Rochak लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Rochak लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

गुरुवार, 3 सितंबर 2015

थारुमाथिको दमन कहिलेसम्म ?

Ramdas Chaudharyराम दास चौधरी
मैले राजनीतिशास्त्रको अध्ययन गर्दा राज्यको स्वरुपबारे पढेको थिएँ। जसमा स्पष्ट रुपमा लेखेको छ कि राज्यले जहिले पनि सत्तामा भएकाहरुको रक्षा गर्छ र सत्ता टिकाइराख्न जहिले पनि जुनसुकै कदम चाल्न र सबैथरीको (शाम, दाम, डण्ड, भेद) अस्त्र सस्त्रको प्रयोग गर्न पछि पर्दैन। यो कुरा आज मलाई लाग्दैछ। भाद्र ७ गतेको थारुहरुको शान्तिपूर्ण आन्दोलनको क्रममा झडपमा परी ७ प्रहरीसहित १ जना बालकको ज्यान गयो। जुन दुःखद घटना हो। त्यसलाई कसैले पनि राम्रो मान्न सक्दैन। घटनापछि टीकापुरमा कर्फ्यू लाग्यो। कर्फ्यू लागेका बेला थारुको घर, पसल र ठेलाहरु जलाइरँहदा पुलिस प्रशासन मुक दर्शक भएर हेर्‍यो। त्यहाँनेर पनि राज्यले सत्तामा रहेकाहरुको पक्षमा उभियो, मात्र थारुहरुको घर, जाय ज्यथा र सम्पत्तिमा दिनदहादै आगजनी गरियो, लुटियो।
पुलिस प्रशासन त किन गर्थे र तर मिडियाले पनि त्यो कुरा कहिले पनि बाहिर ल्याउन चाहेन। मिडिया त कम्तिमा स्वतन्त्र हुनु पर्ने र स्वतन्त्र तरिकाले समाचार प्रसारण गर्नुपर्ने। तर त्यसमा पनि राज्य सत्ताका नजिक रहेका र सत्तामा हालीमुहाली भएकाहरुको र आफ्नो निहित स्वार्थ लुकेकाले होला किन सत्यतथ्य बाहिर ल्याउँथ्यो र?
थारुको इतिहास बंग्याउँदै
थारुहरु नेपालका आदिवासी हुन् र नेपालका भूमिपुत्र हुन भन्नेमा कसैको विमति छैन। चाहे त्यो इतिहास होस् चाहे त्यो विज्ञान होस् दुबै कुराले प्रमाणित गरिसकेको कुरा हो। मलेरियाजस्तो प्राणघातक महामारीविरुद्ध थारुहरु तराईको जंगलमा बाँच्न किन सफल भए भन्ने कुरा विज्ञानले नै सावित गरिसकेको छ।
कुनै जाति त्यस भेगमा बसोवास गरेको सात हजार वर्ष बसोवास गर्दा मलेरियाजस्तो खतरनाक महामारी रोगसँग लड्ने क्षमताको विकास हुन्छ भनेर त्यसलाई आधार मान्ने हो भने पनि थारुहरु यस तराईमा ७ हजार वर्षभन्दा पहिलेदेखि बसोवास गर्दै आएको प्रमाणित हुन्छ। इतिहासै हेर्ने हो भने पनि सन १८१५ को सुगौली सन्धी हुँदा नेपालले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग ब्रिटिस इन्डिया कम्पनीले कब्जा गरेको थियो। पछि नेपालले ब्रिटिस इन्डिया कम्पनीलाई विभिन्न लडाईँमा सैनिक सहयोग गरेकोले इष्ट इन्डिया कम्पनीले नेपाललाई फिर्ता गर्‍यो। (नेपाल इतिहास) तर इतिहासले के प्रमाणित गर्छ भने बाँके, बार्दिया, कैलाली र कञ्चनपुरलाई चाहे ब्रिटिस सरकारले कब्जा गरेपनि र फिर्ता दिएपनि राज्यको सीमांकन फेरिँदा पनि र राज्यको सीमांकन खुम्चिदा पनि यस क्षेत्रका आदिवासी थारुको बस्ती यही नै रहिरहेको थियो।
यसरी विभिन्न दस्तावेजले नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म थारुहरुको बस्ती रहेको कुरा प्रमाणित हुन्छ। आइएलओ महासन्धि १६९ मा पनि के कुरा उल्लेख गरिएको छ भने आदिवासीहरु राज्यको सीमा छुट्टिँदा एउटै समूहमा बसिरहेका आदिवासीहरु पनि फरक-फरक राज्यमा पर्न गएको कुरालाई पुस्टि गर्छ। त्यसैले पछि तराईका आदिवासी थारुहरुको कोही नेपालको तराई जिल्लामा पर्न गए भने कोही भारतको भूमिमा पर्न गए। एउटा उदाहरणको रुपमा लिन सकिन्छ बर्दिया र कैलालीको थारु बस्तीहरु भारतको उत्तर प्रदेशको सीमानामा पर्ने गाउँमा थारु बस्तीहरु छन् भने कैलाली र कञ्चनपुरको राना थारुहरु भारतको सीमा पारी पनि हजारौं वर्षदेखि बसोबास गर्दै आएका छन्।
आदिवासी थारुहरु भारतमा ब्रिटिसहरुले राज्य गर्दा कैलाली र कञ्चनपुरमा थारु बस्ती थियो भन्ने कुरा ब्रिटिस इन्डिया कम्पनीसँग कैलालीको घना जंगलबाट काठहरु निकासी गर्ने बेला थारुसँग सम्झौता गरेको प्रमाणले पनि प्रमाणित गर्छ। (निवर्तमान थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष श्री प्रभात चौधरी) यति धेरै प्रमाणका बावजुद पनि शासन सत्तामा रहेकाहरुले थारुहरुको इतिहास र पहिचानमाथि ढावा बोलिरहेका छन्, जुन सरासर लगत देखिन्छ। यसले पनि सत्तामा रहेकाहरुले आफ्नो स्वार्थमा इतिहास बंग्याउन खोजिरहेको प्रमाणित हुन्छ र स्थानीय थारुहरुको भाषाबाट राखिएको नामलाई पनि बंग्याउने कार्य गरिँदैछ।
पहाडको बस्तीको नाम फरक तरिकाले राखिएको देखिन्छ भने तराईमा आदिवासीहरुको थारुहरुको बोली भाषाबाट ठाउँको नाम, नदी नाला र वन जंगलका नामहरु राखिएको देखिन्छ। कैलाली र कन्चनपुरमा पनि थारु भाषाबाट अर्थ लाग्ने नामहरु रहेका छन्, जुन पछि गएर परीवर्तन गरिएका छन्। त्यसैगरी विचुवाको पनि धेरै गलत अर्थ लगाइँदैछ। कन्चनपुरमा धेरै वटा गाबिसको नामको पछाडि विचुवा राखिएको छ।
राना थारु भाषाको विच्चा भन्ने शब्दबाट विचवा र विचुवा हुन गएको देखिन्छ। राना थारु भाषामा विच्चा भनेको खाली ठाउँ हो। घना जंगलको बीचमा खाली ठाउँ जहाँ बस्ती बस्न सकिन्थ्यो र बसेका थियो त्यसका नामबाट विच्चाबाट विचुवा हुन गएको देखिन्छ। जस्तै रैकर विच्चा (रैकवार विचुवा), वाइसी विच्चा (वाइसी विचुवा), रौतेली विचवा आदि। तर यहाँका शासकहरुले इतिहास बंग्याउन यसको पनि गलत अर्थ लगाइँदैछ। हुन त किन नलगाउलान् इतिहास जित्नेले लेख्छ भन्छन्, त्यही त होला नि राज्य सत्ताको आडमा जे अर्थ लगाए पनि जस्तो अर्थ लगाए पनि हुने नै भयो।
पहाडबाट ४ दिन झुक्किएर गाई चराउन आउनेले कैलाली र कन्चनपर हाम्रो आदि थलो भन्न के गाह्रो? राना थारुहरुलाई राउटे जस्तो फिरन्ते भन्न के गाह्रो? हो शासन सत्तामा थारुहरुको पहुँच कहिले पनि पुगेन, सोझा जाति खेतीपातीमा रमाउने र अरुलाई सकेसम्म दुःख नदिने र मिलनसार स्वभावका थारु जातिहरु माथि रजाइ गर्न सजिलो थियो। चाहे त्यो राणा शासन होस्, चाहे त्यो निरंकुश पञ्चायती व्यवस्था, चाहे २०४६ सालपछिको प्रजातन्त्र होस् वा वर्तमान अवस्थाको गणतन्त्र वा लोकतन्त्र जे जे नाम दिए पनि सोझा थारुको शासन सत्तामा कहिले पनि पहुँच पुग्न सकेन र केवल उनीहरुमाथि राज गरियो, रजाइ गरियो, शासन गरियो।
राणा शासनमा पनि विर्ताको नाममा थारुहरुको जग्गालाई विरता भनि राज्य सत्ताको आसपासमा रहेका भाइ भारदारहरुलाई जिम्मा लगाइयो। अनि जमिनमाथि द्वैध स्वामित्व सिर्जना गरियो। पञ्चायती व्यवस्थामा पनि भूमि सुधारको नामबाट थारुहरुको जग्गा माथि कुठाराघाट गरियो। चर्को करका कारण थारुहरुले जग्गा गुमाउनु परेको र करको तिरोतिर्न नसकी जग्गा नै गुमाएको घटना अर्जुन गुणरत्नेले उल्लेख गरेका छन्।
त्यसैगरी सोझा थारुलाई विभिन्न जालझेल गरी उनीहरुको जग्गा हडपियो चाहे मित लगाएर होस् वा ऋणमा झुक्काएर होस् वा जाँड रक्सी खुवाएर होस्। जसरी भए पनि थारुहरुको जग्गा हड्पियो र उनीहरुलाई कमैया बन्न र दास बन्न बाध्य गराइयो। यसरी थारुहरु कहिले पनि मालिक वा शासक हुन सकेनन्। चाहे त्यो राणा शासन होस्, चाहे त्यो पञ्चायति व्यवस्था होस् वा प्रजातन्त्र होस् वा गणतन्त्र नै होस् आखिर शासक उही नै हुन् शासन उनीहरुकै छ र सत्ता उनीहरुकै वरिपरि रहेको छ। तर थारु, मधेसी, आदिवासी जानजाति र दलितहरु त्यही शासनको प्रजा नै भएका छन्। शासन फेरिएको छ, मान्छे फेरिएका होलान् तर सत्ता उही वर्ग र उही समुदायको पकडमा छ।
त्यसैले त होला उही शासक वर्ग र समुदायले सोझा आदिवासी थारुमाथि शासन गर्दै आएका छन्। थारुलाई अझै पनि दमन गर्न छाडेका छैनन्। चाहे पञ्चायतकाल होस् वा माओवादी जनयुद्धको नाममा होस्। माओवादी जनयुद्धमा पनि सबै थारुलाई माओवादीको विल्ला भिडाइयो। सेना प्रहरीको बन्दुक सबै थारुमाथि तेर्स्याइयो र सबै थारुहरु सेना प्रहरी र प्रशासनको दमनमा परे र पारियो। धेरै निर्दोष थारुले अकालमा ज्यान गुमाउनुपर्‍यो भने कोही बेपत्ता पारिए तर उनीहरुको रगतमा शासन गर्ने र सत्तामा रजाई गर्ने उही वर्ग र समुदायका मान्छेले मौज गरे।
आज २१औं शताब्दीमा थारुहरु सचेत भएका छन्, जागरुक भएका छन् र उनीहरु पनि आफ्नो हक अधिकारको कुरो उठाइरहेका छन्। आज उनीहरुले हामी यो देशको धर्ति पुत्र हौं, हाम्रो पनि यस राज्यमा पहुँच हुनुपर्छ, हाम्रो पनि यस देशमा पहिचान हुनुपर्छ भन्ने आवाज उठाइराखेका छन्। आज नेपालको एक धर्तिपुत्र थारु जाति आफ्नो पहिचान र अधिकार खोजिरहँदा उसलाई आतंककारीको बिल्ला भिडाइएको छ।
आन्दोलनको क्रममा झडपमा पुलिस मारिँदा सबै थारुलाई अपराधीको विल्ला भिडाइएको छ। आज पनि उसलाई बन्दुकको गोलीले दमन गर्न खोजिँदैछ, जुन बन्दुकको गोली किन्न उसैको खुन पसिना पनि बगेको छ। जबसम्म ऊ कमैया वा दास भएर बस्दा सहेर बस्दा थारु समुदाय मिलेर बसेको संज्ञा दिइन्छ। आज आफ्नो हक र अधिकारको कुरा गर्दा ऊ नै समाजमा सद्भाव खलबलाउन खाजेको भनिएको छ। उसले आफ्नो अधिकार माग्नु नै गलत छ भने, उसको पहिचान नै यस देशलाई चाहिँदैन भने र यस देशको धर्तिपुत्र होइनन् भने यहाँका शासकहरुले भन्नुपर्यो, कि तिमीहरु यस देशका नागरिक होइनौं। तिमीहरु जन्मेको नै हाम्रो दास बन्नका लागि हो, भन्नुपर्यो तिमीहरु जन्मेकै हामीहरु जे जे भन्यो त्यही मान्ने हो र हामीले जे भन्यो त्यही गर्नका लागि हो।
तिमीहरुको यस देशमा कुनै पनि लगानी छैन। यदि होइन भने यहाँका शासकहरुले बुझ्नुपर्यो थारुहरुको माग जायज छ। उनीहरुलाई पहिचान दिनुपर्छ, उनीहरुलाई पनि यस देशको नागरिक सरह व्यवहार गरिनुपर्छ नाकि अपराधिको? अहिलेको शासन सत्तामा बसेकाहरुले थारुप्रति न्याय गर्ने हो भने अविलम्ब थारुमाथिको दमन रोकी उनीहरुको माग पूरा गर्नुपर्छ, अनिमात्र २ सय ५० वर्षदेखिको थारुमाथि गरिएको उत्पीडन अन्त्य भएको मान्न सकिन्छ।

शनिवार, 18 अप्रैल 2015

मिनबहादुर शेरचनले ८३ वर्षको उमेरमा सगरमाथा चढ्ने


Min-bahadur-serchan
५ वैशाख, काठमाडौं । ८३ वर्ष ९ महिनाका मिनबहादुर शेरचन सगरमाथा चढ्ने तयारी गरेका छन् । उनले अनुमति लिइसकेका छन् ।
लोकतन्त्र दिवसका दिन शिखरमा पुग्ने लक्ष्यका साथ सगरमाथा आरोहण थाल्ने तयारी शेरचनले गरेका छन् । ‘हामीलाई चाहिने सरकारी परमिट लिई सकेका छौं’ हिमालयन गाईड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।
सन २००८ मा ७६ बर्षको उमेरमा शेरचनले पोका आरोहीको कीर्तिमान बनाएका थिए । उनले जापानका ७५ बर्षका युचिरो मिउराले कीर्तिमान भङ्ग गरेका थिए । तर, २०१३ मा युचिरोले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गर्दै शेरचनको वल्र्ड रेकडको उपाधी खोसे ।
गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागि सगरमाथाको क्याम्प वानसम्म पुगेका थिए । तर, प्रतिकुल मौसमका कारण फर्किए ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार शेरचन सगरमाथा चढ्नका लागि शारीरीक रुपले तन्दरुस्त छन् । शेरचनले पनि आफू पूर्ण स्वस्थ रहेको भन्दै यो पटक सगरमाथा आरोहण गरेर मात्र र्फकने बताए ।

शनिवार, 8 नवंबर 2014

केटी छेऊमा राखेर गाडी चलाउने ड्राइभरलाई ५ हजार जरिवाना हुने

उदयपुर, कात्तिक २२ – उदयपुरको पश्चिमी बजार कटारीबाट चल्ने गाडीमा दुर्घटना कम गर्न भन्दै नयाँ उपाय अपनाइएको छ । इलाका प्रहरी कार्यालयले दुर्घटना कम गर्ने भन्दै गाडीमा ड्राईभरसँगैको सिटमा युवती र महिलाहरुलाई बस्न निषेध गरेको छ ।
कानुनी रुपमा अवैध भएपनि व्यवहारिक रुपमा चालकसँगै युवतीहलाई वस्न नदिईएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले वताउनुभयो । प्रहरी र यातायात व्यवसायीहरुको सहमतिमा यस्तो निर्णय गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले वताउनुभयो । निर्णयको उल्लघन गरी ड्राइभरले आफूसँगैको सिटमा युवती वा महिला राखेर सञ्चालन गरेको पाईएमा ५ हजार रुपैयाँसम्म जरिवाना गरिने पौडेलले वताउनुभयो ।
ड्राइभरसँगैको सिटमा युवती राख्दा ड्राइभर गफमा भुलिने र जसले गर्दा दुर्घटना हुन सक्ने सम्भावना रहेकाले यस्तो निर्णय गरिएको हिमाली यातायात व्यवसायी संघ कटारीका कार्यालय प्रमुख शत्रुधन कार्कीले वताउनुभयो ।
बैठकले लामो दुरीका गाडीमा दुई जना चालक अनिवार्य व्यवस्था गर्ने निर्णय गरेको छ । कटारीबाट गाडी लैजानेबेला दुईजना ड्राइभरको नामावली दर्ता गरेर जाने गरेको भएपनि दुई ड्राइभर भए नभएको प्रभावकारी अनुगमन अझै हुन नसकेको प्रमुख कार्कीले वताउनुभयो ।
कटारी क्षेत्रबाट पाँच दर्जन यात्रुबाहक बस र झण्डै चार दर्जन सुमो सञ्चालनमा छन । उपल्लो सगरमाथाको नाकाको रुपमा चिनिने कटारीबाट सोलुखुम्बु, खोटाङ र ओखलढुंगासम्म जाने गाडी बढी दुर्घटनामा पर्ने गरेका छन् ।

बुधवार, 1 अक्टूबर 2014

गुरुवार, 25 सितंबर 2014

Lets have some fun in Dashain

दशैमा मनोरन्जन गर्न पूर्वतैयारी , लौ जौ पिङ खेल्न च. उ. मा. वि. को प्रङगनमा


- By Rajaram Das <Prince Alex>

झिझिया फेस्तिवल २०१४

Siraha City,आज मिती २०७१ साल ६ महिना ९ गते को दिन हुन गैरहेको
झिझिया फेस्तिवल को रायली बिहान सम्पन्न  र प्रोग्राम साँझ च. उ. मा. वि. को प्राङ्गनमा हुनेछ भन्ने सुचित गरिन्छ |

मंगलवार, 16 सितंबर 2014

भोलिदेखि नयाँ नोट वितरण गरिने

money1काठमाडौँ, भदौ ३१ – नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले भोलिदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राप्ति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहिआएकाले बर्सेनि केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ । यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले प्रतिव्यक्ति रु ५, १० र २० का दुई÷दुई प्याकेट र रु ५० र १०० दरका एक÷एक प्याकेट गरी रु २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने बताए । विभिन्न बैंक तथा वित्तीय संस्था एवम् सरकारी कार्यालयका लागि भने केही दिनपछिबाट मात्र ती संस्थाको मागअनुसार राष्ट्र बैंकले पटक÷पटक गरेर नयाँ तथा सफा नोट वितरण गर्ने तयारी गरेको छ । यस वर्ष रु २० देखि २५ अर्बबराबरको नयाँ नोट र सोहीबराबरका सुकिला नोट गरी रु ४५ अर्ब बजारमा पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । सबै जिल्लामा पु–याउनका लागि ठूलो परिमाणमा नयाँ नोट वितरण गर्नुपर्ने अवस्था आएको प्रवक्ता श्रेष्ठको भनाइ छ । चाडपर्वको अवसरमा नयाँ नोट बढी फोहर हुने भएकाले सकेसम्म अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ । सबैभन्दा बढी प्रयोगमा आउने रु पाँच, १०, २० का नोटको आयु एक वर्षमात्र हुने भएकाले सुरक्षित प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी रु ५०, १००, ५०० र एक हजारको दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले कम फोहर हुने गरेको छ । प्रवक्ता श्रेष्ठले नयाँ नोट छाप्न र पुराना नोट धुनका लागि राष्ट्र बैंकले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनका लागि सर्वसाधारणमा 

ओहो ! दिमाग आधा तरपनि बाँचिरहेकी छिन् साधारण जीवन -

brainको हुन्छ । कुनै दिन तपाईंलाई आफ्नो दिमाग नै आधा भएको अर्थात दिमाग पूरा विकसित नभएको थाहा भएमा यो खबले सायद तपाईंलाई ठूलै झट्का दिनसक्छ । यस्तै भएको छ एक २४ वर्षीया चिनियाँ महिलामाथि । उनी विश्वका ती आठ–नौँ मानिसमा गनिन्छिन् जसको दिमाग पूरा रुपमा विकसित भएको हुँदैन । टाउको दुखाई र बेहास हुने समस्या लिएर यी महिला डाक्टरकोमा उपचारको लागि गएकी थिइन् । डाक्टरहरुले उनको एमआरआई स्क्यान गरे र उनको अनुमष्तिस्क (सेरिबेलम) गायब देखेर निकै चकित भए । दिमागको यो हिस्सा थुप्रै क्रियाकलापहरुका लागि जिम्मेवार हुने गर्दछ जस्तै केहि हाउ–भाउ, शरिरको ब्यालेन्स, बोली, केहि सिक्ने क्षमता आदि । अनुमष्तिस्कमा दिमागको आधाभन्दा बढि तन्त्रिका कोसिकाहरु पाइने गर्दछ । डाक्टरहरुका लागि यो निकै आश्चर्यले भरिएको केस हो । डाक्टरहरुले पाए कि ती महिला कहिले पनि अरु बच्चाहरुजस्तै खेल्न, दौडिन सकिनन् । यस्तै उनी बिना साहारा राम्रोसँग हिँड्न पनि सक्षम छैनन् । डाक्टरहरुका अनुसार, महिलाको शब्दहरु बुझ्नमा केहि पनि समस्या छैन । दिमागको जुन हिस्सामा सेरिबेलम हुनुपथ्र्यो, त्यो हिस्सा खाली भएको डाक्टरहरुले पाए । उक्त महिलाको उपचार जारी छ । उनको विवाह भइसकेको छ र उनी एक बच्चाको आमा पनि हुन् । उनको बच्चालाई भने यस्तो कुनै पनि समस्या नभएको बताइएको छ । (एजेन्सी) - See more at: 

दुलाहा आठ महिनाको गर्भवती, अर्जेन्टिनामा भयो अचम्मको विवाह (फोटोफिचर) -

man pregmantगर्भवती भएकोले चाँडै विवाह गरेको खबर धेरैजनाले सुन्नुभएकै होला तर यहाँ एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । अर्जेन्टिनामा एक आठ महिनाको गर्भवती दुलाहाले आफ्नी दुलहीसँग धुमधामका साथ विवाह गरेका छन् । तपाईंहरु यो खबरले अचम्ममा पर्नुभयो होला । वास्तवमा के हो भने, यी आठ महिनाका गर्भवती दुलाहाको नाम एलेक्सिस ताबोरदा जो जन्मजात एक महिला हुन् र जुन महिलासँग उनी विवाह गर्दै छन् उनी क्यारेन ब्रुसलेरिया हुन् जो जन्मजात एक पुरुष हुन् । उनीहरुले एक अर्काको पहिचान बदलेका छन् तर सेक्स भने परिवर्तन गरेका छैनन् । एलेक्सिस आफैलाई पुरुष बताउँछन् र क्यारेन आफूलाई महिला बताउँछिन् । उनीहरुको कानुनी स्टेटस पनि यहि भइसकेको छ । एलेक्सिस र क्यारेन दुबै ट्रान्ससेक्सुअल एण्ड ट्रान्स्जेन्डर राइट्स एक्टिभिस्ट हुन् । यी दुबैको भेट अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा भएको थियो जहाँ दुबैजना ट्रान्स्सेक्सुअल एण्ड ट्रान्सजेन्डर राइट्सका लागि लडिरहेका थिए । सन् २०१०मा अर्जेन्टिना समान सेक्स भएका जोडिको विवाहको लागि अनुमती दिने ल्याटिन अमेरिकाको पहिलो देश बनेको छ । दुई वर्षपछि अर्को कानुनद्वारा ट्रान्ससेक्सुअलका लागि नेशनल आइडी पाउने बाटो पनि खोलियो । नयाँ आइडीको अनुसार ट्रान्ससेक्सुअल व्यक्ति आफ्ना लागि त्यहि जेन्डर छान्न पाउँछ जुन उनी आफूलाई चिनाउन चाहन्छन् । यदि कानुनको सहायताले नै यी ट्रान्ससेक्सुअल जोडिले औपचारिक विवाह गर्ने सपना पुरा भएको छ । २६ वर्षका ताबोदरा जो कानुनी रुपमा अब पुरुष हुन्, भन्छन्, ‘पहिला हाम्रो क्याथोलिक चर्चमा विवाह गर्ने इच्छा थियो त्यसकारण हामीले अर्जेन्टिनाको पोप फ्रेन्सिसलाई इमेल गर्यौँ तर त्यहाँबाट केहि जवाफ आएन । म अहिले ३३ हप्ताको गर्भवती छु, तर मातृत्वको आभाष त्यति धेरै भएको छैन तर क्यारेन बच्चाको किक र ममा देखिएको लक्षणलाई महसुस गर्न चाहन्छिन् ।’ यो अचम्मको विवाहमा दुबैका परिवारले निकै उत्साहका साथ भाग लिएका छन् । ताबोरदा २२ डिसेम्बरमा शल्यक्रियामार्फत आफ्नो बच्चालाई जन्म दिँदैछन् । यो जोडीको भनाई अनुसार उनीहरु आफ्नी छोरीको नाम जेनेसिस एन्जेलिना राख्नेछन् । (एजेन्सी) -