सिरहा,माघ १४ । लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरमा रहेको मुसहर समुदायका बासिन्दाहरुले खुल्ला दिशामुक्त अभियानका अभियानकर्मीहरुलाई देख्ना साथ चर्पी अवलोकनका लागि अनुरोध गर्न थाल्यो । त्यो टोली घरको नजिक नपुग्दै उर्मिला सदाले भनिन्,‘सर, मैले पनि चर्पी बनाए ।’
फुसको दुईवटा स–साना घर छन् । बसोवास घरको उत्तरपट्टी उर्मिलाले आफ्नो आर्थिक क्षमता अनुसार फुसकै चर्पी बनाएकी थिइन् । धेरै पहिले बनाएको चर्पी केही जीर्ण देखिएको थियो । अवलोकन टोलीले दिएको सुझाव अनुसार एकै दिनमा स्थानीय सामग्री उपयोग गरेर चर्पी मर्मत गरिन्, उर्मिला ।
उर्मिला मात्र नभएर तरेगना गोविन्दपुरबासी नै खुल्ला दिशामुक्त गर्न लागी परेका छन् । त्यो ठाउँमा पुग्नेहरुले कुनै दृष्य हेर्न पाउछ भने त्यस मध्ये गाउँलेहरुले बनाइराखेको चर्पीको दृष्य अवश्य देख्न पाउछन् । खासगरेर त्यहाँको दलितबस्तीका बासिन्दाहरु खुल्ला दिशामुक्त अभियानमा निकै सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ ।
गाउँका विभिन्न ठाउँमा कत्तै रिङ्ग बनिरहेको छ । कत्तै चर्पी बनाउन हद खनिरहेका हुन्छन् त कत्तै पुराना चर्पीहरु मर्मत गर्ने गरेको पाउन सकिन्छ । के बृद्ध, के युवा, को बालबालिका सबैले आ–आफ्नो स्थानबाट गाउँलाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ ।
खुल्ला दिशामुक्त हुनु यो एक प्रकारको अभियान भएको दर्साउदै स्थानीय सुरतिया सदाले घर–घरमा चर्पी बनेर नियमित रुपमा प्रयोग भइराख्यो भने हामीलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार चर्पी नभएर खुल्ला रुपमा दिशा पिसाव गर्नाले धेरै प्रकारका रोग लाग्ने गरेको विभिन्न गोष्ठिहरुमा थाहा पाए । खुल्ला रुपमा गरिने दिशा पिसावका कारण लाग्ने रोगको सिकार विपन्न दलित नै हुने गरेको उनले दाबी गर्दै नियमित रुपमा चर्पी प्रयोग गर्न समुदायका सबैसँग आग्रह गरे ।
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य धिरेन्द्र साह सम्लित कर्मचारी, अभियानकर्मीहरुको चर्पी अनुगमन टोली गएको एक हप्तायता तरेगना गोविन्दपुरमा चर्पी निर्माण तथा नियमित प्रयोगको अवस्था अवलोकन गरे ।
‘बाजे, कता हुनुहुन्छ ? के, हजुरको घरमा चर्पी बनेको छ ? हो, भने नियमित रुपमा प्रयोग गरिराख्नु भएको छ कि कसो ?’ यी र यस्ता प्रश्न गर्दै विहान ४ देखि ८ बजेसम्म तथा साझा ५ देखि ७ बजेसम्म घरदैलो गरेको हो । चर्पी निर्माण तथा प्रयोगको अवस्था अवलोकन गर्नुका साथै महिलाको निम्ति चर्पीको नियमति प्रयोगको महत्वबारे दर्साइएको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) की बरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन कुमारी चौधरीले बताइन् ।
गाउँलाई खुल्ला दिशामुक्त बनाउन पूर्व गाविस अध्यक्ष गडुल बहादुर मगरको सक्रियता बढेको छ । टोलीसँग सहजीकरण गर्दै समस्या देखिको ठाउँहरुमा स्थानीयहरुलाई सम्झाउन विहान र साझ गाउँ घुम्दै आएका छन् । स्थानीयहरुका अनुसार टोली आउनु केही दिन अघि देखि नै व्यक्तिगत रुपमा पनि उनी चर्पी अवलोकन गर्दै आएका छन् ।
पूर्व गाविस अध्यक्ष मगरलाई केही स्थानीयहरुले सहयोग पनि गर्दै आएका छन् । उनीहरुले गाउँको हरेक घरमा घरदैलो अभियानलाई निरन्तरता दिँदै आएको हो । तत्कालिन अवस्थामा चर्पी निर्माण तथा प्रयोगको अवस्था सर्वेक्षण गर्दा ४ सय ८० घर मध्ये ३ सय ४ घरमा चर्पी रहेको प्रयोग भइरहेको भेटिएको सामाजिक परिचालक उमा कुमारी कट्वालले बताइन् । उनले अब ५÷६ घर मात्र बाँकी छन् त्यो पनि निर्माणको क्रममा रहेकोले माघभित्र खुल्ला दिशामुक्त हुने दाबी गरिन् ।
‘हामी आफ्नो तर्फबाट धेरै अघि देखि अभियानमा लागेका थियौं,’स्थानीय बैधनाथ साफीले अबलोकन टोलीलाई भने भने,‘तपाईहरु बाहिरबाट आएर हामीलाई ठुलै सहयोग पुगेको छ ।’ बाहिरबाट आउने व्यक्तिहरुबाट स्थानीयहरु प्रभावित भएर चर्पी बनाउन र नियमित प्रयोग गर्न राम्रो तत्परता देखाउने गरेको उनले दाबी गरे ।
घरदैलो गर्ने अभियानकर्मीहरुलाई गाउँमा खुल्ला दिशामुक्त अभियानप्रति देखाएको सक्रियताबाट स्वास्थ्य चौकीमा कार्यरत अनमी अर्चना लामा प्रभावित भइन् । ‘आज फलानो गाउँ खुदिमु घोषणा भयो । त्यो गाउँमा खुदिमु घोषणा गर्न घरदैलो भयो,’जस्ता सूचना सुन्दा आफु निकै प्रभावित हुन्थे उनी भन्छिन्,‘आफ्नो गाउँलाई खुदिमु घोषणा गर्न के भइरहेको छ । त्यो जान्न र सक्रिय हुन धेरै दिन देखि चासो थियो तर कोंही साथी नभएर सोचेरै बस्थे ।’ उनले गाउँलाई खुदिमु घोषणा गर्न हुने हरेक कार्यक्रममा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरिन् । खुल्ला दिशामुक्त वडा घोषणा गराउन नेपाल स्वास्थ्यका लागि पानी नेवाले समुदायमा सहजीकरण गर्दै विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें