जनकपुरधाम , माघ १० गते ।
धनुषा बटेश्वरकी एक महिला अढाई वर्षीया छोरी सहित पाँच दिनदेखि वेपत्ता भएकी छन् । बटेश्वर १ बस्ने श्रवण साह लहेरीका २५ वर्षकी श्रीमती निर्मला देवी र छोरी अढाई वर्षीया रिचु पाँच दिनदेखि वेपत्ता भएको घरपरिवारले जनाएको छ ।
ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो छोरीलाई संगै लिएर घरभन्दा केहि पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबेमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारीलाई खोजविन गरिदिन अस्थाई प्रहरीचोकी बटेश्वरमा निवेदन दिएको उहाँले बताउनुभयो ।
बुहारी र नातिनी पाँच दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । न् । वेपत्ता निर्मलाकी श्रीमान् श्रवण वैदेशिक रोजगारको शिलशिलामा तीन वर्षदेखि खाडी मुलुक साउदी अरेवियामा छन् । निर्मलाकी ६ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । श्रीमती र छोरी वेपत्ता भएपछि श्रीमान श्रवण विदेशमा तनाव र शोकमा छन् । उहाँले विदेशबाट फोन गरी श्रीमती र छोरीलाई कसैले अपहरण गरेको हुन सक्ने शंका व्यक्त गर्नुभयो । उहाँले केहि दिन अघि एक जना मोटरसाईकलमा सवार व्यक्तिले केहि कुरा भनेपछि श्रीमती निर्मलाले एक झापड हिड्काएकी बताउनुभयो । त्यहि अपरिचित व्यक्तिले निर्मलालाई अपहरण गरेको हुन सक्ने भएकाले खोजविन गरिदिन सबै पक्षसंग आग्रह गर्नुभयो ।
श्रवणले ७ वर्षअघि भारतको पञ्जाबमा कामको शिलशिलामा जाँदा प्रेम विवाह गरी निर्मलालाई ल्याउनु भएको थियो ।
यता बटेश्वर प्रहरीचोकीले निर्मलाकी ससुरा निवेदन दिएको र आमा छोरीको खोज तलास गरिरहेको जनाएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें