काठमाडौं , ४ मंसिर । संविधान निर्माण प्रक्रियादेखि नै असहमति तराई–मधेस क्षेत्रमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्कुल बन्द फिर्ता गर्ने र औषधिजन्य सामग्री रोक नलगाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित संघीय समाजवादी फोरम नेपालको संसदीय दल कार्यालयमा बसेको मोर्चा आबद्ध ४ दलको संयुक्त बैठकले उक्त आन्दोलनलाई लचिलो बनाउने निर्णय गरेको हो। मोर्चाको आन्दोलन पछिल्लो समय नाकामा केन्द्रित छ।
करिब सय दिनदेखि आन्दोलनरत मोर्चाले मानवीयतालाई ख्याल गर्दै उक्त निर्णय गरेको जनाएको छ । ‘बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताका नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सिमानाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय भएको छ,’ मोर्चाले भनेको छ।
यसैगरी, तीन महिनादेखि बन्द रहेका तराई–मधेसका विद्यालय तथा क्याम्पस खोल्न अनुमति दिने निर्णय पनि उनीहरूले गरेका हुन्। विद्यालय-क्याम्पसहरूलाई बिहानको समयमा कक्षा सञ्चालन गर्न दिने मोर्चाको निर्णय छ। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें