को हुन्छ । कुनै दिन तपाईंलाई आफ्नो दिमाग नै आधा भएको अर्थात दिमाग पूरा विकसित नभएको थाहा भएमा यो खबले सायद तपाईंलाई ठूलै झट्का दिनसक्छ । यस्तै भएको छ एक २४ वर्षीया चिनियाँ महिलामाथि । उनी विश्वका ती आठ–नौँ मानिसमा गनिन्छिन् जसको दिमाग पूरा रुपमा विकसित भएको हुँदैन । टाउको दुखाई र बेहास हुने समस्या लिएर यी महिला डाक्टरकोमा उपचारको लागि गएकी थिइन् । डाक्टरहरुले उनको एमआरआई स्क्यान गरे र उनको अनुमष्तिस्क (सेरिबेलम) गायब देखेर निकै चकित भए । दिमागको यो हिस्सा थुप्रै क्रियाकलापहरुका लागि जिम्मेवार हुने गर्दछ जस्तै केहि हाउ–भाउ, शरिरको ब्यालेन्स, बोली, केहि सिक्ने क्षमता आदि । अनुमष्तिस्कमा दिमागको आधाभन्दा बढि तन्त्रिका कोसिकाहरु पाइने गर्दछ । डाक्टरहरुका लागि यो निकै आश्चर्यले भरिएको केस हो । डाक्टरहरुले पाए कि ती महिला कहिले पनि अरु बच्चाहरुजस्तै खेल्न, दौडिन सकिनन् । यस्तै उनी बिना साहारा राम्रोसँग हिँड्न पनि सक्षम छैनन् । डाक्टरहरुका अनुसार, महिलाको शब्दहरु बुझ्नमा केहि पनि समस्या छैन । दिमागको जुन हिस्सामा सेरिबेलम हुनुपथ्र्यो, त्यो हिस्सा खाली भएको डाक्टरहरुले पाए । उक्त महिलाको उपचार जारी छ । उनको विवाह भइसकेको छ र उनी एक बच्चाको आमा पनि हुन् । उनको बच्चालाई भने यस्तो कुनै पनि समस्या नभएको बताइएको छ । (एजेन्सी) - See more at:
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें