चार हजार ५०० को मृत्यु, सन् २०१६ को अन्त्यसम्म पनि इबोलाविरुद्धको खोप तयार हुननसक्ने आशङ्का
सिरहा सिटी
इबोलाको विषाणुको हाल विश्वमा सबैभन्दा नराम्रो सङ्क्रमणबीच मर्ने व्यक्तिको सङ्ख्या चार हजार ५०० नाघेको छ । अर्कोतिर सेनेगललाई विश्व स्वास्थ्य सङ्गठनले इबोलामुक्त मुलुकको रूपमा घोषणा गरेको छ र यहा आशाको सानो सङ्केत देखा परेको छ ।
अमेरिकालाई हाल ‘इबोला सम्राट’ नाम दिइएको छ र उसले यसरोग विरुद्ध समन्वयकारी भूमिका खेलेको छ । टेक्सासको अस्पतालमा लाइबेरियामा इबोला लागेका विरामीलाई दिइएको उपचार र यी विरामीलाई उपचार गर्ने क्रममा भएको सङ्क्रमणका विषयमा अमेरिकाको आलोचना भएको छ ।
अर्कोतिर बेलायती औसधी उत्पादक संस्था ग्लाक्सोस्मिथक्लाइनले सन् २०१६ को अन्त्यसम्म पनि इबोलाविरुद्धको खोप तयार हुननसक्ने आशङ्का गरेको छ ।
विश्व बैङ्ककका प्रमुख जिम योङ किमले विश्व यस रोगसँगको सङ्घर्षमा पराजित हुनसक्ने चेतावनी दिएका छन् । उनले यस रोगलाई पराजित गर्न अन्तर्राष्ट्रिय एकताको अभाव भएको बताए ।
उनले पेरिसमा पत्रकारहरूलाई मुलुकहरू आफ्नो सीमाप्रति मात्र चिन्तित भएको बताए ।
उनले पेरिसमा पत्रकारहरूलाई मुलुकहरू आफ्नो सीमाप्रति मात्र चिन्तित भएको बताए ।
अक्टोबर १४ सम्म इबोलाका कारण चार हजार ५५५ व्यक्तिको मृत्यु भइसकेको र सात मुलुकमा यस रोगका नौ हजार २१६ विरामी देखा परेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।
यस रोगका प्रायः मुत्यु अफ्रिकाका पश्चिमी भागमा पर्ने र यो रोग फैलन थालेका मुलुक गिनी, लाइबेरिया तथा सियरा लियोनमा भएका छन् ।
विशेषज्ञहरूले डिसेम्बरको आरम्भदेखि यो रोग प्रति साता १० हजार व्यक्तिमा फैलनसक्ने चेतावनी दिएका छन् ।
समन्वयात्मक मानवीय मामिलाका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले हालसम्म यसका लागि ३७ करोड ७० लाख अमेरिकी डलर प्राप्त भएको र २१ करोड ७० लाख अमेरिकी डलर उपलब्ध गराउने बचन प्राप्त भएको जानकारी दिएको छ ।
यस संस्थाका प्रवक्ता जेन्स लार्कले जेनेभामा पत्रकारहरूलाई हाल यो रकम पनि बैङ्कमा नभएको बताए ।
इबोलाविरुद्ध संयुक्त राष्ट्र सङ्घको कोषले दुई करोड अमेरिकी डलर उपलब्ध गराउने बचन प्राप्त भए पनि खातामा एक लाख अमेरिकी डलर मात्र भएको जानकारी दिएको छ । यस परिस्थितिले आफ्नो संस्थालाई निकै गम्भीर समस्यामा पारदिएको संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले बताए ।
उनले बचनहरू कार्यन्वयन गर्नुपर्ने समय आएको बताउनुभयो । उनले आफ्नो संस्थालाई बढी चिकित्सक, नर्स, उपकरण, उपचार केन्द्र तथा चिकित्साका लागि अन्यत्र लैजानसक्ने क्षमता आवश्यक भएको बताए ।
विभिन्न मुलुकमा विमानस्थलमा स्वास्थ्य परीक्षणको बढ्दो व्यवस्था भए पनि हाल यस रोगप्रति त्रास बढिरहेको छ । एयर फ्रान्सका कर्मचारीहरूले गिनीबाट आफ्नो देशमा आउने उडान बन्द गर्न आग्रह गरेका छन् । अफ्रिकाको पश्चिमी भागमा पर्ने यो मुलुक इबोलाबाट प्रभावित छ ।
विमान चालक दल तथा व्यापारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरूका दुई सङ्घले एयर फ्रान्सको पेरिस तथा कोनाक्रीबीचको दैनिक उडानले आफ्नो मुलुकमा यो रोगको महामारी फैलाउनसक्ने जोखिम ल्याइरहेको दाबी गरेका छन् ।
फ्रान्सले शनिबारदेखि गिनीबाट आइपुग्ने यात्रुहरूमा स्वास्थ्य परीक्षण आरम्भ गर्नेछ । अमेरिका, बेलायत तथा क्यानडाले विमानस्थलमा इबोलाबाट प्रभावित मुलुकबाट आएका यात्रुमा स्वास्थ्य परीक्षण गर्न थालिसकेका छन् । युरोपेली महासङ्घले यस विषयमा पुनरावलोकन थालेको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरूले टेक्सासको अस्पतालमा उक्त रोग कसरी फैलियो भन्ने विषयमा प्रश्न गरिरहेका छन् । यस रोगले अफ्रिकाको पश्चिमी क्षेत्रमा सङ्क्रमित ७० प्रतिशत व्यक्तिको मृत्यु गराएको छ ।
अस्पतालमा इबोलाबाट मरेका लाइबेरियाका यी व्यक्तिसँगको सम्पर्कका समयमा अपनाइएको सुरक्षा व्यवस्थाका विषयमा पनि प्रश्न गरिएको छ । यी रोगीको उपचार गर्ने दुई नर्सलाई यस रोगको सङ्क्रमण भएको छ ।
अस्पतालमा इबोलाबाट मरेका लाइबेरियाका यी व्यक्तिसँगको सम्पर्कका समयमा अपनाइएको सुरक्षा व्यवस्थाका विषयमा पनि प्रश्न गरिएको छ । यी रोगीको उपचार गर्ने दुई नर्सलाई यस रोगको सङ्क्रमण भएको छ ।
डल्लासबाट क्लेभल्यान्ड उडेकी र यो रोग लागेको पत्ता लागेकी अर्का नर्स अम्बर भिनसनका विषयमा जानकारी प्राप्त गरेपछि रोग नियन्त्रण तथा निवारण केन्द्रले स्वास्थ्य परीक्षण गर्न चाहेका हवाई उडानका यात्रुहरूको सङ्ख्या बढेको छ ।
लाइबेरियाका इबोलाबाट प्रभावित व्यक्तिको सम्पर्कमा आएको हुनसक्ने आशङ्का गरिएका टेक्सासका अर्का स्वास्थ्य कार्यकर्ताले क्यारिबियनमा एक जहाजमा आफैँलाई अरुहरूबाट भिन्न राखेकी छन् ।
कार्निभल क्रुइज लाइन्सले यी महिलामा इबोला सङ्क्रमण भएको निकै कम सम्भावना भएको बताए पनि यस जहाजलाई बेलिज तथा मेक्सिकोको बन्दरगाहमा प्रवेश दिइएको थिएन र यसलाई अमेरिकातर्फ फकाईयो ।
अमेरिकी विदेश विभागका उपप्रवक्ता म्यारी हार्फले यो जहाज हाल टेक्सासको गालभनस्टोनतर्फ गएको र त्यहाँ आइतबार पुग्ने बताए ।
इबोलाको सङ्क्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, पखालालाग्ने, बान्ता हुने तथा केही विरामीमा रक्तस्राव हुने लक्षण देखिन्छ ।
कुनै व्यक्तिलाई यस रोगको सङ्क्रमण भएमा र रोगीमा यस प्रकारको लक्षण देख्न थालिएपछि पनि उक्त व्यक्तिको शरीरको तलरपदार्थ अर्थात ¥याल, सिँगान, वीर्य, वान्ता, दिसा वा रगतबाट मात्र अर्को व्यक्तिमा यस रोगका विषाणु सर्नसक्छ ।
बुरुन्डी, केनिया, रुवान्डा, युगान्डा तथा तान्जानिया सहितको पूर्वी अफ्रिकी समुदायले गिनी, लाइबेरिया तथा सियरा लियोनमा ६०० भन्दा बढी स्वास्थ्यकर्मी पठाउने घोषणा गरेको छ ।
क्युबाले उक्त क्षेत्रमा हालसम्म १६५ स्वास्थ्यकर्मी पठाइसकेको छ भने थप ३०० स्वास्थ्यकर्मी पठाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री जन केरीले यसका लागि यस मुलुकको प्रशंसा गरेका छन् ।
इबोला लागेका केही स्वास्थ्य कर्मीलाई अफ्रिकाबाट युरोप ल्याइएको छ । हालसम्म म्याड्रिडमा स्पेनका नर्सलाई मात्र यो रोगले सङ्क्रमण गरेको पुष्टि भएको छ । सेनेगलमा भने सानो आशाको सङ्केत देखा परेको छ ।
इबोलाबाट ग्रस्त बिरामी ल्याइएमा के गर्ने भन्ने विषयमा सेनेगलले राम्रो उदाहरण देखाएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । सेनेगलले यस रोगलाई विस्तार हुननदिन तत्कालै पाइला चालेकोमा प्रशंसा गरिएको छ ।
इबोला लागेका केही स्वास्थ्य कर्मीलाई अफ्रिकाबाट युरोप ल्याइएको छ । हालसम्म म्याड्रिडमा स्पेनका नर्सलाई मात्र यो रोगले सङ्क्रमण गरेको पुष्टि भएको छ । सेनेगलमा भने सानो आशाको सङ्केत देखा परेको छ ।
इबोलाबाट ग्रस्त बिरामी ल्याइएमा के गर्ने भन्ने विषयमा सेनेगलले राम्रो उदाहरण देखाएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । सेनेगलले यस रोगलाई विस्तार हुननदिन तत्कालै पाइला चालेकोमा प्रशंसा गरिएको छ ।
नाइजेरियामा २० व्यक्तिमा यो रोग सरेको थियो र त्यसमा आठको मृत्यु भइसकेको छ । सोमबार यस मुलुकलाई पनि इबोलामुक्त देश घोषणा गरिनेछ । यसो भए पनि यी दुबै मुलुक यो रोगको खतराबाट भने मुक्त छैनन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें