सिरहा, ११ माघ । वडा स्तरीय सरसफाई सम्मेलन सिरहा नगरपालिकाको वडा नं. १० नरहैयाको दुर्गा मन्दिर प्राङ्गनमा मंगलबार सम्पन्न भएको छ ।
एक घर एक चर्पी सिरहाको शान, पूर्ण सरसफाई युक्त नगरपालिका हाम्रो पहिचान नाराका साथ आयोजना गरिएको सो सम्मेलनले सिरहा न.पा. वडा नं. १० र ११ लाई पन्ध्र दिन भित्र खुल्ला दिशा मुक्त घोषणा तथा खुल्ला रुपमा दिशा गर्नेलाई ५ सय जरिवाना गरिने निर्णय गरेका छन् ।
सिरहा नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रम नेपालका लागि पानी (नेवा) गाइघाटको सहयोगमा भएको कार्यक्रममा सिरहा न.पा.का सरसफाई प्रमुख सुरेश चोरवारको अध्यक्षतामा जिल्ला विकास समितिका योजना अधिकृत बासुदेव यादवको प्रमुख आतिथ्यमा विशिष्ठ अतिथि को.ले.नि.का. का निमित प्रमुख श्याम सुन्दर साह, सिचाई डिभिजन कार्यालयका लेखा अधिकृत प्रमाणन्द मण्डल, जिविसका विनोद पासवान तथा अतिथिहरु नेवाका बिष्णु पौडेल, वाडवा सिसि सदस्य लट्टु पासवान, सत्य नारायण मुखिया, जुगाल किशोर कामती, जहरा मण्डल, शत्रुधन ठाकुर, समाजसेवी, बुद्धिजिवी, स्थानिय राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको सिरहा न.पा.का सरसफाई प्रमुख चोरवारले बताएकाछन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें