शनिवार, 28 जनवरी 2017

सुखिपुर न.पा.मा बोक्सीको आरोपमा महिलालाई गाउँ निकाला, प्रहरीमा उजुरी दर्ता भएन

सिरहा,माघ १५ गते । बोक्सीको आरोपमा सिरहा सुखिपुर नगरपालिका ४ की २५ वर्षीया कलादेवी (नाम परिवर्तन) मण्डललाई दुर्व्यहार गरी गाउँ निकाला गरेको घटना सार्वजनिक भएको छ । स्थानीय विसोप्रसाद यादब र गुमस्ता यादबले उनलाई दुर्व्यवहार गर्नुका साथै लखेटेर गाउँ निकाला गरेका छन् । विसो सुखिपुरस्थित राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक हुन् ।

घटना माघ ६ गतेको हो । मजदुरी गरेको बनी धान माग्न जाँदा विसोले आफ्नै घरमा बोक्सीभन्दै दुर्व्यवहार गरेको पीडित मण्डलले बताइन् । उनले भनिन्, ‘विसोले तिमी बोक्सी हौं । मेरो घर आएपछि सबै बिमार पर्छन् भन्दै दुर्व्यवहार गरेर एक्कासि कुटपिट गर्न थाल्यो । गुमस्ता पनि त्यही थियो । उनले पनि बिसोसँगै कुटपिट गर्न गरेका थिए ।’

च्यातेको साडी र चोलो देखाउँदै उनले भनिन्, ‘उनीहरूले मलाई मलमुत्र खुलाउने प्रयास गरेपनि म भाग्न खोजे । तर उनीहरु लखेटेर समातेर ६ घण्टा घरमा थुनेर राख्यो । त्यसपछि प्रहरी चौकी सुखिपुर लग्यो । त्यहाँ मलाई केही हेर्न नदिई सहीछाप लगाउन लगाई लहान पुगाए । लहान अस्पतालमा स्वास्थ्य परीक्षण गराई फेरि घर लगेर दुई दिनसम्म थुनेर राखेँ । खान समेत दिदैन्थ्यो ।’ दुई दिनपछि बिसोको घरबाट आफू भागेको र अहिले भारतमा लुकेर बसिरहेको उनले भनिन् ।

बिसोले आफूलाई ज्यान मार्ने धम्की समेत दिएको पीडित कलादेवीले गुनासो पोखिन् । अब गाउँ फर्के ज्यान लिने भनेपछि आफू गाउँ जान नपाएको बताउँदै उनले गाउँमै रहेकी ६ वर्षीया छोरीलाई पनि एक सातादेखि भेट्न नपाएको बताइन् । कलादेवीले जिल्ला प्रहरी कार्यालय सिरहा पुगेर उनीहरूमाथि उजुरी दिन जाँदा प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले उजुरी दर्ता नगरेको गुनासो गरिन् ।

एसपी भन्छन्, ‘घटनाको यर्थात गुमराहमा राखियो’

सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले पीडित भनिएकी सुखिपुरकी ती महिलाले घटनालाई गुमराहमा राखेको बताए । उनले घटनाबारे यर्थाथ बाहिर नल्याएकोले अनुसन्धान गर्न समस्या पपरेको बताउँदै घटनाको यर्थात बाहिर नआउँदा उजुरी दर्ता नगरेको स्वीकारे । उनले भने, ‘घटनाको यर्थात लुकाउने प्रयास भएको छ । यदि सही कुरा पत्ता लाग्यो भने यर्थाथ लुकाउने र झुठो उजुरी दर्ताको प्रयास गर्नेमाथि पनि कानून बमोजिम कारबाही अगाडि बढाउँछौं ।

गाउँमा फरक हल्ला

पीडित महिला रामले विस्थापित भएर भारतमा बसिरहेकी अवस्था गाउँमा भने अर्कै हल्ला चलेको छ । पीडित महिलाका देबर सन्तोष कुमार मण्डलले स्वयंम भाउजु कलादेवी ९नाम परिवर्तन० स्थानीय राजकुमार यादबसँग फरार भएको र उनैसंग बसिरहेको दावी गर्छन् । तर उनको दावी सही नरहेको पीडितको भनाइ छ । पीडित महिला घटना घटेकै दिनदेखि आफूमाथि अपराध गर्नेहरुलाई कानूनी कठघरमा उभ्याउन सम्बन्धित निकाय धाइरहेकी छन् । सभार दैनिक नेपाल

स्ववियु निर्वाचन फागुन १४ गर्ने निर्णय, यस्तो छ तालिका

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय भएको छ ।

शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको माघ १३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य सचिवद्वारा सम्पूर्ण क्याम्पस प्रमुखहरुलाई पठाइएको पत्रमा फागुन १४ गते निर्वाचन सम्पन्न गर्ने निर्णय भएको व्यहोरा उल्लेख गर्दै सम्पूर्ण क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।
त्यस्तै पत्रमा निर्वाचन तालिका पनि उल्लेख छ ।
जसअनुसार,
फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने,
फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने
फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने
फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने
फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय
फागुन ८ गते ४ बजे अम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने
फागुन १४ गते मतदान मिति

बथनाहाको मुसहरलाई सहयोग जुट्दै

महोत्तरी,माघ १४ गते । जिल्लाको बथनाहा गाविस ६ मधवाका मुसहरहरुले राहत स्वरुप केहि लगाउने लुगा सहयोग पाएका छन भने अन्य ठाउबाट समेत राहतका कपडाहरु आउने क्रममा रहेको छ । शसस्त्र सिमा सुरक्षा बल जलसागरका प्रहरी उपरिक्षक प्रकाश श्रेष्ठको समेत सहयोगमा महोत्तरीका संचारकर्मी तथा समाजसेवीहरुले विभिन्न माध्यमले सहयोगको लागि आव्हान गरेपछि सहयोग जुट्न थालेको हो ।
शुक्रवार विहान काठमाडौंबाट मधेशी युवाहरुले सहयोग स्वरुप पठाएको कपडाहरु वस्तीमा हस्तान्तरण गर्दै शप्रउ श्रेष्ठले मानव सेवाका लागि गरिएको सहयोग सराहनिय रहेको भन्दै सहयोगी हातहरुलाई धन्यवाद दिए । उनले दशगजामा वसेको सो वस्तीका वासिन्दाहरु सिमामा वस्नु परेको पिडाले आफुलाई समेत घोचेको भन्दै विकल्पको लागि राजनितिक पहल आवश्यक रहेको बताए । त्यसतै आयोन काठमाडौंका सचिव सत्येन्द्र यादवले सो वस्तीका मुसहरहरुको पुर्ण नेपालको अधिनमा रहेको जग्गामा वासको व्यवस्था तथा उनीहरुलाई चाहिने स्वास्थ्य,शिक्षा,खानेपानी लगायतका सवै समस्या समाधानका लागि आफुहरुले सवैको सहयोगमा प्रयास थाल्ने बताए । प्रेस मन्च नेपालका केन्द्रिय प्रवक्ता तथा नया पत्रिकाकर्मी रंजन भण्डारीले वस्तीको समस्या जटिल भएको भन्दै स्थानिय तथा राष्ट्रिय मिडियाले सिमाको समस्या स्थलमै पुगी सवै सत्य तथ्य रुपमा प्रकाशित तथा प्रसारित गरिए अवस्य पनि नेपाल सरकार तथा सरोकारवाला सवैको ध्यान पुग्ने र दशगजामा वसेका मुसहर समुदायले आफ्नै ठाउ र आफ्नै गाउ पाउने निश्चित रहेको बताए । उनले सवै संचारमाध्यमलाई स्थल मै आएर उनीहरुको समस्या र त्यसको समाधान वारे कलम चलाई दिन संचारकर्मीहरुलाई आग्रह गरेका छन ।
आफ्नै जग्गाको अभावमा ५० घर मुसहरहरु अहिले दशगजामै पुस्तौ देखि वसोवास गर्दै आएका छन भने उनीहरुको आर्थिक अवस्था समेत दयनिय छ ।

शुक्रवार, 27 जनवरी 2017

नयाँ शक्ति विधार्थी युनियन सिरहामा गठन गर्यो

सिरहा,माघ १४ गते | नयाँ शक्ति नेपालको वर्गी संगठन नयाँ शक्ति विधार्थी युनियन सिरहाको गठन गर्यो |

यसै पाटीक जिल्ला कार्यकारीणी सदस्य तथा सिरहा नगरपालिका इन्चार्ज सोभित पासमानको अध्यक्षतामा ११ सदस्य (श्री सुर्य नारायण सत्यनारायण मोरवेता यादव वहुमुखी क्याम्पस) को एकाई कमिटि गठन गरियो | आउदो फाल्गुनमा हुने क्याम्पसको विधार्थी चुनावमा नयाँ शक्ति विधार्थी युनियनले पनि चुनावमा भाग लिने पक्का भएको जानकारी गराइएको छ |

१. कैलाश पासमान – संयोजक
२. रामअधिन पासमान – सदस्य
३. श्रवन कुमार मेहता – सदस्य
४. रुपकला भण्डारी – सदस्य
५. मनोज मण्डल – सदस्य
६. पुजा साह – सदस्य
७. मुकेश पासमान – सदस्य
८. सरोज यादव – सदस्य
९. राजेश कुमार गुप्ता – सदस्य
१०. चुनु पाल – सदस्य


११. सन्तोष कुमार यादव – सदस्य

श्रोत व्यक्ति र विनिबीच हात हालाहाल

सिरहा,माघ १४ गते । श्रोत व्यक्ति बैधनाथ यादव र जिशिका धनुषामा कार्यरत विद्यालय निरिक्षक शसि यादवबीच विहिवार जिल्ला शिक्षा कार्यालय सिरहाको कार्यकक्षमै गालीगलौजसँगै हात हालाहाल भएको छ । 
सिरहा लक्ष्मीनिया–१ का शसि व्यक्तिगत कामको शिलसिलामा बैधनाथसँग कुरा गर्दा गर्दै हात हालाहाल गरेको हो । ‘मलाई पिट्यो, पिट्यो भन्दै शसिलाई बैधनाथले लखेट्दै गरेको देखेँ,’ नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीले भने,‘लखेट्ने क्रममा बैधनाथले हान्दा शसिको टाउको फुट्यो ।’
प्राथमिक उपचार पश्चात बोलाएको बेला उपस्थित हुने शर्तमा दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले परिवारको जिम्मा लगाएका छन् ।  
समायोजनको लागि विवाद
जिल्ला शिक्षा कार्यालय धनुषामा कार्यरत लक्ष्मीनिया–१ का शसिको आफन्त सहजकर्ता भएर काम गर्दै आएको सामुदायमा आधारित बालविकास विद्यालयमा समायोजन गर्ने विषयमा विवाद भएको जिल्ला शिक्षा कार्यालय श्रोतले बताएको छ ।
बैधनाथलाई शसिले ‘मेरो आफन्तको काम छिटो नगरेको किन ?’ भन्दै कार्यालयभित्र प्रवेश उनकै कार्यकक्षमा गएको कार्यालय श्रोतको दाबी छ । शसि प्रवेश गरेको एकछिनकै कुराकानी पछि आवाज बाहिर आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
जघन्य अपराध
‘यो जघन्य अपराध हो,’सहायक जिल्ला शिक्षा अधिकारी डिल्लीराम अधिकारीले भने,‘घटनाबारे बुझ्दैछु दोषीमाथि कारवाही हुनुपर्छ ।’ स्थानीय प्रशासनसँग समन्वय गरेर कारवाही प्रक्रियामा कार्यालयले सहयोग गर्ने उनले बताए । 
कारवाहीको लागि स्थानीय प्रशासन आश्वासन समेत दिएको उनले भने । कुनै पनि कुरा सहज रुपमा राख्नुको साटो कुटपिटमै उत्रिनु मानव अधिकार विरुद्धको व्यवहार भएकोले दोषीमाथि हदैसम्मको कारवाहीको उनले माग गरे ।
दुबै जना कर्मचारी नै भएको हुनाले उपचार पछि जमानतमा छाडिएको प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए । ‘कर्मचारी भएको नाताले शिक्षा ऐन अन्तर्गत जिशिअले पनि कारवाही गर्न सक्छ,’उनले भने,‘हामी अहिले उपचार गराएर छाडेका छौं । लिखित आए कारवाही प्रक्रिया पनि अगाडि बढ्ने छन् ।’ पिडक र पिडित दुबै सम्पर्कमा आउन चाहेन् ।

गोलबजार नगरपालिका समायोजनको माग गर्दै डेलिकेशन

सिरहा,माघ,१४ गते । दुर्गापुरबासीले विहिवार जिल्ला विकास समिति सिरहामा गोलबजार नगरपालिका समायोजनको माग गर्दै डेलिकेशन दिएका छन् । सैकडौंको संख्यामा आएका दुर्गापुरका स्थानीयहरु ¥याली प्रदर्शन गर्दै डेलिकेशन दिएको हो । 
धनगढीमाई नगरपालिकामा हैन, गोलबाजर नपामा दुर्गापुर लगायतका नारा लगाउदै उनीहरुले प्रशर्दन गर्दै स्थानीय विकास अधिकारी समक्ष स्मरण पत्र पेश गरेका हुन् । राजनीतिक प्रभावमा दुर्गापुरलाई जनताको हित विपरित सहमति बिना नगरपालिकामा समायोजन गर्न नपाउने उनीहरुले जोडदार माग गरेका थिए । 
प्रशासनिक कामकाजको लागि दुर्गापुरका सेवाग्राहीलाई गोलबजार नगरपालिका सहज रहेको नेकपा (माओवादी) केन्द्रका विजय कुमार सिंहले बताए । दुर्गापुरबाट धगढीमाई नगरपालिकाको दुरी लामो भएको उनले भने । 
‘बृद्ध बृद्धालाई सेवा पाउन असहज हुने,’दुर्गापुरकी सिता कामति भन्छिन्,‘धनगढीमाई नपामा दुर्गापुर कुनै पनि हालतमा राख्न पाइदैन् ।’ नजिकको नगरपालिकामा नराखेर पकड तथा पहँुच भएका व्यक्तिहरुले हामीमाथि अन्याय गरेको उनको ठहर छ ।
धनगढीमाई नपामा दुर्गापुरलाई नराख्न विगतमा सचेत गराएपनि कुनै सुनुवाई नभएको संघीय समाजवादी फोरम नेपालका हरिनारायण कामैतले गुनासो गरे । उनले समान्य दबावलाई बेवास्ता गर्दै आएपछि जनप्रदर्शन सहित डेलिकेशन आउनु परेको भने । 
मागलाई अझै बेवास्ता गरे आउने दिनमा कडा आन्दोलन गरिने ज्ञानेन्द्र महतोले चेतावनी दिए । उनले धनगढिमाई नपा जाने बाटोमा नदि पर्ने भएकोले वर्षातको मौसममा जनतालाई सेवा लिन समस्या हुने हुनाले चुप लागेर बस्न नमिल्ने बताए । 
जनस्तरबाट आएका कुरालाई जस्ताको त्यस्तै विभाग तथा सम्बन्धित निकाय समक्ष राख्ने स्थानीय विकास अधिकारी सुरेश राउतले प्रतिबद्धता जनाए । उनले आफुबाट हुने सबैखाले सहयोग गर्ने बताए । डेलिकेशनका सहभागीहरुलाई स्थानीय विकास अधिकारी राउतले भने,‘तपाईहरुलाई आउने पर्थेन् । मलाई बोलाउदा गाउँमै आउँथे ।’ दुर्गापुर गाविसलाई धनगढिमाई नपामा राख्ने निर्णय विगतमै भएको छ ।

तरेगना गोबिन्दपुर खुदिमु घोषणाको अन्तिम चरणमा

सिरहा,माघ १४  । लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरमा रहेको मुसहर समुदायका बासिन्दाहरुले  खुल्ला दिशामुक्त अभियानका अभियानकर्मीहरुलाई देख्ना साथ चर्पी अवलोकनका लागि अनुरोध गर्न थाल्यो । त्यो टोली घरको नजिक नपुग्दै उर्मिला सदाले भनिन्,‘सर, मैले पनि चर्पी बनाए ।’
फुसको दुईवटा स–साना घर छन् । बसोवास घरको उत्तरपट्टी उर्मिलाले आफ्नो आर्थिक क्षमता अनुसार फुसकै चर्पी बनाएकी थिइन् । धेरै पहिले बनाएको चर्पी केही जीर्ण देखिएको थियो । अवलोकन टोलीले दिएको सुझाव अनुसार एकै दिनमा स्थानीय सामग्री उपयोग गरेर चर्पी मर्मत गरिन्, उर्मिला ।
उर्मिला मात्र नभएर तरेगना गोविन्दपुरबासी नै खुल्ला दिशामुक्त गर्न लागी परेका छन् । त्यो ठाउँमा पुग्नेहरुले कुनै दृष्य हेर्न पाउछ भने त्यस मध्ये गाउँलेहरुले बनाइराखेको चर्पीको दृष्य अवश्य देख्न पाउछन् । खासगरेर त्यहाँको दलितबस्तीका बासिन्दाहरु खुल्ला दिशामुक्त अभियानमा निकै सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ ।
गाउँका विभिन्न ठाउँमा कत्तै रिङ्ग बनिरहेको छ । कत्तै चर्पी बनाउन हद खनिरहेका हुन्छन् त कत्तै पुराना चर्पीहरु मर्मत गर्ने गरेको पाउन सकिन्छ । के बृद्ध, के युवा, को बालबालिका सबैले आ–आफ्नो स्थानबाट गाउँलाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ । 
खुल्ला दिशामुक्त हुनु यो एक प्रकारको अभियान भएको दर्साउदै स्थानीय सुरतिया सदाले घर–घरमा चर्पी बनेर नियमित रुपमा प्रयोग भइराख्यो भने हामीलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार चर्पी नभएर खुल्ला रुपमा दिशा पिसाव गर्नाले धेरै प्रकारका रोग लाग्ने गरेको विभिन्न गोष्ठिहरुमा थाहा पाए । खुल्ला रुपमा गरिने दिशा पिसावका कारण लाग्ने रोगको सिकार विपन्न दलित नै हुने गरेको उनले दाबी गर्दै नियमित रुपमा चर्पी प्रयोग गर्न समुदायका सबैसँग आग्रह गरे । 
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य धिरेन्द्र साह सम्लित कर्मचारी, अभियानकर्मीहरुको चर्पी अनुगमन टोली गएको एक हप्तायता तरेगना गोविन्दपुरमा चर्पी निर्माण तथा नियमित प्रयोगको अवस्था अवलोकन गरे । 
‘बाजे, कता हुनुहुन्छ ? के, हजुरको घरमा चर्पी बनेको छ ? हो, भने नियमित रुपमा प्रयोग गरिराख्नु भएको छ कि कसो ?’ यी र यस्ता प्रश्न गर्दै विहान ४ देखि ८ बजेसम्म तथा साझा ५ देखि ७ बजेसम्म घरदैलो गरेको हो । चर्पी निर्माण तथा प्रयोगको अवस्था अवलोकन गर्नुका साथै महिलाको निम्ति चर्पीको नियमति प्रयोगको महत्वबारे दर्साइएको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) की बरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन कुमारी चौधरीले बताइन् । 
गाउँलाई खुल्ला दिशामुक्त बनाउन पूर्व गाविस अध्यक्ष गडुल बहादुर मगरको सक्रियता बढेको छ । टोलीसँग सहजीकरण गर्दै समस्या देखिको ठाउँहरुमा स्थानीयहरुलाई सम्झाउन विहान र साझ गाउँ घुम्दै आएका छन् । स्थानीयहरुका अनुसार टोली आउनु केही दिन अघि देखि नै व्यक्तिगत रुपमा पनि उनी चर्पी अवलोकन गर्दै आएका छन् ।
पूर्व गाविस अध्यक्ष मगरलाई केही स्थानीयहरुले सहयोग पनि गर्दै आएका छन् । उनीहरुले गाउँको हरेक घरमा घरदैलो अभियानलाई निरन्तरता दिँदै आएको हो । तत्कालिन अवस्थामा चर्पी निर्माण तथा प्रयोगको अवस्था सर्वेक्षण गर्दा ४ सय ८० घर मध्ये ३ सय ४ घरमा चर्पी रहेको प्रयोग भइरहेको भेटिएको सामाजिक परिचालक उमा कुमारी कट्वालले बताइन् । उनले अब ५÷६ घर मात्र बाँकी छन् त्यो पनि निर्माणको क्रममा रहेकोले माघभित्र खुल्ला दिशामुक्त हुने दाबी गरिन् ।
‘हामी आफ्नो तर्फबाट धेरै अघि देखि अभियानमा लागेका थियौं,’स्थानीय बैधनाथ साफीले अबलोकन टोलीलाई भने भने,‘तपाईहरु बाहिरबाट आएर हामीलाई ठुलै सहयोग पुगेको छ ।’ बाहिरबाट आउने व्यक्तिहरुबाट स्थानीयहरु प्रभावित भएर चर्पी बनाउन र नियमित प्रयोग गर्न राम्रो तत्परता देखाउने गरेको उनले दाबी गरे । 
घरदैलो गर्ने अभियानकर्मीहरुलाई गाउँमा खुल्ला दिशामुक्त अभियानप्रति देखाएको सक्रियताबाट स्वास्थ्य चौकीमा कार्यरत अनमी अर्चना लामा प्रभावित भइन् । ‘आज फलानो गाउँ खुदिमु घोषणा भयो । त्यो गाउँमा खुदिमु घोषणा गर्न घरदैलो भयो,’जस्ता सूचना सुन्दा आफु निकै प्रभावित हुन्थे उनी भन्छिन्,‘आफ्नो गाउँलाई खुदिमु घोषणा गर्न के भइरहेको छ । त्यो जान्न र सक्रिय हुन धेरै दिन देखि चासो थियो तर कोंही साथी नभएर सोचेरै बस्थे ।’ उनले गाउँलाई खुदिमु घोषणा गर्न हुने हरेक कार्यक्रममा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरिन् । खुल्ला दिशामुक्त वडा घोषणा गराउन नेपाल स्वास्थ्यका लागि पानी नेवाले समुदायमा सहजीकरण गर्दै विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।