Accedent लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Accedent लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

बुधवार, 25 जनवरी 2017

कलंकीमा चिनियाँ क्रेन पल्टिँदा चालक घाइते

काठमाडौं 
माघ १२, २०७३- काठमाडौंको कलंकी चोकमा बुधबार बिहान चिनियाँ क्रेन पल्टिँदा चालक घाइते भएका छन् ।
सडकमा काम गरिरहेका चिनियाँ कामदार र प्राविधिकहरुले ठुलठूला जेनेरेटर जस्ता सामान सार्न प्रयोग गरिएको क्रेन सडक किनारामा पल्टिएको ट्राफिक प्रहरीका इन्स्पेक्टर विमल थापाले जानकारी दिए । बिहान करिब ९ बजे पल्टिएको क्रेनका कारण सडक किनारामा रहेको टहराको हाेटल किचेको छ ।  ।
क्रेन अहिले नै उठाउन सक्ने अवस्था नरहेको इन्स्पेक्टर थापाले बताए । चिनियाँहरुले कलंकी चोकमा अन्डर ग्राउण्ड सडक निर्माण गर्दै आएका छन् ।
सडक विस्तारका कारण काठमाडौं उपत्यकाका सडकखण्डमा दुर्घटना र धुलोधूवाँले प्रदूषण बढाएको छ ।

गुरुवार, 19 मई 2016

Update : लमजुङमा बस दुर्घटना : ९ को मृत्यु, ९ गम्भिर घाइते

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा आज साँझ बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना१ख ४१२६ नंको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
घाइतेहरुको तमौली अस्पताल तनहुँमा उपचारको लागि पठाइएको छ ।
करिब २५ जना सवार उक्त बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
घटना भएको स्थान प्रहरी चौकीबाट २ घण्टाको फरकमा रहेकाले तत्काल घटनास्थलमा प्हरी पुग्न नसकेको कारण ड्राइभर फरार भएको प्रहरीले बताएको छ ।
घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।