मंगलवार, 16 सितंबर 2014

तरलता खिच्न थप १० अर्ब निक्षेप लिंदै राष्ट्र बैंक -

Nepal-Rastra-Bank-March-2काठमाडौं,भदौ ३१ – बजारमा अधिक तरलता भएपछि तरलता खिच्नका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ । त्यसका लागि केन्द्रीय बैंकले ३ महिनाको अवधिको निक्षेप संकलन गर्न लागेको हो । अहिलको बजारमा ४०–५० अर्बको हाराहारीमा रहेकोले त्यसको व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्ररीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट बोलकबोलमा निक्षेप संकलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप राख्नका लागि मंगलबारसम्म राष्ट्र बैंकमा ब्याजदरसहितको प्रस्ताव पेस गर्नुपर्ने छ, जसले कम ब्याजदर प्रस्ताव गर्न उसैबाट बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बजारबाट तरलता खिच्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरिने घोषणा गरेको थियो । यसका लागि केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणसम्बन्धी कार्यविधिसमेत जारी गरेको थियो । यसअघि भदौ पहिलो साता पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप उठाएको थियो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्ने यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दातमा (सीआरआर) मा गणना गर्न पाउँदैनन् । तर यो रकम वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात (लिक्विडिटी रेसियो) मा भने गणना गर्न पाउने बैंकले जनाएको छ । - 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें