clealing लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
clealing लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 27 जनवरी 2017

तरेगना गोबिन्दपुर खुदिमु घोषणाको अन्तिम चरणमा

सिरहा,माघ १४  । लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरमा रहेको मुसहर समुदायका बासिन्दाहरुले  खुल्ला दिशामुक्त अभियानका अभियानकर्मीहरुलाई देख्ना साथ चर्पी अवलोकनका लागि अनुरोध गर्न थाल्यो । त्यो टोली घरको नजिक नपुग्दै उर्मिला सदाले भनिन्,‘सर, मैले पनि चर्पी बनाए ।’
फुसको दुईवटा स–साना घर छन् । बसोवास घरको उत्तरपट्टी उर्मिलाले आफ्नो आर्थिक क्षमता अनुसार फुसकै चर्पी बनाएकी थिइन् । धेरै पहिले बनाएको चर्पी केही जीर्ण देखिएको थियो । अवलोकन टोलीले दिएको सुझाव अनुसार एकै दिनमा स्थानीय सामग्री उपयोग गरेर चर्पी मर्मत गरिन्, उर्मिला ।
उर्मिला मात्र नभएर तरेगना गोविन्दपुरबासी नै खुल्ला दिशामुक्त गर्न लागी परेका छन् । त्यो ठाउँमा पुग्नेहरुले कुनै दृष्य हेर्न पाउछ भने त्यस मध्ये गाउँलेहरुले बनाइराखेको चर्पीको दृष्य अवश्य देख्न पाउछन् । खासगरेर त्यहाँको दलितबस्तीका बासिन्दाहरु खुल्ला दिशामुक्त अभियानमा निकै सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ ।
गाउँका विभिन्न ठाउँमा कत्तै रिङ्ग बनिरहेको छ । कत्तै चर्पी बनाउन हद खनिरहेका हुन्छन् त कत्तै पुराना चर्पीहरु मर्मत गर्ने गरेको पाउन सकिन्छ । के बृद्ध, के युवा, को बालबालिका सबैले आ–आफ्नो स्थानबाट गाउँलाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ । 
खुल्ला दिशामुक्त हुनु यो एक प्रकारको अभियान भएको दर्साउदै स्थानीय सुरतिया सदाले घर–घरमा चर्पी बनेर नियमित रुपमा प्रयोग भइराख्यो भने हामीलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार चर्पी नभएर खुल्ला रुपमा दिशा पिसाव गर्नाले धेरै प्रकारका रोग लाग्ने गरेको विभिन्न गोष्ठिहरुमा थाहा पाए । खुल्ला रुपमा गरिने दिशा पिसावका कारण लाग्ने रोगको सिकार विपन्न दलित नै हुने गरेको उनले दाबी गर्दै नियमित रुपमा चर्पी प्रयोग गर्न समुदायका सबैसँग आग्रह गरे । 
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य धिरेन्द्र साह सम्लित कर्मचारी, अभियानकर्मीहरुको चर्पी अनुगमन टोली गएको एक हप्तायता तरेगना गोविन्दपुरमा चर्पी निर्माण तथा नियमित प्रयोगको अवस्था अवलोकन गरे । 
‘बाजे, कता हुनुहुन्छ ? के, हजुरको घरमा चर्पी बनेको छ ? हो, भने नियमित रुपमा प्रयोग गरिराख्नु भएको छ कि कसो ?’ यी र यस्ता प्रश्न गर्दै विहान ४ देखि ८ बजेसम्म तथा साझा ५ देखि ७ बजेसम्म घरदैलो गरेको हो । चर्पी निर्माण तथा प्रयोगको अवस्था अवलोकन गर्नुका साथै महिलाको निम्ति चर्पीको नियमति प्रयोगको महत्वबारे दर्साइएको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) की बरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन कुमारी चौधरीले बताइन् । 
गाउँलाई खुल्ला दिशामुक्त बनाउन पूर्व गाविस अध्यक्ष गडुल बहादुर मगरको सक्रियता बढेको छ । टोलीसँग सहजीकरण गर्दै समस्या देखिको ठाउँहरुमा स्थानीयहरुलाई सम्झाउन विहान र साझ गाउँ घुम्दै आएका छन् । स्थानीयहरुका अनुसार टोली आउनु केही दिन अघि देखि नै व्यक्तिगत रुपमा पनि उनी चर्पी अवलोकन गर्दै आएका छन् ।
पूर्व गाविस अध्यक्ष मगरलाई केही स्थानीयहरुले सहयोग पनि गर्दै आएका छन् । उनीहरुले गाउँको हरेक घरमा घरदैलो अभियानलाई निरन्तरता दिँदै आएको हो । तत्कालिन अवस्थामा चर्पी निर्माण तथा प्रयोगको अवस्था सर्वेक्षण गर्दा ४ सय ८० घर मध्ये ३ सय ४ घरमा चर्पी रहेको प्रयोग भइरहेको भेटिएको सामाजिक परिचालक उमा कुमारी कट्वालले बताइन् । उनले अब ५÷६ घर मात्र बाँकी छन् त्यो पनि निर्माणको क्रममा रहेकोले माघभित्र खुल्ला दिशामुक्त हुने दाबी गरिन् ।
‘हामी आफ्नो तर्फबाट धेरै अघि देखि अभियानमा लागेका थियौं,’स्थानीय बैधनाथ साफीले अबलोकन टोलीलाई भने भने,‘तपाईहरु बाहिरबाट आएर हामीलाई ठुलै सहयोग पुगेको छ ।’ बाहिरबाट आउने व्यक्तिहरुबाट स्थानीयहरु प्रभावित भएर चर्पी बनाउन र नियमित प्रयोग गर्न राम्रो तत्परता देखाउने गरेको उनले दाबी गरे । 
घरदैलो गर्ने अभियानकर्मीहरुलाई गाउँमा खुल्ला दिशामुक्त अभियानप्रति देखाएको सक्रियताबाट स्वास्थ्य चौकीमा कार्यरत अनमी अर्चना लामा प्रभावित भइन् । ‘आज फलानो गाउँ खुदिमु घोषणा भयो । त्यो गाउँमा खुदिमु घोषणा गर्न घरदैलो भयो,’जस्ता सूचना सुन्दा आफु निकै प्रभावित हुन्थे उनी भन्छिन्,‘आफ्नो गाउँलाई खुदिमु घोषणा गर्न के भइरहेको छ । त्यो जान्न र सक्रिय हुन धेरै दिन देखि चासो थियो तर कोंही साथी नभएर सोचेरै बस्थे ।’ उनले गाउँलाई खुदिमु घोषणा गर्न हुने हरेक कार्यक्रममा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरिन् । खुल्ला दिशामुक्त वडा घोषणा गराउन नेपाल स्वास्थ्यका लागि पानी नेवाले समुदायमा सहजीकरण गर्दै विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।   

पत्रकारको सक्रियतामा बल्कवा खुदिमु क्षेत्र घोषणा

सिराहा । सधैंभरी कलम चलाएर समाज रुपान्तरणमा योगदानमा दिने पत्रकारहरुले सिरहामा दिनरात खटेरै गोलबजार नगरपालिकाको एउटा वडा खुल्ला दिसामुक्त बनाएका छन् ।

सिरहामा गठित सरसफाई तथा स्वच्छताका लागि पत्रकार समन्वय समिति (जेवाससिसी) ले १ सय १५ दिन खटेर गोलबजार नगरपालिकाको वडा ११ रहेको आशोपुर बल्कवालाई खुल्ला दिसामुक्त क्षेत्र बनाएका छन् । ८ सय ४३ घरधुरीमध्ये शौचालय निर्माण हुन नसकेका २ सय २५ घरधुरीमा आफैंले खटेर शौचालय निर्माण गर्न लगाएपछि आशोपुर बल्कवाले बुधबार खुल्ला दिसामुक्त वडाको रुपमा मान्यता पाएको हो ।

सन २०१६ सम्म खुल्ला दिसामुक्त क्षेत्र बनाउनुपर्ने उक्त वडामा कसैगरी पनि निर्धारित समयमा उक्त अभियानले पुरा हुनसक्ने अवस्था देखिएको थिएन । सोको कारण खोज्न आशोपुर बल्कवा पुगेका जेवाससिसीको टोलीले त्यहाँ बसोबास गर्ने दलित र विपन्न समुदायकै वस्तीमा शौचालय निर्माण हुन नसकेको देखेपछि आफैंले खटेर शौचालय निर्माण गर्न सघाऊ पु¥याउने महसुस ग¥यो ।
त्यसपछि त के, पालैपालो जिल्लाका अधिकांश सञ्चारकर्मी आशोपुर बल्कवा पुग्न थाले । खाल्टो नखनेका घरधुरीलाई खाल्टो खन्न लगाए, रिड्ढ नगाडेको ठाउँमा रिड्ढ गाड्न लगाए तथा जानेर बुझ पचाउने समाजका केही ढीठहरुलाई हात जोडेरै शौचालय बनाउन लगाए ।
त्यस वडामा केही वर्ष अगाडि सुनौलो हजार दिनको कार्यक्रम मार्फत केही घरमा शौचालयको हदको लागि प्रयोग हुने रिड्ढ बाँडिएको रहेछ, जेवाससिसी सिरहाका संयोजक दिनेश्वर प्रसाद गुप्ताले भने, त्यसको रिसमा रिड्ढ नपाएका व्यक्तिहरुले शौचालय बनाउन मानेका रहेनछन् ।
हामीले विन्ती भाऊ चढायौ हात जोड्यौ त्यतिले मात्र नपुगेर कतिपय घरको कुनामा आफैंले कोदालोले खाल्टो पनि खन्यौ, उनका अनुसार, पछि त शौचालय बनाउन नमान्नेहरु आफैंले शौचालय बनाउन थाले ।
सञ्चारकर्मी साथीहरु नलागिदिएको भए शायद यो वडा खुल्ला दिसामुक्त हुँदैनथ्यो होला, आशोपुर बल्कवामा आयोजित घोषणासभामा बोल्दै सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतले बताए । खुल्ला दिसामुक्त अभियानमा सिरहाका सञ्चारकर्मीहरुको योगदान अतुलनीय रहेको उनले सुनाए ।

बुधवार, 25 जनवरी 2017

साप्ताहिक सरसफाई अभियान अन्तर्गत आज ४४ औ सप्ताह सम्पन्न

साप्ताहिक सरसफाई अभियान अन्तर्गत आज ४४ औ सप्ताह सम्पन्न भएको छ | आज साप्ताहिक सरसफाई अन्तर्गत आज हटिया सुब्बा पोखरी र चिल्ड्रेन पार्क वरिपरी सफाई गरिएको छ |


मंगलवार, 24 जनवरी 2017

वडा स्तरीय सरसफाई सम्मेलन सम्पन्न

सिरहा, ११ माघ । वडा स्तरीय सरसफाई सम्मेलन सिरहा नगरपालिकाको वडा नं. १० नरहैयाको दुर्गा मन्दिर प्राङ्गनमा मंगलबार सम्पन्न भएको छ । 
एक घर एक चर्पी सिरहाको शान, पूर्ण सरसफाई युक्त नगरपालिका हाम्रो पहिचान नाराका साथ आयोजना गरिएको सो सम्मेलनले सिरहा न.पा. वडा नं. १० र ११ लाई पन्ध्र दिन भित्र खुल्ला दिशा मुक्त घोषणा तथा खुल्ला रुपमा दिशा गर्नेलाई ५ सय जरिवाना गरिने निर्णय गरेका छन् ।
सिरहा नगरपालिकाको आयोजनामा भएको 
सो कार्यक्रम नेपालका लागि पानी (नेवा) गाइघाटको सहयोगमा भएको कार्यक्रममा सिरहा न.पा.का सरसफाई प्रमुख सुरेश चोरवारको अध्यक्षतामा जिल्ला विकास समितिका योजना अधिकृत बासुदेव यादवको प्रमुख आतिथ्यमा विशिष्ठ अतिथि को.ले.नि.का. का निमित प्रमुख श्याम सुन्दर साह, सिचाई डिभिजन कार्यालयका लेखा अधिकृत प्रमाणन्द मण्डल, जिविसका विनोद पासवान तथा अतिथिहरु नेवाका बिष्णु पौडेल, वाडवा सिसि सदस्य लट्टु पासवान, सत्य नारायण मुखिया, जुगाल किशोर कामती, जहरा मण्डल, शत्रुधन ठाकुर, समाजसेवी, बुद्धिजिवी, स्थानिय राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको सिरहा न.पा.का सरसफाई प्रमुख चोरवारले बताएकाछन् ।