शनिवार, 18 अक्टूबर 2014

सिरहा city, लहान नगरपालिका कार्यलय
लहान, सिरहा ।
आ.ब. २०७०/०७१ को बार्षिक
समिक्षा गोष्ठीको निष्कर्षहरु
क) राम्रा पक्षहरु
१. सञ्चालन भएका सबै आयोजनाहरु सम्पन्न गरिएको ।
२.
फोहरमैला व्यवस्थापनको वातावरणमैत्री दीर्घकालीन
आयोजना सञ्चालन गरिएको ।
३. फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी भएको ।
४. लक्षितवर्गको कार्यक्रम लाभग्राही सम्मिलित
उपभोक्ता समितिबाट सञ्चालन गरिएको ।
ख) सुधार गर्नुपर्ने पक्षहरु
१. बार्षिक योजना तथा कार्यक्रम अन्तिम
चौमासीकमा मात्र संचालन
गर्दा प्रभावकारी हुन नसकेको।
२. नाला निर्माण गर्दा लेभल मेन्टेन हुन नसकेको ।
३. अनुगमन कार्य प्रभावकारी हुन नसकेको ।
ग) सुझावहरु
१. लाभग्राहीलाई आयोजनाको बारेमा अभिमुखिकरण
गर्दा आयोजना प्रभावकारी हुन्छ ।
२. आयोजना सञ्चालनका समयमा गहन अनुगमन गर्नुपर्छ ।
३. बार्षिक योजनाका कार्यक्रमहरु आ.व. सुरु भएपछि क्रमिक
रुपमा सञ्चालन गर्नुपर्छ ।
४. महिला भवन र ग्यारेज भवनको निर्माणकार्य तत्काल
पुरा गर्नुपर्छ ।
५. फोहरमैला व्यवस्थापन कार्य श्रोतमानै वर्गिकरण र
न्यूनिकरण गरि अझ प्रभावकारी तवरले सञ्चालन
गर्नुपर्छ ।
सार्वजनिक सुनुवाई तर्फ
लहान नगरपालिकाबाट आ.व. २०७१/०७२
देखि लगाइएको फोहरमैला व्यवस्थापन शुल्क उचित भएको, तर
व्यवहारिक बनाउन नगरपालिका कार्यलयबाट पहल गर्नुपर्ने
कुरामा कार्यलयबाट प्रतिबद्दता व्यक्त गरियो । साथै कार्यलयले
ध्यान दिनुपर्ने पक्षमा ध्यान दिई लहान
नगरपालिका कार्यलयमा सुशासन प्रबन्धित गर्ने कार्यमा अझ
जोडदिने निर्णय गरियो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें