानाकाहरु झन खुकुलो गरी दिएका छन् । मुख्य द्धारबाहेक भारतको जयनगरसिमा बाट कमलानदीको छरकीबाधलाई बैकलपिक र सुगम बाटो तथा अन्य सा–साना चोर बाटो बाट दैनिक लाखौंका सामान नेपाल भित्र्याउने पैठारीको काम भै रहेको नाम उल्लेख नगर्ने सर्तमा एक तस्करले बताएका छन् भने भन्सारका संलग्न कर्मचारी सिमा सुरक्षा गण तथा नेपाल प्रहरीकै संलग्नतामा नेपालबाट मदिरा, सुपारी तथा अन्य सामानहरु भारत तर्फ निकासी गराउन तस्करहरुबाट महिनबारी नै उठाछन् भन्ने श्रोतले बताएका छन् । त्यस सम्बन्धमा भन्सार प्रमुख भुपेन्द्र कार्की संग त्यही दिन बुझ्न खोज्दा वहाँको मोबाइलमा सम्पर्क हुन सकेन । 
तस्करी खासगरी बिहानको समयमा निकासी र दिनभरी पैठारी भै भन्सार सिमाको २ सय मिटर भित्रका गोदामहरुमा भण्डारण गर्न साइकल, मोटरसाइकल तथा पिकअप गाडी प्रयोग गरेर राती–राती सिरहा देखि कल्याणपुर, मिर्चैया लगायत अन्य ठाउँहरुमा पुर्याउने कार्य भै रहेको प्रष्टै देखिन्छ । जसमा सम्बन्धीत निकायको ध्यान पुग्न सकेको छैन या देखेर पनि मौन रहनुमा संलग्नता रहेको प्रष्ट हुन्छ ।

शुक्रवार, 20 नवंबर 2015

राजमार्ग खुलाउन सेना परिचालनसम्म गर्ने तयारी

राजमार्ग खुलाउन सेना परिचालनसम्म गर्ने तयारी
काठमाडौं , ४ मंसिर । सरकारले अवरुद्द राजमार्ग खुलाउन सेना परिचालन गर्ने तयारी गरेको छ । सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ । विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर  रहेकाे छ ।

मधेसी मोर्चा आन्दोलनमा लचिलो

काठमाडौं , ४ मंसिर । संविधान निर्माण प्रक्रियादेखि नै असहमति तराई–मधेस क्षेत्रमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्कुल बन्द फिर्ता गर्ने र औषधिजन्य सामग्री रोक नलगाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित संघीय समाजवादी फोरम नेपालको संसदीय दल कार्यालयमा बसेको मोर्चा आबद्ध ४ दलको संयुक्त बैठकले उक्त आन्दोलनलाई लचिलो बनाउने निर्णय गरेको हो। मोर्चाको आन्दोलन पछिल्लो समय नाकामा केन्द्रित छ।
करिब सय दिनदेखि आन्दोलनरत मोर्चाले मानवीयतालाई ख्याल गर्दै उक्त निर्णय गरेको जनाएको छ । ‘बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताका नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सिमानाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय भएको छ,’ मोर्चाले भनेको छ।
यसैगरी, तीन महिनादेखि बन्द रहेका तराई–मधेसका विद्यालय तथा क्याम्पस खोल्न अनुमति दिने निर्णय पनि उनीहरूले गरेका हुन्। विद्यालय-क्याम्पसहरूलाई बिहानको समयमा कक्षा सञ्चालन गर्न दिने मोर्चाको निर्णय छ। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

गुरुवार, 3 सितंबर 2015

थारुमाथिको दमन कहिलेसम्म ?

Ramdas Chaudharyराम दास चौधरी
मैले राजनीतिशास्त्रको अध्ययन गर्दा राज्यको स्वरुपबारे पढेको थिएँ। जसमा स्पष्ट रुपमा लेखेको छ कि राज्यले जहिले पनि सत्तामा भएकाहरुको रक्षा गर्छ र सत्ता टिकाइराख्न जहिले पनि जुनसुकै कदम चाल्न र सबैथरीको (शाम, दाम, डण्ड, भेद) अस्त्र सस्त्रको प्रयोग गर्न पछि पर्दैन। यो कुरा आज मलाई लाग्दैछ। भाद्र ७ गतेको थारुहरुको शान्तिपूर्ण आन्दोलनको क्रममा झडपमा परी ७ प्रहरीसहित १ जना बालकको ज्यान गयो। जुन दुःखद घटना हो। त्यसलाई कसैले पनि राम्रो मान्न सक्दैन। घटनापछि टीकापुरमा कर्फ्यू लाग्यो। कर्फ्यू लागेका बेला थारुको घर, पसल र ठेलाहरु जलाइरँहदा पुलिस प्रशासन मुक दर्शक भएर हेर्‍यो। त्यहाँनेर पनि राज्यले सत्तामा रहेकाहरुको पक्षमा उभियो, मात्र थारुहरुको घर, जाय ज्यथा र सम्पत्तिमा दिनदहादै आगजनी गरियो, लुटियो।
पुलिस प्रशासन त किन गर्थे र तर मिडियाले पनि त्यो कुरा कहिले पनि बाहिर ल्याउन चाहेन। मिडिया त कम्तिमा स्वतन्त्र हुनु पर्ने र स्वतन्त्र तरिकाले समाचार प्रसारण गर्नुपर्ने। तर त्यसमा पनि राज्य सत्ताका नजिक रहेका र सत्तामा हालीमुहाली भएकाहरुको र आफ्नो निहित स्वार्थ लुकेकाले होला किन सत्यतथ्य बाहिर ल्याउँथ्यो र?
थारुको इतिहास बंग्याउँदै
थारुहरु नेपालका आदिवासी हुन् र नेपालका भूमिपुत्र हुन भन्नेमा कसैको विमति छैन। चाहे त्यो इतिहास होस् चाहे त्यो विज्ञान होस् दुबै कुराले प्रमाणित गरिसकेको कुरा हो। मलेरियाजस्तो प्राणघातक महामारीविरुद्ध थारुहरु तराईको जंगलमा बाँच्न किन सफल भए भन्ने कुरा विज्ञानले नै सावित गरिसकेको छ।
कुनै जाति त्यस भेगमा बसोवास गरेको सात हजार वर्ष बसोवास गर्दा मलेरियाजस्तो खतरनाक महामारी रोगसँग लड्ने क्षमताको विकास हुन्छ भनेर त्यसलाई आधार मान्ने हो भने पनि थारुहरु यस तराईमा ७ हजार वर्षभन्दा पहिलेदेखि बसोवास गर्दै आएको प्रमाणित हुन्छ। इतिहासै हेर्ने हो भने पनि सन १८१५ को सुगौली सन्धी हुँदा नेपालले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग ब्रिटिस इन्डिया कम्पनीले कब्जा गरेको थियो। पछि नेपालले ब्रिटिस इन्डिया कम्पनीलाई विभिन्न लडाईँमा सैनिक सहयोग गरेकोले इष्ट इन्डिया कम्पनीले नेपाललाई फिर्ता गर्‍यो। (नेपाल इतिहास) तर इतिहासले के प्रमाणित गर्छ भने बाँके, बार्दिया, कैलाली र कञ्चनपुरलाई चाहे ब्रिटिस सरकारले कब्जा गरेपनि र फिर्ता दिएपनि राज्यको सीमांकन फेरिँदा पनि र राज्यको सीमांकन खुम्चिदा पनि यस क्षेत्रका आदिवासी थारुको बस्ती यही नै रहिरहेको थियो।
यसरी विभिन्न दस्तावेजले नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म थारुहरुको बस्ती रहेको कुरा प्रमाणित हुन्छ। आइएलओ महासन्धि १६९ मा पनि के कुरा उल्लेख गरिएको छ भने आदिवासीहरु राज्यको सीमा छुट्टिँदा एउटै समूहमा बसिरहेका आदिवासीहरु पनि फरक-फरक राज्यमा पर्न गएको कुरालाई पुस्टि गर्छ। त्यसैले पछि तराईका आदिवासी थारुहरुको कोही नेपालको तराई जिल्लामा पर्न गए भने कोही भारतको भूमिमा पर्न गए। एउटा उदाहरणको रुपमा लिन सकिन्छ बर्दिया र कैलालीको थारु बस्तीहरु भारतको उत्तर प्रदेशको सीमानामा पर्ने गाउँमा थारु बस्तीहरु छन् भने कैलाली र कञ्चनपुरको राना थारुहरु भारतको सीमा पारी पनि हजारौं वर्षदेखि बसोबास गर्दै आएका छन्।
आदिवासी थारुहरु भारतमा ब्रिटिसहरुले राज्य गर्दा कैलाली र कञ्चनपुरमा थारु बस्ती थियो भन्ने कुरा ब्रिटिस इन्डिया कम्पनीसँग कैलालीको घना जंगलबाट काठहरु निकासी गर्ने बेला थारुसँग सम्झौता गरेको प्रमाणले पनि प्रमाणित गर्छ। (निवर्तमान थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष श्री प्रभात चौधरी) यति धेरै प्रमाणका बावजुद पनि शासन सत्तामा रहेकाहरुले थारुहरुको इतिहास र पहिचानमाथि ढावा बोलिरहेका छन्, जुन सरासर लगत देखिन्छ। यसले पनि सत्तामा रहेकाहरुले आफ्नो स्वार्थमा इतिहास बंग्याउन खोजिरहेको प्रमाणित हुन्छ र स्थानीय थारुहरुको भाषाबाट राखिएको नामलाई पनि बंग्याउने कार्य गरिँदैछ।
पहाडको बस्तीको नाम फरक तरिकाले राखिएको देखिन्छ भने तराईमा आदिवासीहरुको थारुहरुको बोली भाषाबाट ठाउँको नाम, नदी नाला र वन जंगलका नामहरु राखिएको देखिन्छ। कैलाली र कन्चनपुरमा पनि थारु भाषाबाट अर्थ लाग्ने नामहरु रहेका छन्, जुन पछि गएर परीवर्तन गरिएका छन्। त्यसैगरी विचुवाको पनि धेरै गलत अर्थ लगाइँदैछ। कन्चनपुरमा धेरै वटा गाबिसको नामको पछाडि विचुवा राखिएको छ।
राना थारु भाषाको विच्चा भन्ने शब्दबाट विचवा र विचुवा हुन गएको देखिन्छ। राना थारु भाषामा विच्चा भनेको खाली ठाउँ हो। घना जंगलको बीचमा खाली ठाउँ जहाँ बस्ती बस्न सकिन्थ्यो र बसेका थियो त्यसका नामबाट विच्चाबाट विचुवा हुन गएको देखिन्छ। जस्तै रैकर विच्चा (रैकवार विचुवा), वाइसी विच्चा (वाइसी विचुवा), रौतेली विचवा आदि। तर यहाँका शासकहरुले इतिहास बंग्याउन यसको पनि गलत अर्थ लगाइँदैछ। हुन त किन नलगाउलान् इतिहास जित्नेले लेख्छ भन्छन्, त्यही त होला नि राज्य सत्ताको आडमा जे अर्थ लगाए पनि जस्तो अर्थ लगाए पनि हुने नै भयो।
पहाडबाट ४ दिन झुक्किएर गाई चराउन आउनेले कैलाली र कन्चनपर हाम्रो आदि थलो भन्न के गाह्रो? राना थारुहरुलाई राउटे जस्तो फिरन्ते भन्न के गाह्रो? हो शासन सत्तामा थारुहरुको पहुँच कहिले पनि पुगेन, सोझा जाति खेतीपातीमा रमाउने र अरुलाई सकेसम्म दुःख नदिने र मिलनसार स्वभावका थारु जातिहरु माथि रजाइ गर्न सजिलो थियो। चाहे त्यो राणा शासन होस्, चाहे त्यो निरंकुश पञ्चायती व्यवस्था, चाहे २०४६ सालपछिको प्रजातन्त्र होस् वा वर्तमान अवस्थाको गणतन्त्र वा लोकतन्त्र जे जे नाम दिए पनि सोझा थारुको शासन सत्तामा कहिले पनि पहुँच पुग्न सकेन र केवल उनीहरुमाथि राज गरियो, रजाइ गरियो, शासन गरियो।
राणा शासनमा पनि विर्ताको नाममा थारुहरुको जग्गालाई विरता भनि राज्य सत्ताको आसपासमा रहेका भाइ भारदारहरुलाई जिम्मा लगाइयो। अनि जमिनमाथि द्वैध स्वामित्व सिर्जना गरियो। पञ्चायती व्यवस्थामा पनि भूमि सुधारको नामबाट थारुहरुको जग्गा माथि कुठाराघाट गरियो। चर्को करका कारण थारुहरुले जग्गा गुमाउनु परेको र करको तिरोतिर्न नसकी जग्गा नै गुमाएको घटना अर्जुन गुणरत्नेले उल्लेख गरेका छन्।
त्यसैगरी सोझा थारुलाई विभिन्न जालझेल गरी उनीहरुको जग्गा हडपियो चाहे मित लगाएर होस् वा ऋणमा झुक्काएर होस् वा जाँड रक्सी खुवाएर होस्। जसरी भए पनि थारुहरुको जग्गा हड्पियो र उनीहरुलाई कमैया बन्न र दास बन्न बाध्य गराइयो। यसरी थारुहरु कहिले पनि मालिक वा शासक हुन सकेनन्। चाहे त्यो राणा शासन होस्, चाहे त्यो पञ्चायति व्यवस्था होस् वा प्रजातन्त्र होस् वा गणतन्त्र नै होस् आखिर शासक उही नै हुन् शासन उनीहरुकै छ र सत्ता उनीहरुकै वरिपरि रहेको छ। तर थारु, मधेसी, आदिवासी जानजाति र दलितहरु त्यही शासनको प्रजा नै भएका छन्। शासन फेरिएको छ, मान्छे फेरिएका होलान् तर सत्ता उही वर्ग र उही समुदायको पकडमा छ।
त्यसैले त होला उही शासक वर्ग र समुदायले सोझा आदिवासी थारुमाथि शासन गर्दै आएका छन्। थारुलाई अझै पनि दमन गर्न छाडेका छैनन्। चाहे पञ्चायतकाल होस् वा माओवादी जनयुद्धको नाममा होस्। माओवादी जनयुद्धमा पनि सबै थारुलाई माओवादीको विल्ला भिडाइयो। सेना प्रहरीको बन्दुक सबै थारुमाथि तेर्स्याइयो र सबै थारुहरु सेना प्रहरी र प्रशासनको दमनमा परे र पारियो। धेरै निर्दोष थारुले अकालमा ज्यान गुमाउनुपर्‍यो भने कोही बेपत्ता पारिए तर उनीहरुको रगतमा शासन गर्ने र सत्तामा रजाई गर्ने उही वर्ग र समुदायका मान्छेले मौज गरे।
आज २१औं शताब्दीमा थारुहरु सचेत भएका छन्, जागरुक भएका छन् र उनीहरु पनि आफ्नो हक अधिकारको कुरो उठाइरहेका छन्। आज उनीहरुले हामी यो देशको धर्ति पुत्र हौं, हाम्रो पनि यस राज्यमा पहुँच हुनुपर्छ, हाम्रो पनि यस देशमा पहिचान हुनुपर्छ भन्ने आवाज उठाइराखेका छन्। आज नेपालको एक धर्तिपुत्र थारु जाति आफ्नो पहिचान र अधिकार खोजिरहँदा उसलाई आतंककारीको बिल्ला भिडाइएको छ।
आन्दोलनको क्रममा झडपमा पुलिस मारिँदा सबै थारुलाई अपराधीको विल्ला भिडाइएको छ। आज पनि उसलाई बन्दुकको गोलीले दमन गर्न खोजिँदैछ, जुन बन्दुकको गोली किन्न उसैको खुन पसिना पनि बगेको छ। जबसम्म ऊ कमैया वा दास भएर बस्दा सहेर बस्दा थारु समुदाय मिलेर बसेको संज्ञा दिइन्छ। आज आफ्नो हक र अधिकारको कुरा गर्दा ऊ नै समाजमा सद्भाव खलबलाउन खाजेको भनिएको छ। उसले आफ्नो अधिकार माग्नु नै गलत छ भने, उसको पहिचान नै यस देशलाई चाहिँदैन भने र यस देशको धर्तिपुत्र होइनन् भने यहाँका शासकहरुले भन्नुपर्यो, कि तिमीहरु यस देशका नागरिक होइनौं। तिमीहरु जन्मेको नै हाम्रो दास बन्नका लागि हो, भन्नुपर्यो तिमीहरु जन्मेकै हामीहरु जे जे भन्यो त्यही मान्ने हो र हामीले जे भन्यो त्यही गर्नका लागि हो।
तिमीहरुको यस देशमा कुनै पनि लगानी छैन। यदि होइन भने यहाँका शासकहरुले बुझ्नुपर्यो थारुहरुको माग जायज छ। उनीहरुलाई पहिचान दिनुपर्छ, उनीहरुलाई पनि यस देशको नागरिक सरह व्यवहार गरिनुपर्छ नाकि अपराधिको? अहिलेको शासन सत्तामा बसेकाहरुले थारुप्रति न्याय गर्ने हो भने अविलम्ब थारुमाथिको दमन रोकी उनीहरुको माग पूरा गर्नुपर्छ, अनिमात्र २ सय ५० वर्षदेखिको थारुमाथि गरिएको उत्पीडन अन्त्य भएको मान्न सकिन्छ।

सोमवार, 10 अगस्त 2015

सुर्खेतमा प्रहरीको गोलीले एकको मृत्यु, ६ घाइते साँझ ९ बजेसम्म कर्फ्यु

ghaite
प्रहरीको गोली लागेका घाइते सुर्खेत अस्पतालमा
सुर्खेत, श्रावण २५ - अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गोली लागि घाइते भएकाको उपचारका लागि ४ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोसीत वनेका सुर्खेतका आन्दोलनकारीहरुले नेपाली कांग्रेस सहमहामन्त्री तथा पुर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद हृदयराम थानीको घरमा आगजनी तथा तोडफोड गरेका छन् ।
अखण्ड मध्यपश्चिम र संघीय राजधानी सुर्खेतमा हुनुपर्ने माग राखी आइतबारदेखि सुरु गरिएको आन्दोलनले उग्र रुप लिँदा ३ प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशाशन लगायत केही सरकारी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
सभासद्समेत रहेका खड्काको घरमा आगजानी गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हँुदा गोली काण्ड पनि भएको छ । झडपमा परि गोली लाग्दा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउमा उपचार भइ रहेकोछ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव अधिकारीका अनुसार ढाडमा छर्रा लागेका तीनजालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
आन्दोलनले उग्र रुप लिएपछि सुर्खेतमा मध्यान्न १ बजेदेखि राती ९ वजे सम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशाशन कार्यालय सुर्खेतले जानकारी दिएका छ ।
सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सहमहामन्त्री खड्काको सुरक्षा दिन बसेका प्रहरीले ४–५ राउन्ड  फाइरीङ गरेको सहमहामन्त्रीका भाइ विष्णुबहादुर खड्काले जानकारी दिए । आन्दोलनकारीले सुर्खेतस्थित नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्र आगो लगाइदिएका छन् ।
मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरि सुर्खेत दैलेख र जाजरकोटलाई छैठौ प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौ प्रदेशमा गाभिएको विरोधमा बन्द आव्हान गरिएको थियो ।
मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाइनुपर्ने माग समेत गरेका छन् ।

रविवार, 9 अगस्त 2015

संघीय नेपालमा ६ प्रदेश

काठमाडौ, श्रावण २३ - 
प्रदेशको संख्या र सीमांकनसहितका विषयहरूमा सहमति भएपछि शनिबार राति साढे १२ बजे हात मिलाएर आपसमा बधाई साट्ने क्रममा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संवाद समितिका सभापति एवं सहमतिका लागि गठित विशेष समितिका संयोजक बाबुराम भट्टराई। सहमतिमा एमाओवादी र फोरम लोकतान्त्रिकले भने फरक मतसहित हस्ताक्षर गरेका छन्। 

प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिले लामो प्रयासपछि सीमांकनसहित ६ प्रदेश निर्माणका साथै संविधानका मुख्य विवादित अन्तरवस्तुमा सहमति जुटाएको छ। 

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिले शनिबार मध्यरात जुटाएको सहमति समितिको पूर्ण बैठकबाट अनुमोदन भएपछि संविधानसभामा प्रस्तावका रूपमा पेस हुनेछ। 

सीमांकनसहितको ६ प्रदेशमध्ये ४ वटाले उत्तर दक्षिण दुवैतर्फका अन्तर्राष्ट्रिय सीमा छोएका छन् भने २ प्रदेश दक्षिणतर्फ मात्रै जोडिएका छन्। विशेष समितिको प्रस्तावअनुसार प्रदेशको सीमा निर्धारणसम्बन्धी थप काम संघीय आयोगमार्फत हुनेछ। ‘प्रदेशको सीमांकनसम्बन्धी नमिलेका वा प्राविधिक विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गर्न सक्नेछ,’ मस्यौदा संशोधनका लागि विशेष समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ। विशेष समितिले नवलपरासी, बागलुङ र रुकुम जिल्लालाई मात्र एकभन्दा बढी प्रदेशमा समावेश गरेको छ। बाँकी जिल्ला र धेरैजसो अञ्चल एकै प्रदेशमा छन्। 

पूर्वमा झापा, मोरङ, सुनसरीसहित मेची र कोसी अञ्चलका सबै जिल्ला, सगरमाथा अञ्चलका सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुरसहितको प्रदेश प्रस्तावित छ। सप्तरीदेखि पर्सासम्मका ८ जिल्ला समेट्ने मधेस प्रदेशको सीमा दक्षिणतर्फ मात्र जोडिन्छ। राजधानी क्षेत्रमा वागमतीका सबै, नारायणीका मकवानपुर र चितवन तथा जनकपुर अञ्चलका सिन्धुली, दोलखा र रामेछाप जिल्ला समेट्ने प्रदेश बन्नेछ। गण्डकी र धौलागिरी अञ्चल मिलाएर निर्माण हुने पश्चिम प्रदेशलाई दक्षिण सीमासँग जोड्न गरी नवलपरासीको बर्दघाट सुस्तापूर्वको भाग एकीकृत गरिएको छ। नवलपरासीको पश्चिमी भागदेखि बर्दियासम्म समेट्ने प्रदेशमा लुम्बिनी र राप्तीका सबै पहाडी जिल्ला पर्छन्। यसले दक्षिण सीमा मात्रै छुन्छ। सेती, महाकाली र कर्णालीका अतिरिक्त भेरीका सुर्खेत, दैलेख र जाजरकोट जिल्ला समेटिने सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा सबैभन्दा ठूलो छ। यसमा रुकुमको पश्चिम क्षेत्र सुदूरपश्चिम र पूर्वी भाग लुम्बिनीतर्फ राखिएको छ भने बागलुङको पूर्वीभाग गण्डकी धौलागिरीतर्फ र पश्चिम भाग लुम्बिनीतर्फ जोडिएको छ। 

प्रस्तावित ६ प्रदेशको सीमा परिमार्जन गर्नुपर्ने अडान राखेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माणको प्रक्रियामा बाधा नगर्न फरक मतसहित हस्ताक्षर गरेका हुन्। उनले थारू बहुल पश्चिमको कैलाली सुदूरपश्चिमको पहाडी प्रदेशमा नगाभ्न र पूर्वको सप्तरीलाई झापा, मोरङ, सुनसरीबाट अलग नगर्न अन्तिम समयसम्म जोड गरेका थिए। थारू सभासदहरूले दिएको निरन्तर दबाबका कारण निर्णयमा पुग्न अप्ठ्यारो परेका बेला एमाओवादी नेताहरूले गच्छदारलाई छाडेर हस्ताक्षर नगर्ने अडान राखेको बैठकका एक सहभागीले बताए। तर सप्तरीलाई पूर्वमा जोड्ने र कैलाली, कञ्चनपुरसहितको प्रदेशमा दाङदेखि बाँके र बर्दियालाई जोडेर एकै प्रदेश बनाउने उनको प्रस्तावमा कांग्रेस–एमाले सकारात्मक भए पनि एमाओवादीले नमानेको बैठक स्रोतको दाबी छ। 

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराईसहितका नेताहरूबीच बिहानदेखि नै सुरु भएको छलफलबाट साँझतिर नै ६ प्रदेशमा रहने जिल्लाहरूको सूची तयार भएको थियो। उक्त प्रस्तावमा गच्छदारलाई मनाउने प्रयास हुँदाहुँदै सहमतिमा औपचारिक हस्ताक्षर गर्दा मध्यरातै हुनपुग्यो। बैठक कतिबेला सुरु हुन्छ भन्ने जानकारीसमेत नपाई आठ घण्टाभन्दा बढी विशेष समितिको निर्णय कुरेका संवाद समितिका सदस्यहरूले रातको पौने ९ बजे बैठक कक्षको ढोकामा केहीबेर धर्ना दिएका थिए। मध्याह्न १ बजे डाकिएको संवाद समितिको बैठक मध्यरातपछि सुरु गर्दै संवाद समितिका सभापति भट्टराईले विशेष समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदनमाथि छलफलका लागि संवाद समितिको अर्को बैठक आइतबार बिहान ११ बजे डाकिएको छ। 

विशेष समितिले धर्मनिरपेक्षता र थ्रेस होल्डबाहेकका सबै मुख्य विवादित विषयमा सहमति जुटाएको छ। संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार संविधानसभामा संविधान विधेयकमाथि संशोधन दर्ता गराउने समयसम्म विशेष समिति सक्रिय भई बाँकी विषय टुंग्याउँदै जाने समझदारी भएको छ। ‘संघीयताका विषयमा आएका फरकमतलाई सम्बोधन गर्ने गरी परिमार्जन गर्ने ठाउँ छ,’ उनले भने, ‘त्यसैका लागि विशेष समिति अन्तिमसम्म सक्रिय राखिएको हो।’ चार दलबीचको १६ बुँदे राजनीतिक सहमतिका आधारमा निर्मित संविधानको प्रारम्भिक मस्यौदामा सरकारले गठन गर्ने संघीय आयोगको सिफारिसमा रूपान्तरित संसदले सीमा निर्धारण गर्ने गरी आठ प्रदेश निर्माण गर्ने व्यवस्था थियो। 

प्रदेशको संख्या घटाउन र सीमासहितको संविधान जारी गर्न जनताबाट प्राप्त सुझाव सम्बोधन गरेको विशेष समितिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरूपको विषयमा चाहिँ गम्भीर छलफल नै गरेन। कांग्रेसले संसदीय व्यवस्थाको अडान नछाड्ने निश्चित भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबारे समितिमा खासै बहस नभएको हो। जनताको सुझावअनुसार गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष चयन भने प्रत्यक्ष निर्वाचनबाट हुने निश्चित गरिएको सिटौलाले बताए। 

संवाद समितिका सभापति भट्टराईका अनुसार नेपाली नागरिक बाबु वा आमाबाट जन्मेका सन्तानले वंशजका आधारमा नागरिकता पाउने गरी मस्यौदा परिमार्जन गर्ने सहमति भएको छ। यसअघिको प्रारम्भिक मस्यौदामा नेपाली बाबु र आमाबाट जन्मिएका सन्तानले आमा वा बाबुको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था थियो। मधेसी समुदाय र महिला अधिकारकर्मीका तर्फबाट यसमा व्यापक विरोध भएको थियो। सिटौलाका अनुसार जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्थासहित नागरिकतासम्बन्धी प्रावधानमा रहेका सबै अस्पष्टता हटाउने समझदारी भएको छ। ‘नागरिकतासम्बन्धी व्यवस्थामा अन्तरिम संविधानको प्रावधान र मर्मअनुरूप मस्यौदा परिमार्जन गर्ने सहमति भएको हो,’ सिटौलाले भने। 

विशेष समितिले विशेष संरचनासम्बन्धी एमाओवादीको माग पनि केही हदसम्म सम्बोधन गरेको छ। ‘संघीय कानुनमा व्यवस्था भएबमोजिम सामाजिक, सांस्कृतिक संरक्षण वा विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने’ प्रावधान मस्यौदामा थपिने भएको छ। यसअघि कानुनमा व्यवस्था भएअनुसार विशेष क्षेत्र रहने मात्र उल्लेख थियो। स्थानीय तहमा जिल्ला संयन्त्र नराख्ने अडानमा रहेको एमाओवादीले खास क्षेत्रमा खास जातजातिको अग्राधिकारसहितको विशेष संरचनाको माग गरेको थियो। 

संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रताको साटो ‘पूर्ण प्रेस स्वतन्त्रता’ पदावली प्रयोग गरे पनि विशेष समितिले प्रारम्भिक मस्यौदामा रहेका प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने खालका अनावश्यक प्रतिबन्धात्मक व्यवस्था हटाएको छैन। 

मौलिक अधिकारका सूचीभित्र उल्लिखित अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हक, आमसञ्चारको हक, संकटकालीन अधिकार र संसदको विशेष अधिकारअन्तर्गत प्रेस स्वतन्त्रतामा अंकुश लगाउने खालका प्रतिबन्धात्मक वाक्यांश उल्लिखित छन्। 

 विशेष समितिको प्रतिवेदनमा धर्मनिरपेक्षता र थ्रेस होल्डसम्बन्धी विषय टुंगो लाग्न बाँकी विषयको सूचीमा उल्लेखित छ। तर मौलिक अधिकारको सूचीबाट धर्मबाट अलग रहने व्यवस्था भने हटाइएको छ। नास्तिक हुन पाउने अधिकारका रूपमा राख्न खोजिएको यस्तो पदावलीले धर्म परिवर्तनको अर्थ दिएको भन्दै चौतर्फी विरोध भएको थियो। प्रधानसेनापतिलाई सुरक्षा परिषदको सदस्य राख्ने र अख्तियारको क्षेत्राधिकारभित्र भ्रष्टाचारका अतिरिक्त अनुचित कार्यमा छानबिन गर्ने विषय थप गरिएको छ।

विशेष समितिले समावेशिता र लैंगिक मैत्री प्रावधानका लागि केही थप व्यवस्था गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुने संवैधानिक व्यवस्था प्रस्तावित छ भने राष्ट्रिय सभालाई थप समावेशी बनाउन खोजिएको छ। प्रारम्भिक मस्यौदामा प्रस्तावित ४५ सदस्यीय राष्ट्रिय सभालाई ५१ सदस्य बनाउने र त्यसमा महिला, दलित, अपांग र अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। 

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८/८ जना निर्वाचित हुनेछन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये एक महिला अनिवार्य रहनेछ। प्रतिनिधिसभा निर्वाचनमा दलहरूले अपांगता भएका व्यक्तिलाई समेत उम्मेदवार बनाउनुपर्ने विशेष व्यवस्था गरिएको छ। 

मंगलवार, 21 जुलाई 2015

दाहालमाथि ढुंगामुढाको वर्षा, सुरक्षाकवच ओढाएर जोगाइयो

सिरहा(मिर्चैया)–संविधानसभाको मस्यौदामाथि जनताको मत संकलन गर्ने क्रममा सोमबार सिरहा क्षेत्र नम्बर ५ स्थित मोहन उच्च मावि मत संकलन केन्द्र पुगेका निर्वाचित सभासद पुष्पकमल दाहाललाई ढुंगामुढाबाट जोगिन हम्मे पर्यो।

Abrodh 3
दाहाल मञ्चमा बसे लगत्तैदेखि मस्यौदाको विरोध गर्ने दलका प्रदर्शनकारीले ढुंगामुढाको बर्षात सुरु गरेपछि दुई घण्टाको निर्धारित मत संकलन कार्यक्रम बीचमै रोक्नु पर्यो। दाहाल काडमाडौंबाट हेलिकप्टरमा मिर्चैयास्थित मोहन उच्चमाविको सुझाव संकलन केन्द्र पुग्ने कार्यक्रम तय थियो। यो उच्चमाविको प्रांगणमा हेलिप्याड समेत बनाइ सकिएको थियो। तर, कार्यक्रम सुरु हुनु पूर्व संघीय समाजवादी फोरमका सभासद बिरेन्द्र महतोको अगुवाइमा टायर बालेर प्रदर्शन सुरु भयो।
Abrodh 6
दाहाल सवार मुस्ताङ एयरको हेलिकप्टर लहानमा छोडेर कडा सुरक्षाबीच मिर्चैयास्थित सुझाव संकलन केन्द्र पुगे। केन्द्रको मूल गेटमै प्रदर्शनकारीले कालो झण्डा देखाउँदै प्रवेशमा अबरोध गर्न खोज्दा सुरक्षाकर्मी प्रदर्शनकारीबीच झडप भयो। प्रदर्शनकारीको ढुंगामुढा लागेर जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव बुढाथोकीसहित सातजना सरक्षाकर्मी घाइते भएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। सुरक्षाकर्मीको लाठी प्रहारबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको प्रदर्शनकारी पक्षले बताएको छ।

प्रर्दशनकारीले थापेको अबरोध पन्छाउँदै दहाल सवार गाडी केन्द्रभित्र प्रवेश गर्यो। उनी मञ्चमा बसेर संविधानसभाको मस्यौदामा जनमत बु‰न सुरु गरेलगत्तै बाहिरबाट मञ्चलाई लक्षित प्रदर्शनकारीबाट ढुँगामुडाको वर्षा सुरु भयो। ढुँगामुढाबाट दाहाललाई जोगाउन सुरक्षाकवचबाट घेरियो। जति जे गरेपनि ढुँगामुढाको वर्षा रोकिएन।
Abrodh 1
फोरमका सभासद महतो सहितका प्रदर्शणकारीले कार्यक्रम स्थलमै पुगेर कालो झण्डा देखाएर बिरोध जनाए। उनले भने,'टाउको बिनाको संविधान मस्यौदा चाहिदैन, सिमांकन र नामांकन सहितको हुनुपर्छ।' कार्यक्रम स्थल मै दाहालको कटु आलोचना गरेर महतोसहितको टोली बाहिरिए।

दाहाल बसेको मञ्चमा ढुँगामुढाको वर्षा नथामिए पछि जनताको मत जाहेर गर्ने कार्यक्रम बीचमै रोकियो। दाहालले कार्यक्रमको समापन मनतव्य दिने पालो आयो। जनमत दिन आएका जनतालाई सम्बोधन गर्दै दहालले भने,' म सुझाव, बिरोध र आलोचना सुन्नै उपस्थित भएको हुँ, यो मस्यौदा अन्तिम रुप होइन।' 'अहिले नै धन्दा मान्नु पर्ने केही छैन सिमांकन र नामांकनसहितको सुझाव संविधानसभाको सम्वाद समितिमा छलफल भएर अन्तिम रुप पाउने हो,' दाहालले थपे,' दोस्रो संविधानसभा र आन्दोनका उपलब्धी रक्षाका लागि १६ बुँदे सहमति गरेको हुँ, बाँकी कुनै स्वार्थ छैन्।'
Abrodh 2
संविधान यही टुँगीएको छैन, उनले भने,'मधेसी, आदिवासी, मुस्लीम उत्पीडित वर्गको अधिकार संविधानमा सुनिश्चि गराउने मेरो प्रयास हुने विश्वास दिलाउँछु।' मत संकलन केन्द्रलाई चारैतिरबाट प्रदर्शनकारीले घेराउन गरी ढुंगामुढा बर्साउने क्रम नरोकिएपछि लहानमा राखिएको हेलिकप्टरलाई मिर्चैया ल्याइएको थियो। लहानमै हेलिकप्टर छोडेर गाडीबाट मिर्चैया आइपुगेका दहाल असुरक्षाका कारण पुनः हेलिकप्टर झिकाएर काठमाण्डौ फिर्ता भएका थिए।
Abrodh 7
Abrodh 8
Abrodh 9

सोमवार, 19 जनवरी 2015

मधेश आन्दोलन पून्ह चर्कीयो , लहानमा तताउदै प्रहरी र प्रर्दशनकारी विच झरप जारी ,सि के लहानमा ( भिडियो सहित )

 श्रीकान्त झा । सिरहा । माघ ५

सिरहाको लहानमा प्रहरी र प्रर्दशनकारी विच झरप जारी रहेको छ ।

     वलिदानि दिवसको अवसरमा सिरहाको लहानमा रहेको पशुपति उ मा विको प्राङ्गनमा आज सिके राउतका सर्कथकहरु द्धारा खुल्ला स्थानमा भासन गर्न थाले पछि प्रहरीहरु विद्यालयवाट वाहिर निकालने कम्मा दुवै पक्ष विच व्यापक ढुङ्गा मुडा प्रहार गर्न थालेपछि प्रहरीले ४ राउण्ड आसु ग्यास प्रहार गरेको छ ।  प्रर्दशनकारीहरुले सडकमा टायर वालेर प्रर्दशनमा उत्रेका छन् । त्यस्तै लहान आएका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   प्रर्दशनकारीहरुले मधेश आन्दोलन पुनह र्चकिएको घोसना र्गदै प्रर्दशन गरेर लहान अन्धकारमा परेका छन् । त्यस्तै सिके राउत लहान रहेका कारण उसलाई नियन्त्रणमा लिने सकेत वुझिएको छ । थप विवरण आउने वाकी

शनिवार, 8 नवंबर 2014

रामचन्द्रका छोरा, सम्धी र ज्वाइँलाई सरकारी नियुक्ति कांग्रेस र एमालेबीच भागबण्डा मिल्यो

रामचन्द्रका छोरा, सम्धी र ज्वाइँलाई सरकारी नियुक्ति
कांग्रेस र एमालेबीच भागबण्डा मिल्यो

सत्र पटकसम्म प्रयास गर्दा पनि प्रधानमन्त्री बन्न नपाएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो परिवारका तीनजनालाई राजनीतिक नियुक्ति दिलाउन सफल भएका छन् ।

कार्यवाहक सभापतिसमेत नपाएपछि प्रधानमन्त्री सुशील कोइरालासँग असन्तुष्ट बनेका पौडेलले प्रधानमन्त्री कोइरालाले सम्हालेकै मन्त्रालय अन्तर्गत छोरालाई जागिर खुवाउन सफल भएका हुन् । पौडेलका इन्जिनियर छोरालाई करीव डेढ लाख मासिक तलब पाउने गरी सरकारी नियुक्ति दिलाइएको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेलपुत्र चिन्तन पौडेललाई ‘गरीव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड’को कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो ।

गरिवी निवारण तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको यो बोर्ड पहिले गरीवी निवारण कोषअन्तर्गत थियो । दुई वर्षअघि बोर्डलाई कोषबाट मन्त्रालय अन्तर्गत लगिएको कोषका उपाध्यक्ष युवराज पाण्डेले जानकारी दिए ।

चिन्तन पौडेल

कांग्रेस उपसभापति पौडेलका एक्ला छोरा चिन्तनलाई यसअघि वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको कार्यकारी निर्देशक बनाउन दबाव परेको थियो । त्यसका कार्यकारी निर्देशक गोविन्दराज पोखरेल योजना आयोगको उपाध्यक्ष नियुक्त भएपछि पौडेलले छोराका लागि प्रवर्द्धन केन्द्रमा नियुक्तिका लागि दबाव दिएका थिए ।

तर, बैकल्पिक उर्जामा कार्यकारी प्रमुख हुन सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने कानुनी प्राबधान रहेकाले सम्भव भएको थिएन ।

यो बोर्डको कार्यकारी प्रमुखमा यसअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी भाइ बुहारी दुर्गा भट्टराईलाई नियुक्त गरिएको थियो । उनको दुई वर्षे कार्यकाल सकिएपछि खिलराज रेग्मी सरकारका पालामा एक वर्ष थप गरिएको थियो ।

बाबुरामकी बुहारीको कार्यकाल सकिएपछि रामचन्द्रका छोरालाई नियुक्त गरिएको बोर्डका कर्मचारीले टिप्पणी गरेका छन् । ‘गरीव पहिचान गर्ने र परिचयपत्र बाँड्ने बोर्ड नेताका आफन्त भर्ति गर्ने थलो बनेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

युवराज भुसाल

ज्वाइँलाई खानेपानी, सम्धीलाई प्रतिष्ठान

पौडेलले यसअघि आफ्ना ज्वाइँ परमेश्वर पोखरेललाई खानेपानी संस्थानको अध्यक्षमा नियुक्ति दिलाइसकेका छन् ।

त्यस्तै पौडेलले सम्धी युवराज भुसाललाई सचिवबाट अवकाश पाएकै दिन कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा नियुक्ति दिलाइसकेका छन् ।

सुशील पनि कम छैनन्

प्रधानमन्त्री सुशील कोइरालामाथि पनि परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको आरोप लागेको छ । कोइरालाले पछिल्लोपटक भतिजा श्रीहर्ष कोइरालालाई नेपाल क्रिकेट संघ क्यानको उपाध्यक्ष बनाएका छन् ।

त्यस्तै भाञ्जा रमेश भण्डारी र दाजु विनोद कोइरालाका छोरा अतुल कोइरालालाई प्रधानमन्त्रीले स्वकीय सचिवालयमा नियुक्ति दिएका छन् ।

भागबण्डा मिल्यो

यसैबीच कांग्रेस र एमालेबीच राजनीतिक नियुक्तिको भागबण्डा मिलेपछि भटाभट मन्त्रिपरिषदबाट नियुक्ति दिइएको छ ।

यसअघि सुकुमबासी समस्या समाधान आयोगमा एमालेले एकलौटी गरेको भन्दै आयोग विघटनको प्रस्ताव प्रधानमन्त्रीले लैजाँदा एमाले मन्त्रीहरुले क्याबिनेट बैठक बहिस्कार गरेका थिए ।

त्यसपछि कांग्रेसबाट कृष्ण सिटौला र एमालेबाट भीम रावललाई भागबण्डा मिलाउने जिम्मा दिइएको थियो ।

सिटौला र रावलबीच सुकुम्बासी आयोगका केन्द्रदेखि जिल्लासम्म उपाध्यक्ष थपेर कांग्रेसलाई दिने र नगर विकास समितिहरुमा कांग्रेसले एकलौटी गरेका ठाउँमा एमालेलाई पनि कोटा दिने सहमति भएको रावलले बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलका इन्जिनियर छोरालाई करीव डेढ लाख मासिक तलब पाउने गरी सरकारी नियुक्ति दिलाइएको छ भने पौडेलकै सम्धी र ज्वाइँले पनि आकर्षक सेवा सुविधा पाउने गरी राजनीतिक नियुक्ति पाएका छन्

‘अरु नियुक्तिको मापदण्ड पहिले नै बनेको छ, सुकुम्बासी र नगर विकासमा दुवै पक्षका मिलाउने गरी हामीले प्रस्ताव दिएका हौं,’ रावलले अनलाइनखबरसँग भने ।

एमाले कार्यकर्ता नियुक्त

सोही सहमतिअनुसार मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न अस्पताल विकास समितिको अध्यक्षमा एमालेका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिएको छ । कोशी अञ्चल अस्प्ताल विकास समितिको अध्यक्षमा एकराज भट्टराई, सेतीमा यज्ञराज पाण्डेय, मध्यपश्चिममा खुम्बराज थानी र मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय अध्यक्षमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

त्यस्तै नेपाल औषधी लिमिटेडको अध्यक्षमा बाबुराम हुमागाई नियुक्त भएका छन् । उद्योग मन्त्रालय अन्तर्गतको दोलखा खरीढुंगास्थित म्याग्नेसाइट लिमिटेडको अध्यक्षमा दोलखाका एमाले नेता बसन्तराज कार्की नियुक्त भएका छन् ।

Photo: रामचन्द्रका छोरा, सम्धी र ज्वाइँलाई सरकारी नियुक्ति

शुक्रवार, 7 नवंबर 2014

मधेसमा भारतीय प्रभाव बढाउने मोदीको डिजाइन जनकपुरको रंगभूमिमा भाषणको तयारी

Siraha city, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई विशुद्ध पूजापाठमा मात्रै सीमित नराखी मधेसमा भारतीय प्रभाव विस्तारका लागिसमेत भारतीय दूतावासले प्रयोग गर्ने भएकोछ ।
मोदीको भ्रमणबारे बझ्न काठमाडौंबाट जनकपुर पुगेका भारतीय राजदूत रञ्जित रेले स्थानीय रंगभूमि मैदानमा भारतीय प्रधानमन्त्री मोदीले भाषण गर्ने खुलासा गरेका छन् ।
त्यस्तै विभिन्न विकास आयोजनाको शिलान्यास गर्ने र गरिब विद्यार्थीलाई साइकल बाँड्नेसम्मको प्याकेज भारतीय दूतावासले बनाएको छ ।
गत साउनमा काठमाडौं आउँदा संसदमा भाषण गर्दै नेताहरुको ‘ब्रेनवास’ गरिसकेका मोदीले अब जनकपुरमा गर्ने भाषणमार्फत मधेसका जनतामा भारतीय प्रभाव थप विस्तार गर्ने विश्वास दूतावासले लिएको सूत्रहरुको भनाइ छ ।
अर्को देशको सरकार प्रमुखले विदेशमा जाँदा के-कति गतिविधि गर्न पाउने भन्नेमा नेपाल सरकार चनाखो देखिँदैन । आफूप्रति नेपाली नेताहरुको अतिशय भक्ति र आशक्तिको फाइदा उठाउँदै मोदीले अब नेपाली नेताले जस्तै गाउँ-गाउँमा पसेर भाषण ठोक्ने रणनीति बनाएका हुन् ।
भारतीय राजदुत रेले सोमबार जनकपुर पुगेका बेला विभिन्न राजनीतिक दल एवं सभासदहरुसँग भेटघाट गरे । यस क्रममा उनले मोदी स्थलमार्गबाटै जनकपुर आउने जानकारी दिएको पूर्वसभासद फरमुद नदाफले बताए ।
नेपालको गरीबीलाई देखाउँदै, आफ्नो देशमा जस्तै साइकल बाँड्ने र आयोजनाहरु शिलान्यास गर्ने मोदीको रणनीतिले नेपालीमाथि भारतको जवरजस्त प्रभाव छाड्ने भारतीय रणनीति रहेको बुझिएको छ
राजदूत रेले जनकपुरको रंगभूमिमा मोदीले भाषण गर्ने जानकारी दिएको एक सहभागीले बताए । जनकपुरको समग्र विकासमा मोदीले सम्वोधन गर्ने स्रोतले भन्यो ।
स्रोतका अनुसार मोदी भिट्टामोड नाका हुँदै नेपाल प्रवेश गर्ने र जनकपुरमा आएर जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि उनले जनकपुरमा केही आयोजनाको शिलान्यास समेत गर्नेछन् । त्यसको रकम करिब १५ करोडको रहने बताइएको छ ।
यी आयोजनाअन्तरगत जनकपुरका तीनवटा पोखरीको समेत मर्मत गरिनेछ । मोदीले जनकपुरको तेहला, मरहा र अरगजालाई सहयोग गर्ने बताइएको छ ।
स्रोतका अनुसार मोदी मंसिर ९ गते बिहान जनकपुर आउने छन् । भ्रमण कार्यक्रमअनुसार जनकपुरमा उनले केही विपन्न वर्गका विद्यार्थीलाई साइकलसमेत वितरण गर्ने कार्यक्रम रहेको राजदूतले जनकपुर पुगेर खुलासा गरेका छन् ।
नेपालको गरीबीलाई देखाउँदै, आफ्नो देशमा जस्तै साइकल बाँड्ने र आयोजनाहरु शिलान्यास गर्ने मोदीको रणनीतिले नेपालीमाथि भारतको जवरजस्त प्रभाव छाड्ने भारतीय रणनीति रहेको बुझिएको छ ।
भारतले नेपालमा माथिल्लो तहबाट मात्रै हस्तक्षेप बढाउँदै आएको थियो । तर, अब मोदीले जनस्तरबाटसमेत हस्तक्षेप बढाउने नीति अघि सारेका छन् । यसका लागि विकास र अनुदानको अस्त्र प्रयोग गरिनेछ, जसले गर्दा भारतीय हस्तक्षेपको आलोचना गर्ने राष्ट्रवादीहरुलाई ‘विकास विरोधी’ देखाउन सकिने भारतीय दूतावासको डिजाइन रहेको छ ।
भारतीय दूतावासले नेपालको स्थानीय निकायमा प्रत्यक्ष लगानी गर्न नपाउने र आर्थिक सहयोग अन्तरराष्ट्रिय मान्यता अनुसार सरकारी निकायमार्फत गर्नुपर्ने आवाज उठिरहेका बेला मोदीले जनकपुरमा जिविस सभापतिले जस्तै रंगभूमिमा भाषण गर्ने, विकास आयोजना उदघाटन गर्ने र साइकल बाँड्ने नीति लिएका हुन् ।
व्यापारीको अनुनय
भारतीय राजदूतसँगको छलफलमा स्थानीय व्यापारीहरुले रेल्वे बन्द भएपछि व्यापारीहरुलाई निकै समस्या भएको भन्दै यसका लागि जटही रुटको विकास गरी भारतको पिपरौनमा भन्सार कार्यालयको स्थापन गर्न दूतावाससँग मागसमेत गरेका छन् ।
सुरक्षा अधिकारी पनि जनकपुर पुगे
यसैवीच भारतीय राजदूत जनकपुर पुगेसँगै काठमाडौंबाट सरकारी अधिकारीहरु पनि मोदी आउने बाटो हेर्न जनकपुर पुगेका छन् ।
जनकपुरमा सोमबारदेखि सुरक्षा अधिकारीहरुको सक्रियता बढेको हो । नेपाली सुरक्षाका अधिकारीसँगै भारतीय सुरक्षा टोलीले पनि जनकपुर भ्रमण गरेका छन् ।
नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र गृहसचिवसहितको टोलीले मंगलबार जनकपुरको स्थलगत अवलोकन गरेको छ ।
गृहसचिव सूर्यप्रसाद सिलवालसहित सुरक्षा निकायका प्रमुखले भारतीय प्रधानमन्त्री स्थलमार्गबाट जनकपुर आउने भएपछि जीर्ण जलेश्वर-जनकपुर सडकखण्डको स्थलगत निरीक्षण गरेका हुन् ।
सरकारी टोलीले भारतको सीतामढीसँग सीमाना जोडिएको भिठ्ठामोडसम्म पुगेर त्यहाँको सडक र सुरक्षाबारे सीमामा खटेका भारतीय सुरक्षाकर्मीसँग जानकारी लिएको छ ।
गृहसचिव सिलवालले सडक तत्काल मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालय मुजेलिया र शान्ति सुरक्षा बहाल गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई निर्देशन दिएका छन् ।
महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डलाई मर्मत सम्भार गर्न र उच्च सुरक्षा व्यवस्था मिलाउनसमेत सिलवालले निर्देशन दिएका छन् ।
अहिले विभिन्न सरकारी निकायहरुले बाटो मर्मत गर्ने कार्यमा चासो देखाएका छन् ।
जनकपुरको शहरी सडकको अवस्था जीर्ण रहेकाले आवत-जावतमा समस्या भइरहेको छ । अहिले आएर मोदी आउने बाटोलाई निर्माण गर्नमा तिव्रता दिइएको छ ।
यसअघि नै ठेक्का लागेको जनकपुर-जटही सडकखण्ड ठेकेदारको लापरवाहीका कारणले निर्माण हुन सकेको छैन । अहिले आएर विमानस्थलसम्म सडक निर्माण कार्यलाई तिव्रता दिइएको छ ।
भिठ्ठामोडदेखि जनकपुरसम्मको सडक दुरी १९ किलोमिटर छ । जसलाई मर्मत गर्ने कार्य सुरु भएको छ । भिठ्ठामोड-जलेश्वर-जनकपुर सडकखण्डको १९ किलो मिटरमा कालोपत्रे उकिएर हेरिनसक्नु खाल्डैखाल्डामा परिणत भएको छ । सडकमा ढुंगा, बालुवा, धुलो र पुराना ईंटा थुप्रिएका छन् ।
यद्यपि सडकको मर्मत गर्ने काम अहिले पनि थालिएको छैन । बर्षौदेखि अस्तव्यस्त बनेको यो सडक मर्मत सम्भारको मुख ताकिरहेको छ । जनकपुर नगर क्षेत्रको सडक र सरसफाइको दुरावस्था पनि सडकभन्दा कम छैन ।
मोदी जनकपुर आउने भएपछि जानकी मन्दिरलाई समेत सिँगार्न थालिएको छ । मोदीलाई देखाउन आवास तथा भौतिक योजना मन्त्रालयले भिठ्ठामोड-जलेश्वर-जनकपुर सडक मर्मतका लागि पर्याप्त बजेट उपलब्ध गराउने बताएको छ ।
तर, अहिलेसम्म सडक डिभिजन सडक कार्यालय मुजेलियालाई सडक मर्मत हुने वा नहुने भन्नेवारे अतोपत्तो छैन । डिभिजन सडक कार्यालय मुजेलियाका डिभिजन इन्जिनियर दिनेश अर्यालले बजेट आए पनि एक महिनामा १९ किलोमिटर सडकको मर्मत गर्न सम्भव नभएको बताए ।
मोदी जनकपुर आउन अब २० दिन पनि बाँकी छैन । यो अवधिमा सडकको मर्मत गर्नु भनेको चमत्कारबाहेक केही नठहरिने अर्याल बताउँछन् ।
अहिलेसम्म जनकपुरको जानकी मन्दिर छेउको तेलहा मरहा पोखरीमा विगतमा भत्काइएका संरचना यत्रतत्र छन् । स्थानीय रंगभूमिसमेत फहोरै फोहोर छ ।
सुरक्षा कडा पारिने
मोदीको जनकपुर भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिने स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानवीच मोदीको सुरक्षालाई लिएर नियमित बैठक बसिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए ।
जनकपुरको प्रसिद्ध जानकी मन्दिरबाट दर्शन गरेर मोदी हवाइजहाजबाट काठमाडौ जाने कार्यक्रम छ ।

Photo: मधेसमा भारतीय प्रभाव बढाउने मोदीको डिजाइन
जनकपुरको रंगभूमिमा भाषणको तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई विशुद्ध पूजापाठमा मात्रै सीमित नराखी मधेसमा भारतीय प्रभाव विस्तारका लागिसमेत भारतीय दूतावासले प्रयोग गर्ने भएको छ ।