यस पालिको छठी मैयाको आगमन सफा पोखरीमा
सिराहा २६आशिन, हाम्रो महान चाड पर्ब बड़ा दशैं धेरै धूम - धाम ले संपन्न भयो ।दशहराको पाहिलो दिन कमला नदी लगायत बिभिन्न पोखरी र कुँआ बाट पबित्र जल बलुआ र माटो ल्याएर दुर्गा माताको आराधना बैदिक मंत्र उचारण र जमरा पूजा गरेर स्थापना गरयौ ।माताको आशीषले रमाइलो ढंगले नै दशहरा पनि बित्यो ।आज बिहान दुर्गा माता को विसर्जन पूजा गरेर पनि उहाँको मूर्ति र १० दिन सम्म पूजा आजा गरेका सामग्रीहरु पनि पोखरीमा प्रबाह गरि दूर्गा माँ संग क्षमा याचना मांगेर् फेरी आउने बर्षमा सुख ,समृद्धि र शांति लिएर आउन्को लागी आग्रह गरेको छौ।अब २० दिनमा हाम्रो घरमा धनको रानी लक्ष्मी माताको पनी आगमन दीपावालीको दिन हुने बाला छ ।त्यों दिन पनि हामी लक्ष्मीमाता को पूजा आजा पोखरा बाट पवित्र जल ल्याएर नै गरने छौ ।भोली पल्ट बिसर्जन गरेर फेरी पूजा सामग्री र क़ेलाको बोट लाई पानी प्रबाह गरेर फेरी अर्को साल धन ,जन बल संग आउन का लागि लक्ष्मी महरानी संग आग्रह गर छौं ।
त्यस पछि तराईका महान चाड छठी मैया को आगमन तिन दिन पछि हाम्रो घर मा बिभिन्न बैदिक परम्पराको अनुसार नहाईं खाई , नयोज काढ़ने,खारना , पारना ,गर्दा चार दिने कठोर पर्ब हाम्रो घर का बूढ़ा पाखाले गरेर हाम्रो परिबारजन सहित गाउँ र राष्ट्र को समृद्धि का लागि अत्यन्तै निष्ठां र पवित्रता को साथ गरछौं ।तर छठ पूजाको सुरुआत दशहरा देखि दीपावली सम्मको पूजा सामग्री जून पोखरीमा हालेको २२ दिन भएर सडेर् गलेर शुद्ध पवित्र जल लाई अशुद्ध र साल भरि टॉयलेट गरेर आएर पणछोआ गरेको ,जुठो भाड़ा मस्केर फोहर लुगा फातं लाई केमिकल युक्त सर्फ र साबुन संग धोएर खास गरेर नानी हरुले फोहर र टॉयलेट गरेको कपड़ा लाई सँगै मबेशि हरु लाई नूहाएर गरेको फोहर पानी जसलाई छुन पनि घिन लाग्ने त्यस्तो पानी भएको पोखरीमाँ पूजा कति राम्रो र कति सार्थक मलाई सोच्न को लागी बाध्य गर्दे छ । छठ पूजा को दुइ दिन पूर्ब पोखरी लाई साफ गर्ने ,साल भरी खुल्ला ठाउँ माँ दिशा गर्न का लागी सेफ जोन पोखरी को डिल लाई साफ गरेर त्यही पोखरी जसको फोहर पानी र उसको तल दिशा नै दिशा भएको ठाउ लाई झिलमिले बत्ती र टेंट लगाएर आफनो बाहुबल र आर्थिक सम्पनता प्रदर्शित गर्दे मैया लाई ढलड़ै सूर्य र बिहान को उग्दै सूर्य लाई अर्ग दिएर आराधना गर्छौं र छठी मैया हाम्रो रक्षा र समृद्धि गर्नु हुन छ ।
तर यो बर्ष मलाई के लाग छ यदि हामी अहिले देखि नै पोखरी लाई सफा र स्वच्छ बनाउन को प्रयास गरौ त् हुन सक्छ की पवित्रता र र्निष्ठा प्रेमी छठी मैया ले आशीष दिनमा हामी लाई अलि बढ़ी नै माया हेराउनु हुन छ की ।
यो कुरा "व्यवस्थित सिरहा ,सुन्दर सिरहा"अभियान र खुल्ला दिशा मुक्त को लागी लेखन प्रयास गरेका छौ
cleaning subba pond |
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें