शनिवार, 8 नवंबर 2014

केटी छेऊमा राखेर गाडी चलाउने ड्राइभरलाई ५ हजार जरिवाना हुने

उदयपुर, कात्तिक २ – उदयपुरको पश्चिमी बजार कटारीबाट चल्ने गाडीमा दुर्घटना कम गर्न भन्दै नयाँ उपाय अपनाइएको छ । इलाका प्रहरी कार्यालयले दुर्घटना कम गर्ने भन्दै गाडीमा ड्राईभरसँगैको सिटमा युवती र महिलाहरुलाई बस्न निषेध गरेको छ ।
कानुनी रुपमा अवैध भएपनि व्यवहारिक रुपमा चालकसँगै युवतीहलाई वस्न नदिईएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले वताउनुभयो । प्रहरी र यातायात व्यवसायीहरुको सहमतिमा यस्तो निर्णय गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले वताउनुभयो । निर्णयको उल्लघन गरी ड्राइभरले आफूसँगैको सिटमा युवती वा महिला राखेर सञ्चालन गरेको पाईएमा ५ हजार रुपैयाँसम्म जरिवाना गरिने पौडेलले वताउनुभयो ।
ड्राइभरसँगैको सिटमा युवती राख्दा ड्राइभर गफमा भुलिने र जसले गर्दा दुर्घटना हुन सक्ने सम्भावना रहेकाले यस्तो निर्णय गरिएको हिमाली यातायात व्यवसायी संघ कटारीका कार्यालय प्रमुख शत्रुधन कार्कीले वताउनुभयो ।
बैठकले लामो दुरीका गाडीमा दुई जना चालक अनिवार्य व्यवस्था गर्ने निर्णय गरेको छ । कटारीबाट गाडी लैजानेबेला दुईजना ड्राइभरको नामावली दर्ता गरेर जाने गरेको भएपनि दुई ड्राइभर भए नभएको प्रभावकारी अनुगमन अझै हुन नसकेको प्रमुख कार्कीले वताउनुभयो ।
कटारी क्षेत्रबाट पाँच दर्जन यात्रुबाहक बस र झण्डै चार दर्जन सुमो सञ्चालनमा छन । उपल्लो सगरमाथाको नाकाको रुपमा चिनिने कटारीबाट सोलुखुम्बु, खोटाङ र ओखलढुंगासम्म जाने गाडी बढी दुर्घटनामा पर्ने गरेका छन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें