बुधवार, 25 जनवरी 2017

अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रम सञ्चालन

सिरहा, १२ माघ । सप्ताहव्यापी खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रम मंगलबार देखि सगरमाथा उच्च मा.वि., मिर्चैयामा सञ्चालन भएकोे छ । 
स.उ. मा.वि. मिर्चैयामा प्राचार्य प्रदिप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी डिल्लीराम अधिकारले झण्टोतोलन गरी कार्यक्रमको उदघाटन गरी उक्त कार्यक्रममा अतिथिहरु ब्र.झ.उ.मा.वि.का शिक्षिका सोमा गुप्ता, पूर्व प्राचार्य एवं अपन दैनिकका प्रधान सम्पादक अनिरुद्र ठाकुर पूर्व शिक्षक हरिहर यादव, द्धारीका तिवारी, मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश दास, समाजसेवी उमेश सिंह लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा शिक्षाको गुणस्तर वृद्धि गर्न शारिरीक तथा भौतिक विकासमा खेलकुदको महत्वबारे प्रकाश पार्दै नि.जि.शि. अधिकारीले मण्टेशरी शिक्षा दिएर बालमैत्री शिक्षाको उदाहरण बनेको उ.मा.वि.को कार्य सराहनिय भएको बताए । त्यस्तै कुनै पनि विद्यार्थीले जन्मजात कला र संगित प्रति आकर्षण गुणले सारार्वागिक विकासको लागि यस्तो प्रतियोगात्मक कार्यक्रम गरेर संवेगात्मक र सामाजिक विकासमा टेवा दिनेछ भनी पूर्व प्राचार्य एवं अपन दैनिकका प्रधान सम्पादक अनिरुद्र ठाकुरले बताए । 
उक्त कार्यक्रमका अध्यक्षता गरिरहेका प्राचार्य तिवारीले कार्यक्रमका तिन उदेश्यहरु सरसफाई, अनुशासन तथा शिक्षाको गुणस्तर बृद्धिलाई महत्व दिदै २०४६ सालदेखि नै यस्ता कार्यक्रम सञ्चालन भैरहेको बताए, भने उक्त कार्यक्रम १९ गते सम्म सञ्चालन रहने भनी उदघोष गरेका थिए ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें