मंगलवार, 21 जुलाई 2015

दाहालमाथि ढुंगामुढाको वर्षा, सुरक्षाकवच ओढाएर जोगाइयो

सिरहा(मिर्चैया)–संविधानसभाको मस्यौदामाथि जनताको मत संकलन गर्ने क्रममा सोमबार सिरहा क्षेत्र नम्बर ५ स्थित मोहन उच्च मावि मत संकलन केन्द्र पुगेका निर्वाचित सभासद पुष्पकमल दाहाललाई ढुंगामुढाबाट जोगिन हम्मे पर्यो।

Abrodh 3
दाहाल मञ्चमा बसे लगत्तैदेखि मस्यौदाको विरोध गर्ने दलका प्रदर्शनकारीले ढुंगामुढाको बर्षात सुरु गरेपछि दुई घण्टाको निर्धारित मत संकलन कार्यक्रम बीचमै रोक्नु पर्यो। दाहाल काडमाडौंबाट हेलिकप्टरमा मिर्चैयास्थित मोहन उच्चमाविको सुझाव संकलन केन्द्र पुग्ने कार्यक्रम तय थियो। यो उच्चमाविको प्रांगणमा हेलिप्याड समेत बनाइ सकिएको थियो। तर, कार्यक्रम सुरु हुनु पूर्व संघीय समाजवादी फोरमका सभासद बिरेन्द्र महतोको अगुवाइमा टायर बालेर प्रदर्शन सुरु भयो।
Abrodh 6
दाहाल सवार मुस्ताङ एयरको हेलिकप्टर लहानमा छोडेर कडा सुरक्षाबीच मिर्चैयास्थित सुझाव संकलन केन्द्र पुगे। केन्द्रको मूल गेटमै प्रदर्शनकारीले कालो झण्डा देखाउँदै प्रवेशमा अबरोध गर्न खोज्दा सुरक्षाकर्मी प्रदर्शनकारीबीच झडप भयो। प्रदर्शनकारीको ढुंगामुढा लागेर जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव बुढाथोकीसहित सातजना सरक्षाकर्मी घाइते भएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। सुरक्षाकर्मीको लाठी प्रहारबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको प्रदर्शनकारी पक्षले बताएको छ।

प्रर्दशनकारीले थापेको अबरोध पन्छाउँदै दहाल सवार गाडी केन्द्रभित्र प्रवेश गर्यो। उनी मञ्चमा बसेर संविधानसभाको मस्यौदामा जनमत बु‰न सुरु गरेलगत्तै बाहिरबाट मञ्चलाई लक्षित प्रदर्शनकारीबाट ढुँगामुडाको वर्षा सुरु भयो। ढुँगामुढाबाट दाहाललाई जोगाउन सुरक्षाकवचबाट घेरियो। जति जे गरेपनि ढुँगामुढाको वर्षा रोकिएन।
Abrodh 1
फोरमका सभासद महतो सहितका प्रदर्शणकारीले कार्यक्रम स्थलमै पुगेर कालो झण्डा देखाएर बिरोध जनाए। उनले भने,'टाउको बिनाको संविधान मस्यौदा चाहिदैन, सिमांकन र नामांकन सहितको हुनुपर्छ।' कार्यक्रम स्थल मै दाहालको कटु आलोचना गरेर महतोसहितको टोली बाहिरिए।

दाहाल बसेको मञ्चमा ढुँगामुढाको वर्षा नथामिए पछि जनताको मत जाहेर गर्ने कार्यक्रम बीचमै रोकियो। दाहालले कार्यक्रमको समापन मनतव्य दिने पालो आयो। जनमत दिन आएका जनतालाई सम्बोधन गर्दै दहालले भने,' म सुझाव, बिरोध र आलोचना सुन्नै उपस्थित भएको हुँ, यो मस्यौदा अन्तिम रुप होइन।' 'अहिले नै धन्दा मान्नु पर्ने केही छैन सिमांकन र नामांकनसहितको सुझाव संविधानसभाको सम्वाद समितिमा छलफल भएर अन्तिम रुप पाउने हो,' दाहालले थपे,' दोस्रो संविधानसभा र आन्दोनका उपलब्धी रक्षाका लागि १६ बुँदे सहमति गरेको हुँ, बाँकी कुनै स्वार्थ छैन्।'
Abrodh 2
संविधान यही टुँगीएको छैन, उनले भने,'मधेसी, आदिवासी, मुस्लीम उत्पीडित वर्गको अधिकार संविधानमा सुनिश्चि गराउने मेरो प्रयास हुने विश्वास दिलाउँछु।' मत संकलन केन्द्रलाई चारैतिरबाट प्रदर्शनकारीले घेराउन गरी ढुंगामुढा बर्साउने क्रम नरोकिएपछि लहानमा राखिएको हेलिकप्टरलाई मिर्चैया ल्याइएको थियो। लहानमै हेलिकप्टर छोडेर गाडीबाट मिर्चैया आइपुगेका दहाल असुरक्षाका कारण पुनः हेलिकप्टर झिकाएर काठमाण्डौ फिर्ता भएका थिए।
Abrodh 7
Abrodh 8
Abrodh 9

शनिवार, 18 अप्रैल 2015

मिनबहादुर शेरचनले ८३ वर्षको उमेरमा सगरमाथा चढ्ने


Min-bahadur-serchan
५ वैशाख, काठमाडौं । ८३ वर्ष ९ महिनाका मिनबहादुर शेरचन सगरमाथा चढ्ने तयारी गरेका छन् । उनले अनुमति लिइसकेका छन् ।
लोकतन्त्र दिवसका दिन शिखरमा पुग्ने लक्ष्यका साथ सगरमाथा आरोहण थाल्ने तयारी शेरचनले गरेका छन् । ‘हामीलाई चाहिने सरकारी परमिट लिई सकेका छौं’ हिमालयन गाईड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।
सन २००८ मा ७६ बर्षको उमेरमा शेरचनले पोका आरोहीको कीर्तिमान बनाएका थिए । उनले जापानका ७५ बर्षका युचिरो मिउराले कीर्तिमान भङ्ग गरेका थिए । तर, २०१३ मा युचिरोले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गर्दै शेरचनको वल्र्ड रेकडको उपाधी खोसे ।
गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागि सगरमाथाको क्याम्प वानसम्म पुगेका थिए । तर, प्रतिकुल मौसमका कारण फर्किए ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार शेरचन सगरमाथा चढ्नका लागि शारीरीक रुपले तन्दरुस्त छन् । शेरचनले पनि आफू पूर्ण स्वस्थ रहेको भन्दै यो पटक सगरमाथा आरोहण गरेर मात्र र्फकने बताए ।

हराएका मलेसियाली पर्यटक फेला पार्नेलाई पाँच लाख पुरस्कार दिने घोषणा

५ वैशाख, म्याग्दी । म्याग्दीको शिख गाविसमा पर्ने खोप्रालेक क्षेत्रबाट हराएका एक मलेसियाली पर्यटकका आफन्तले फेला पार्ने व्यक्तिलाई पाँच लाख पुरस्कार दिने घोषणा गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिखको वयलीखर्कदेखि खोप्रालेक जाने क्रममा गत चैत २२ गतेदेखि मलेसियाका ४७ वर्षीय डेनिस लियन थिएन पो हराएका थिए ।
प्रहरी, पर्यटन व्यवसायी र उनका आफन्तले हेलिकोप्टर र तालिमप्राप्त कुकुरको समेत प्रयोगमार्फत निरन्तर खोजी गरिरहेपनि ती पर्यटक अझसम्म भेटिएका छैनन् । पोको खोजीका लागि म्याग्दी आएकी उनकी श्रीमती जुनीफर पेटर्स लिले आफ्ना श्रीमान फेला पार्नेलाई पाँच लाख पुरस्कार दिने बताए ।
उनी सारडग्स नेपाल नामको ट्रेकिङ कम्पनीमार्फत पदयात्रामा आएका थिए । डेनीससँगै पदयात्रामा गएका आठ फिलिपिनी र सात नेपाली पदयात्री फर्किसकेका छन् ।

शनिवार, 31 जनवरी 2015

प्रेमीले धोका दिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या (A Girl Commit Suicide After betrayel on Love)

suside-note medianp
Photo credit: Sirahacity.blogspot.com
Dharan 31 jan, The young girl Preeti Mukhiya has been committed suicide at Dharan today. 26 years Preeti wrote suicide note with mentioning she got betrayal on her relationship. Though she has’t mentioned the name who betrayed her actually.
After her death her older sister informed the police that, Preeti has relationship with Sagar Khadka who is the primary school teacher at Dharan. And family is also well informed in this matter. But Deputy superintendent (DSP) Sanjay Shing Thapa said ” We don’t have any proof which justify this relationship and there is no law which punished the suicide commiter”.


Sagar Khadka who is in the circle of doubt said she was his just friend and even he said she has a affair with another boy who lives in Qatar. Before some months they met each other and proposed to marry but at that time the girl refused to marry recently and conflict begun from that moment. In this case her family is also informed. Even they used to telephone each other everyday. Family refused the ‘blame’ of Sagar they are unknown about that boy rather they blame on Sagar khadka.

बाछो जोगाउन खोज्दा परिवारका कोही रहेनन्

१७ माघ, काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पनौती १० सुन्थाल निवासी विनोद खत्री केसीको परिवारमा बिहीबार निकै खुसी छाएको थियो । घरमा पालिएको गाई व्याएपछि केसीसहित पत्नी भगीरथी र छोरा विपीन निकै खुसी भए । तर, उनीहरुको त्यो खुसी लामो समय टिक्नै नपाई वंश विनाश हुन पुग्यो ।
माघको ठन्डीबाट गाई र बाछी जोगाउन मकलमा बालिएको आगो सल्किएर भएको आगलागी राति केसीसहित पत्नी भगीरथी र छोरा विपीनको मृत्यु भयो । ‘गाई व्याएपछि बाछीलाई तातो बनाउन मकलमा आगो बालेको रहेछन्, त्यही मकलको आगो सल्किएर आगलागी हुँदा जलेर तिनैजनाको मृत्यु भयो,’ शुक्रबार बिहान घटस्थास्थल पुग्दा छिमेकीले भनेको राजधानीमा खबर छ ।
छिमेकी अष्टलाल श्रेष्ठका अनुसार मध्यराति आगो निभाएपछि सवैले विभत्स दृश्य देखे । बाबुले छोरालाई अँगालो मारेर बसेको अवस्थाका क्षतविक्षत शरीर एकातिर थिए भने केही पर श्रीमतीको जलेको शरीर फेला परेको थियो ।
‘घर नजिकै किरानापसल संचालन भएको घरवाट आवाज आएपछि पसल चोरी भएको होकी भनि झ्यालवाट चियाएँ । छिमेकीको घर आगोमा दनदनी बलेको देखेपछि सबैलाई बोलाएर आगो निभाउने काममा खटिए । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरीचौकी पनौतीवाट खटिएका प्रहरीको सहयोगमा गाँउलेले आधा घण्टामा आगो निभाए,’ अस्टलालले भने,’आगो निभाएपछि देखेको विभत्स दृश्यले सबैको आँखा रसाए, नदेखिनुपर्ने दृश्य देखियो । आगोमा परिवारका सबै लडेको देखियो ।’
मध्यरातमा घर जल्दा दम्पती सहित एक बालकको मृत्यु भएपछि यतिबेला सुन्थान शोकमा डुबेको छ । अघिल्लो दिनसम्म आफैसँग शालीनदी जाने भन्दै पनौती बसपार्क आएर फर्केको साथी जलेको सुन्दा महिलाहरु घरवाट निस्कन सकेका छैनन् भने कसैको बोली समेत फुट्न सकेको छैन ।
गाईको स्याहारसुसार गरेपछि उनीहरु निन्द्रामा परेको समयमा भएकाले केही पनि थाहा नभएर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मृतक केसी काठमाण्डौं विश्वविद्यालयमा कार्यरत रहेका थिए भने उनकी श्रीमतीले घरायसी काम गर्दै आएकी थिईन् । मृतक बिपिन केसी शंखुमा अवस्थित नमोबुद्ध उमाविमा कक्षा २ मा अध्ययरत थिए । उनी मेधावी छात्र रहेको विद्यालयका संस्थापक पि्रन्सिपल सत्यनारायण श्रेष्ठले बताए ।
आगोलागेपछि अक्सिजनको कमीले उनीहरु अर्धचेत भएको र त्यसपछि आगोले सल्काएर मारेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ । बिहिवार साली नदीमा जान भनि निस्केकी मृतक केसीले घरमा गाई ब्याउनेभन्दै फिर्ता भएको भएकी थिईन् ।

सोमवार, 19 जनवरी 2015

मधेश आन्दोलन पून्ह चर्कीयो , लहानमा तताउदै प्रहरी र प्रर्दशनकारी विच झरप जारी ,सि के लहानमा ( भिडियो सहित )



       
 श्रीकान्त झा । सिरहा । माघ ५

सिरहाको लहानमा प्रहरी र प्रर्दशनकारी विच झरप जारी रहेको छ ।

     वलिदानि दिवसको अवसरमा सिरहाको लहानमा रहेको पशुपति उ मा विको प्राङ्गनमा आज सिके राउतका सर्कथकहरु द्धारा खुल्ला स्थानमा भासन गर्न थाले पछि प्रहरीहरु विद्यालयवाट वाहिर निकालने कम्मा दुवै पक्ष विच व्यापक ढुङ्गा मुडा प्रहार गर्न थालेपछि प्रहरीले ४ राउण्ड आसु ग्यास प्रहार गरेको छ ।  प्रर्दशनकारीहरुले सडकमा टायर वालेर प्रर्दशनमा उत्रेका छन् । त्यस्तै लहान आएका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   प्रर्दशनकारीहरुले मधेश आन्दोलन पुनह र्चकिएको घोसना र्गदै प्रर्दशन गरेर लहान अन्धकारमा परेका छन् । त्यस्तै सिके राउत लहान रहेका कारण उसलाई नियन्त्रणमा लिने सकेत वुझिएको छ । थप विवरण आउने वाकी

शुक्रवार, 12 दिसंबर 2014

आँखा अगाडी नै अचानक सय बढी चरा आएर मरेपछि

bird
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–७ मा आज बिहान अचानक १०० भन्दा बढी चरा मरेका छन् ।
जलेश्वर – ७ बजराही टोलमा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालय वरिपरि ती चरा मरेको स्थानीय बासिन्दा रञ्जन मण्डलले बताउनुभयो ।
बिहीबार साँझसम्म पनि त्यस ठाउँ वरिपरि त्यस्तो केही देखिएको थिएन । तर आज बिहानैदेखि विद्यालय वरिपरि तराईमा पाइने बकुल्ला, मैना, भँगेरीलगायत चराचुरुङ्गी मरेको स्थानीयवासी मोहन ठाकुरले बताउनुभयो ।
चराहरु आज बिहानैदेखि त्यस ठाउँमा आएर अचानक मर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
उनीहरुले आफ्ना गाईवस्तु, बाख्रा पनि चरिचरणका लागि खोल्न डराएका छन् । चरा के कति कारणले मरेको भन्नेबारे स्थानीयवासीलाई केही थाहा छैन ।
- See more at: http://www.onlinesiraha.com/2014/12/2334_12.html#sthash.fkgSErdT.dpuf